राजनिति

काँधमा हलो/जुवा बोक्ने बाताबरण बनेमा मात्र परदेशिएका युबाहरु देश फर्कन्छन ।


नेपालको राजनीति स्वार्थ मौलाउदो छ तर जननिती स्वार्थ कहिल्यै मौलाएन । दलहरुले आ-आफ्नो अडानमा अलिकती लचिलोपन देखाएर,सहमति र सहकार्यमा जोड दिएको भए सायद संबिधान घोषणा भए लगत्तै देश र नेपाली जनताले यस्तो दुर्दशा भोग्नु पर्दैन थियो होला। सरकार नयाँ,ब्यक्ती र बिचार पुरानै । आन्दोलित मोर्चाको माग नयाँ, तर माग्ने शैली पुरानै । बैशाख १२ गतेको बिनाशकारी महाभुकम्पले थिलथिलो भएको नेपाल, शिर उठाउनै नपाई मधेसी मोर्चाको आन्दोलन र भारतको नाकाबन्दीले थप देश र जनतालाई सास्ती भयो । महङ्गी र कालाबजारीले जनता आक्रान्त छ्न । तर बर्तमान सरकार लाई रास्टियताको ज्वरोले पटक्कै छोएको छैन ।
भारत बाहेक छिमेकी रास्ट्र चीन र अरु मित्र रास्ट्रहरु सँग कुटनैतिक सम्बन्ध बिस्तार गर्न नेपाल सरकार खुट्टा कमाइ रहेको छ । चीलको अगाडि सर्प लाटटिए झै नेपाल् सरकार भारतको सामु लाटटिएको छ भन्दा अतियुक्ती नहोला, किनभने नेपालका राजनेताहरु जनतामुखी होइनन् भारतमुखी छन ।नेपाली जनताहरु भारतिय नाकाबन्दीको बिरोधमा उत्रि रहेको बेला, नेपाल् सरकार बाट औपचारिक रूपमा भारत बिरोधि कार्य दिशानिर्देश नगर्नुले यो कुरा स्पष्ट हुन्छ । बरु उल्टै जनताको पसिनाबाट तिरेको रकम बाट तलब र भत्ता खाएका केही मन्त्री र कर्मचारी हरुले खुलेर भारतको पक्षमा ओकालत गरे।यस्तो व्यबहार बाट के बुझ्न सकिन्छ भने,भारतिय दलालहरु सरकार भित्रै सक्रिय छ्न ।
देश यो दुर्गतिमा पुग्नु हामी युबाहरुको पनि ठुलै हात छ । आफ्नो जन्म दिने बुबाले अर्ति दिदा त्यो गाली सम्झिन्छौ तर आफू निकट राजनीति पार्टीका नेताले जे भन्छ त्यही मान्छौ।सडक तताउने देखि लिएर बन्द हडताल मा उत्रिन्छौ।समया अनुकुल भएन भने निर्दोष जनताको टाउकोमा लाठी बजार्छौं।देशको रास्टिय झण्डा बोक्न हिच्किच्याउछौँ तर पार्टीको झन्डा बोक्न भने पछि हुरुक्क हुन्छौ किन ? आफुले आस्था राखेको पार्टीले सरकार को प्रतिनिधित्व गरेमा अथवा आफू निकट रहेको दलको ब्यक्ती देशको सर्बोच्च पदमा पुगेमा देशै भर दिपावली मनाउन शुरु हुन्छ । अनि झुपडी देखि महल सम्म उसैको गुणगान गाइन्छ। तर हामी युबाहरु लाई नेताले बलि को बोका बनाएको कहिले सम्ममा बुझ्ने ? हामी युबा कहिले सम्म नेताहरु को दास बन्ने ? सैद्धान्तिक बिचार र परिवर्तनको नाम मा हामी नेपाली दाजुभाइ एक अर्कामा कहिले सम्म लडिराख्ने ? राजनीतिक दलहरुले युबाहरु लाई हतियार को रूपमा र सर्बसाधारण लाई भोटिङ मेसिन मात्रै ठानेका छ्न।
युबाहरुको सक्रियता मा देशमा निकै ठु-ठुल्ला परिवर्तनहरु पनि आए । तर त्यस्को बदलामा राज्यले युबाहरु लाई के दियो ? त्यहीँ बेरोजगारी, अनि रोजगार को नाममा राज्यले एक अंश दिएको ठानी मरुभूमिको तातो घाममा आलुको दाम मा आफ्नो श्रम बेच्न बाध्य छौ हामी युबा। सरकारले रोजगारि दिन नसक्दा कैयौं नेपाली चेलीहरु मुम्बई को कोठी र अफ्रिकाको डान्सबार मा एक छाक खानाको लागि आफ्नो अस्मिता लुटाउन बाध्य छन।यसको सम्पुर्ण जिम्मेवार भनेको अस्थिर राजनीति हो ।
परदेशीएका लगभग ७०-७५ लाख नेपाली युबाहरु देशमा बन्द र हडताल रोकिएमा मात्रै पनि आफ्नो परिवारको साथमा रहि काँधमा हलो र हातमा कोदाली बोक्न अबस्य आफ्नै जन्मभुमी फर्कने छन। तर जब सम्म सृजनशिल र प्रगतिशील बिचार धारा भएका युबाहरु संगठित हुदैन तब सम्म यो देश लुटिइ रहन्छ र लुटिन्ने छ।अब पनि नेपालका राजनेताहरुलाई बौद्धिक क्षमता भएका प्रखर युबाहरुले खबरदारी गर्न सकिएन भने, देशमा अझै सत्ताका भोगी नेताहरुले ब्रहमलुट मच्चाउने निश्चित छ । सरकारको कुर्सीमा आसिन असक्षम ब्यक्तीहरु लाई पहिचान गर्न सकेनौ भने आगामी आउने दिनहरु मा छेपारोले रंग फेरे जस्तै भेष बदलिएर तपाईं हाम्रो सामु आएर फेरि पनि हात फैलाउन सक्छन ।
आफू निकट रहेको पार्टीका नेताहरु को कमिकमजोरी औल्याउन सक्नु नै सच्चा नागरिकको कर्तव्य भित्र पर्न जान्छ । नत्र ! बर्तमान प्रधानमन्त्री केपि ओलि को उखान टुक्का लाई सापटी लिएर भन्नू पर्ने हुन्छ- ” गोरुलाई नाङ्गो देख्दा मलाई आजसम्म लाज लागेको छैन”

 

बिहि, पुस २, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

संघीय समाजवादी फोरम नेपाल लाजै नमानी संघीय सरकारमा गएपछि ….

 जेठ, सप्तरी । संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा गएपछि सप्तरीबासी जिल्लाको विकास हुनेमा आशावादी देखिएका छन् । निर्वाचनका बेला पार्टी अध्यक्ष उपेन्द्र यादवले दिएका आश्वासन र गरेका बाचा पूरा हुने सप्तरीबासीको विश्वास छ । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका यादव उपप्रधान तथा...

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो

जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार राति केन्द्रीय सदस्यको सूची तयार पारेका हुन् । नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २४१...

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन

जेठ, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो । दुई पार्टीबीच बिहीबार नै एकता हुने भएकाले एमाले र माओवादी पार्टी विघटनका लागि दुई...

रसुवाको बोगटीटार स्थित जिरो किलोमा कुकरबम

रसुवाको बोगटीटार स्थित जिरो किलोमा कुकरबम भेटिएको छ । नेकपाले गरेको बन्दको क्रममा बम भेटिएपछि स्थानीयको त्यहा भिड लागेको छ ।इलाका प्रहरी कार्यलय बेत्राबती पनि बम कस्ले राखेको भन्नेमा दुबिधामा छ ।नेकपाले पनि घटनाको जिम्मा लिएको छैन । ...

नेकपा (माले)ले काल माक्स सम्झना ग¥यो

काठमाडौं । आज कालमाक्र्सको २०० औं जन्म जयन्तीको अवसरमा नेकपा मालेले कालमाक्र्सले देखाएको मार्गदर्शन सिद्धान्तलाई सम्झना गर्दै मालेको केन्द्रीय कार्यालयमा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको स्थायी कमिटी सदस्य डम्बरबहादुर श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियो । पार्टीका महासचिव सिपी मैनाली, स्थायी कमिटी सदस्य डम्बर बहादुर...

धादिङको महादेवबेसीमा सडकमा गुडिरहेका ४ सवारी आपसमा ठोक्किएपछि अचानक आगलागी

धादिङको महादेवबेसीमा सडकमा गुडिरहेका ४ सवारी साधन एक आपसमा ठोक्किएपछि अचानक आगलागी भएको छ । बुधबार पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका वडा नं २ अन्र्तगत महादेवबेसीमा चारवाट सवारी साधन एक आपसमा ठोकिएको हो । घटनामा मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट...