कला/मनोरञ्जन

प्रवासी भुमि यूएईमा उदाए झापाली गायक-रनु जबेगु


यूएई- रोजगारी गर्न विदेसिएका नेपाली संगीतको विकासका लागि धेरै प्रयासहरु भइरहेका छन् । काम र दामको खोजीमा देशबाट टाढा भए पनि राम्राराम्री गीतसंगीत तथा रचनाका कारण नेपाली सांगीतिक क्षेत्रलाई प्रवासी नेपालीहरुले योगदान पुर्याइरहेका छन् । लोकगीतको क्षेत्रमा त असंख्य नेपाली कलापारखीहरुले एल्बम निकाल्नेदेखि म्युजिक भिडियो बनाउने काम गरिरहेका छन् । पपगीत, आधुनिक र डिजे साथै र्यापको आदि क्षेत्रमा पनि नेपाली संगीत पारखीहरु दिनानुदिन उत्कृष्ट सिर्जनाका साथ देखापरिरहेका छन् ।
पछिल्लो समयमा उत्कृष्ट म्युजिक भिडियो पनि विदेशबाट बन्न थालेका छन् । अधिकांश म्युजिक भिडियो त सिकारुहरुले पनि सार्वजनिक गरिरहेका छन् तर पछिल्लो समयमा म्युजिक भिडियो निर्माणकै लागि नेपालबाटै प्रोफेसनल म्युजिक भिडियो डाइरेक्टरहरु यूएई आएर काम गर्न थालेका छन् । उत्कृष्ट म्युजिक भिडियो बन्ने क्रममा पछिल्लोपटक यूएईको नेपाली संगीतमा गायक रनु जबेगु राम्रो सम्भावनाका साथ देखापरेका छन् । झापा पाँचगाछीका रुनु विगत सात वर्षदेखि यूएईमा छन् । गीतसंगीतमा गहिरो रुचि भएका रुनुले धेरै लामो अभ्यास र प्रयासपछि पहिलो एल्बम ट्रायल लिएर नेपाली सांगीतिक क्षेत्रमा आउँदै छन् । उक्त एल्बममा आधुनिक, पप र लोकपप गरी सात वटा गीत रहने उनले बताए ।
त्यही एल्बमको एक गीतको अडियो तथा भिडियो सार्वजनिक गरेका रनु ट्रायलको पहिलो रेस्पोन्सले नयाँ उत्साह थपिएको बताउँछन् । आउ मेरो…बोलको उक्त गीतको रचना सुन्दर लावतीले गरेका हुन् भने संगीत ताराप्रकाश लिम्बूले गरेका हुन् । सोही गीतको म्युजिक भिडियोमा नेपाली सिने जगत्का पछिल्लो प्रविधि कलरिस्ट टेकेन्द्र शाहले निकै मिहिनेतका साथ भिडियो सिँगार्ने काम गरेका छन् । प्रविन खालिङको एरेन्जमा बनेको अडियोको भिडियोलाई विजय सुब्बाले निर्देशनका साथ क्यामरा र सम्पादन समेत गरेका छन् । भिडियोमा गायक स्वयमलाई साथ दिएकी छिन् प्रश्ना लामाले । प्रश्नाको प्रस्तुति कुनै प्रोफेसनल मोडलभन्दा कम छैन । दुबईका रमणीय स्थानमा सुट गरिएको भिडियो हेर्नलायक बनेको छ ।

बिहि, पुस २, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

लोक दोहोरीमा फरक कथा र ब्यथा बोकेको मर्मिक गीतले आफ्नो बर्चश्व देखाउने

लोक दोहोरीमा फरक कथा र ब्यथा बोकेको मर्मिक गीत “खाते” नेपाली गीत संगीतको  बजारमा आइरहेको छ / युवराज पराजुली र पूर्णकला बि. सी. को मिठो स्वरमा रहेको उक्त गीतको शब्द/संगीत  युवराज पराजुली र म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक जेनिथ शर्मा “दिनेश ” ले बडो मिहेनत...

विश्वसामु भाईरल बनेकी कुशुम श्रेष्ठ उर्फ तरकारीवाली चलचित्र ‘लम्फु’ मा अभिनय गरे

आजभन्दा एक बर्ष अघि तरकारी बोकेका केहि तस्बिरकै कारण एकाएक विश्वसामु भाईरल बनेकी कुशुम श्रेष्ठ उर्फ तरकारीवालीलाई चलचित्रमा काम गराउन धेरै निर्माता तथा निर्देशनहरु असफल भएका थिए । धेरै म्युजीक भिडियो तथा चलचित्रमा अफर आएपनि आफ्नो पढाईका कारण अहिले कुनै पनि म्युजीक भिडियो तथा चलचित्रमा...

बरु जागीर जान्छ जीवनबाट तर गीतसँगीत जाँदैन :- ओली

२०६४ सालमा रेडियो नेपालबाट आधुनिक गीतमा स्वर परिक्षा उतीर्ण गरेर गीतसँगीतमा आफूलाई अगाडी बढाउन सफल गायक हुन् प्रेम प्रकाश वली । २०५६ सालमा मधुबाबु थापाको सँगीत र चन्द्रकला शाहको शब्दमा पहिलो गीत ‘नदी एउटै भए पनी किनारा त दुई छ’ रेकर्ड गरेपछी निरन्तर गीतसँगीत मा...

‘छक्का पञ्जा २’ ले भारतीय सिनेमा ‘बाहुबली’ले राखेको रेकर्डसमेत तोडेको छ

बुधबार फूलपातीको अवसर पारेर देशभर प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा २’ को शुरुवाती दिनको कारोबार नै आक्रामक रहेको छ ।   शुरुवाती दिनमा दर्शकको उपस्थिति र टिकटहरु बिक्री भएको ‘छक्का पञ्जा २’ ले नेपाली सिनेमाको बजारमा भारतीय सिनेमा ‘बाहुबली’ले राखेको रेकर्डसमेत तोडेको छ । देशभरका सय...

नेपाली सांगीतिक क्षेत्रको उदाउँदो ताराहरुको एल्बम “जिन्दगी याे कस्तो” सार्बजनिक

प्रकाश अधिकारी, पोखरा ८ असोज l गायक अर्जुन खत्रीको पहिले गित “जिन्दगी याे कस्तो” सार्बजनिक भएको छ lसानै देखि गीत सङ्गीत प्रती चासो राख्ने नवगायक खत्रीले आफ्नो पहिलो गीत बजारमा ल्याएका छन् l प्रवेश राईलेको शब्दमा स्वर रहेको नवगायक खत्रीलेआफुले भोगेको हरेक उत्तरचडाव  तथा पिडाहरुलाई...

अनु थापाले जोडदार अभिनय गरे

काठमाडौँ । नेपाली लोकदोहोरीको क्षेत्रमा नयाँ सष्टा र नयाँ आवाजको आगमन हुने क्रम जारी रहेको छ । यसै क्रममा नव गायक रमेश विरही आँशु र उर्मिला प्रजाको कर्णप्रिय आवाजमा सजिएको “ काठमाडौँ डेरा” बोलको गीतको भिडियो बजारमा आएको छ । कालिका म्युजिक प्राली ले बजारमा ल्याएको...