राजनिति समाचार स्थानीय समाचार

दुई वर्षभित्र बारपारकसम्म सडक कालोपत्रे गरिने: ओली


बारपाक (गोरखा)-  केपी शर्मा ओलीले भूकम्पको केन्द्रबिन्दु बारपाकमा बिहीबार खानेपानी आयोजनाको शिलान्यास गरेका छन् । बारपाक खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्रीले बारपाकलाई एकीकृत वस्ती विकास योजनाका साथ पुनःनिर्माण गरिने बताए । केयर नेपालको रु तीन करोड ५० लाखको सहयोगमा सो खानेपानी आयोजना बन्न लागेको हो ।प्रधानमन्त्री ओलीले भूकम्पपीडितलाई रु दुई लाख अनुदान वा धितोसहितको ऋण लिन चाहनेलाई रु पन्ध्र लाख उपलब्ध गराउने बताए । दुई वर्षभित्र बारपारकसम्म सडक कालोपत्रे गरिने, ‘भूकम्प स्मारक’ बनाउने र एम्बुलेन्स उपलब्ध गराउने पीडितसमक्ष उनले प्रतिबद्धता व्यक्त गरे।
बारपाक पछि प्रधानमन्त्री ओली भूकम्पपीडितको अवस्था बुझ्न तिब्बतसँग सीमाना जोडिएको उत्तरी गोरखाको छेकम्पारतर्फ प्रस्थान गरेका छन् । त्यहाँ पीडितलाई भेट्ने र तिब्बतसँगको सडकको अवस्थाबारे जानकारी लिनेछन् ।छेकम्पारपछि उनी उत्तरी गोरखाकै केरौँजा गाविस जाने कार्यक्रम रहेको प्रजिअ उद्धव तिमल्सेनाले जानकारी दिए। प्रधानमन्त्री आजै सदरमुकाम गोरखा फर्कने कार्यक्रम छ । प्रधानमन्त्रीसँगै पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारी पनि छन्। रासस

 

बिहि, पुस २, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

संघीय समाजवादी फोरम नेपाल लाजै नमानी संघीय सरकारमा गएपछि ….

 जेठ, सप्तरी । संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा गएपछि सप्तरीबासी जिल्लाको विकास हुनेमा आशावादी देखिएका छन् । निर्वाचनका बेला पार्टी अध्यक्ष उपेन्द्र यादवले दिएका आश्वासन र गरेका बाचा पूरा हुने सप्तरीबासीको विश्वास छ । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका यादव उपप्रधान तथा...

३३ किलो सुन तस्करी गोरेले बाबुलाई भेटेर के भने ? अनुसन्धान प्रभावित पार्ने गोरेको प्रयास!!!

 साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग बिहीबार पनि बयान भएको छ । जिल्ला अदालत मोरङमा करिव ५ घण्टा चलेको बयानमा गोरेले सोधेको प्रश्नभन्दा अनौपचारिक बढी गरेका छन् । बुधबार पनि झण्डै ५ घन्टा बयान भएको थियो । तर, उनले सुन तस्करीको...

जेष्ठ मेला समापन गर्न हेलिकप्टर द्धारा गाँउ जादै अतिथि

शोले युवा कल्ब तमानखोला गाँउपालीका ४ लाम्मेला बाग्लुङ्गले हरेक वर्ष आयोजना गर्ने जेष्ठ मेलाको समापन ११ गते गरिने भएको छ र उक्त समापन कार्यक्रमा प्रभु बैक कमलादी काठमाण्डौका अध्यक्ष देवी प्रकाश भट्टचन,थकाली सेवा समाज काठमाण्डौ का अध्यक्ष खगेन्द्र भट्टचन,तारा प्रकाश भट्टचन र निर्गुन भट्टचन...

‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’ प्रथम घोषित

काठमाडौँ । नेपाली सेनाद्वारा आयोजित ‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’ प्रथम घोषित भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा साेमबार साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता पौडेललाई नगद रु दुई लाखसहित प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा शम्भुसेन थापाको लघु चलचित्र ‘त्याग’ दोस्रो र...

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो

जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार राति केन्द्रीय सदस्यको सूची तयार पारेका हुन् । नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २४१...

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन

जेठ, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो । दुई पार्टीबीच बिहीबार नै एकता हुने भएकाले एमाले र माओवादी पार्टी विघटनका लागि दुई...