अन्तर्राष्ट्रिय

रसियाली हवाई आक्रमणमा पन्ध्रसय सिरियालीको मृत्यु


बेरुत- सिरियाली सरकारको सहयोगमा रसियाद्वारा आतङ्कवादविरुद्ध सिरियामा गरिएको हवाई कारबाहीमा गएको दुई महिनामा एक हजार पाँच सय मानिसको ज्यान गएको सिरियाली मानव अधिकारवादी संस्थाले सोमबार जनाएको छ । उक्त संस्थाका अनुसार हवाई आक्रमणमा ४१९ जना आईएस लडाकूको मृत्यु भएको छ । यस्तै कारबाहीमा अलकायदाका सहयोगी सिरियाली समूह अल नुस्रा फ्रन्ट तथा अन्य विद्रोही समूहका गरी ५९८ जना मारिएका छन् ।
हवाई आक्रमणमा परी ४८५ जना सामान्य सिरियाली नागरिकको मृत्यु भएको पनि उक्त मानव अधिकारवादी संस्थाको तथ्याङ्क छ । कारबाहीमा ११७ बालबालिकाका साथै ४७ जना महिलाको पनि मृत्यु भएको जनाइएको छ । रसियाले सिरियाली राष्ट्रपति बसार अल असादलाई लामो समयदेखि सहयोग गर्दै आएको र सन् २०११ देखि बसारविरोधी समूहविरुद्धको कारबाहीमा राष्ट्रपति असादलाई सहयोग गर्दै आएको छ ।
रसियाले आईएस जिहादी विद्रोही तथा अन्य आतङ्कवादी समूहविरुद्ध भन्दै सिरियामा हवाई आक्रमण जारी राख्दै आएको छ । तर सिरियाली विपक्षी दलहरुले मर्ने मस्कोको कारबाही यहाँको नरमपन्थी दल तथा इस्लामिक विद्रोहीहरुविरुद्ध लक्षित गर्दै आएको बताएका छन् । सिरियाली मानवअधिकारवादी संस्थाका अनुसार सन् २०११ पछि सिरियामा जारी युद्धका कारण २ लाख ५० हजार मानिसको मृत्यु भइसकेको छ । एएफपी

बिहि, पुस २, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अमेरिकामा नेवाः दबू कोलोराडोल डेन्भर सिटीमा सर्वप्रथम सार्वजनिक म्हपूजा सम्पन्न

अमेरिकामा नेवाः दबू कोलोराडोल डेन्भर सिटीमा सर्वप्रथम सार्वजनिक म्हपूजा सम्पन्न गरेको छ । नेपालबाट कोलोराडो पुगेर विभिन्न पेशा व्यवसाय गरेर बसेका नेवाःहरुको समूहले नेपालबाट म्हपूजा सामाग्री लगेर नेवाः संस्कृति र सभ्यतालाई अन्तराष्ट्रिय क्षेत्रमा परिचय दिने कोशिस गरेको आयोजक संस्थाका सदस्य शैलेस रञ्जितकारले बताउनु भयो । नेपालको...

दुनियामा एउटा यस्तो देश पनि छ ढल तथा नालीमा सुन बग्दछ

सुनचाँदीलाई त मानिसले लकर वा सेफमा राख्छन् जतन गरेर । तर यो दुनियामा एउटा यस्तो देश पनि छ ढल तथा नालीमा सुन बग्दछ । दुनियाको सबैभन्दा सम्पन्न देशहरु मध्येको एक स्विजरल्याण्डमा हरेक वर्ष करोडौँ रुपैयाँ मूल्य पर्ने सुन ढलमै बगाइन्छ ।   हालैको एक रिपोर्टले यो कुराको खुलासा...

अष्ट्रेलियामा इन्जिनियरिङ पढिरहेका विद्यार्थी विवेक गुरागाइलाइ ९ महिना जेल सजाय सुनाइए(भिडियो सहित)

अष्ट्रेलियामा इन्जिनियरिङ पढिरहेका विद्यार्थी विवेक गुरागाइलाइ ९ महिना जेल सजाय सुनाइएका छ । आफ्नै महिला सहकर्मीका सौचालय भित्रका गाप्य गतिविधि क्यामेरामा कैद गरेका अभियागमा विवेक दाषी सावित भएका हुन् । विवेकले ४५ महिला सहकर्मीका २ सय ५० वटा गोप्य भिडिया मोवाइलमा कैद गरेका थिए । युटिएस...

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु

असोज, कञ्चनपुर । दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्ष अघिदेखि साउदी अरेबियामा सवारी...

चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरे

असोज, काठमाडौं । चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ प्रस्तावपछि बुधबार थप सडक नाका खुलाउनेबारे दुई देशबीच हुन लागेको प्रोटोकल...

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियामा नयाँ प्रतिवन्ध लगाउने सर्वसम्मत निर्णय

भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियामा नयाँ प्रतिवन्ध लगाउने सर्वसम्मत निर्णय गरेको छ । प्रतिवन्धको पक्षमा चीन र रुस पनि उभिएका छन् ।   विश्व समुदायको चेतावनीको बेवास्ता गर्दै उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । पछिल्लो पटक परमाणु बमको समेत...