अन्तर्राष्ट्रिय

अमेरिकाले भारतलाई निश्चित आकारमा राख्ने


नयाँदिल्ली –  आफ्ना छिमेकी मुलुकहरूलाई दुःख दिएर सइताइ रहेको ठूलो प्रजातान्त्रिक मुलुक भारतलाई अमेरिकाले साइजमा राख्न पाकिस्तानलाई लडाकु बिमानहरू दिने समाचारसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षासम्बन्धी ‘किचन क्याबिनेट’मा खैलाबैला मच्चिएको छ । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफको अमेरिका भ्रमणमा हुनसक्ने सैन्य सम्झौतालाई लिएर मोदीको सुरक्षा बैठकमा चर्चा हुने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतको बढ्दो दबदवाबाट सशंकित बनेको सैन्य शक्तिशाली देश अमेरिकाले पाकिस्तानलाई लडाकु बिमान र हतियार दिने तयारी गरेको समाचारमा जनाइएको छ । भारतीय सञ्चारमाध्यमहरूले अमेरिकाले पाकिस्तानलाई फाइटर बिमान बिक्री गर्न लागेको भनेर विरोधमा समाचार धाराप्रवाह रुपमा प्रकाशित गरिरहेका छन् । यस विषयमा पाकिस्तान र अमेरिकाले भने केही जनाएका छैनन् । अमेरिकाले भारतलाई आफ्नो बसमा राख्नका लागि भारतको पुरानो दुश्मन पाकिस्तानलाई फाइटर बिमान र हतियार बिक्रीको सम्झौता गर्न सक्ने प्रधानमन्त्री मोदीको सुरक्षा बैठकमा छलफल भइरहेको जनाइएको छ । यस्तो अवस्था आएमा भारतलाई पाकिस्तानबाट ठूलो समस्या हुन सक्ने भारतीय सञ्चारमाध्यहरूको भनाइ छ ।
अमेरिका दुनियाँको नम्बर एक सैन्य शक्ति देश हो । अमेरिकाले पाकिस्तानलाई एफ–१६ फाइटर जेट बेच्ने योजना बनाएको छ । अमेरिकी अखबारहरूका अनुसार पनि पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफको बाराक ओबामासँग हुने भेटमा बिमान खरिद बिक्रीका विषयमा सम्झौता हुन सक्नेछ । न्यूयार्क टाइम्सले पनि पाकिस्तानलाई एफ– १६ फाइटर जेट बेच्ने योजना बनाएको समाचार छापेको छ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफको अमेरिका यात्राका बेला यस विषयको घोषणा गरिने छैन । तर व्हाइट हाउसले यस कुरालाई पछि घोषणा गर्ने न्यूयोर्क टाइम्सले जनाएको छ । नवाज शरीफ अमेरिका यात्राका लागि २० अक्टोबरमा अमेरिका पुगिसकेका छन् ।
अमेरिकाबाट फाइटर जेट पाएपछि पाकिस्तानमा तीन देशका फाइटर जेट हुने छन् । पाकिस्तानलाई चीन र फ्रान्सले यसअघि नै फाइटर जेट बिमान दिइसकेका छन् । अमेरिकाले ८ वटासम्म एफ– १६ फाइटर जेट बेच्ने योजना बनाएको छ । यसअघि अप्रिलमा अमेरिकाको विदेश मन्त्रालयले पाकिस्तानसँग अर्बौँको सैन्य सम्झौतामा हस्ताक्षर गरेको थियो । अमेरिकाको विदेश मन्त्रालयका अनुसार पाकिस्तान उसको घनिष्ठ सहयोगी हो ।
पाकिस्तानको अखबार डानले पाकिस्तानलाई अमेरिकाले १४ कान्बेट एयरक्राफ्ट, ५९ मिलिट्री ट्रेनर जेट र ३ सय ७४ आर्मड पर्सनल करियर दिने विषयमा सम्झौता भएको जनाएको छ । यी हथियार पाकिस्तानलाई दिइएको थियो । यसको प्रयोग अमेरिकी सेनाले अफगानिस्तान र इराकमा पहिला नै गरिसकेको छ । – एजेन्सी

बिहि, पुस २, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राजनीतिक भेटवार्तालाई आज पनि निरन्तरता

 माघ, काठमाडौं । नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राजनीतिक भेटवार्तालाई आज पनि निरन्तरता दिएकी छन् । बिहीबार काठमाडौं उत्रिएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी स्वराजले अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिरहेकी छन् । सोल्टी होटलमा जारी भेटमा पछिल्लो राजनीतिक...

लागू औषध तस्करको आरोपमा इन्डोनेसिया प्रहरीले एक नेपालीलाई गोली हानेर मारे

माघ, काठमाडौं । लागू औषध तस्करको आरोपमा इन्डोनेसिया प्रहरीले एक नेपालीलाई गोली हानेर मारेको छ । मारिनेमा ३४ वर्षीय शरण तामाङ छन् । उनको नेपालको ठेगाना भने खुलाइएको छैन । लागू औषध तस्करीको सूचनाका आधारमा अपरेशन चलाइएको सेन्ट्रल जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले...

पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय जनता पार्टीका नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा उनीहरुको भेटवार्ता भएको थियो। सो अवसरमा मुख्यमन्त्री योगीले पूर्वराजा शाहलाई दोसल्लाह ओढाएर सम्मान गरेका थिए। ‘आज लखनउस्थित सरकारी निवासमा नेपालका पूर्व नरेश ज्ञानेन्द्र वीर...

मलेसियामा गम्भीर मुद्दा लागेका नेपालीलाई सफाइ

 काठमाडाैं । मलेशियामा सुरक्षाकर्मीका रुपमा कार्यरत इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ । त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उनलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।   मलेशियामा लागुऔषध मुद्दामा मृत्युदण्ड हुने कानुनी प्रावधान छ । नेपाल सरकारको खर्चमा उक्त दूतावासले कानून...

अमेरिकामा नेवाः दबू कोलोराडोल डेन्भर सिटीमा सर्वप्रथम सार्वजनिक म्हपूजा सम्पन्न

अमेरिकामा नेवाः दबू कोलोराडोल डेन्भर सिटीमा सर्वप्रथम सार्वजनिक म्हपूजा सम्पन्न गरेको छ । नेपालबाट कोलोराडो पुगेर विभिन्न पेशा व्यवसाय गरेर बसेका नेवाःहरुको समूहले नेपालबाट म्हपूजा सामाग्री लगेर नेवाः संस्कृति र सभ्यतालाई अन्तराष्ट्रिय क्षेत्रमा परिचय दिने कोशिस गरेको आयोजक संस्थाका सदस्य शैलेस रञ्जितकारले बताउनु भयो । नेपालको...

दुनियामा एउटा यस्तो देश पनि छ ढल तथा नालीमा सुन बग्दछ

सुनचाँदीलाई त मानिसले लकर वा सेफमा राख्छन् जतन गरेर । तर यो दुनियामा एउटा यस्तो देश पनि छ ढल तथा नालीमा सुन बग्दछ । दुनियाको सबैभन्दा सम्पन्न देशहरु मध्येको एक स्विजरल्याण्डमा हरेक वर्ष करोडौँ रुपैयाँ मूल्य पर्ने सुन ढलमै बगाइन्छ ।   हालैको एक रिपोर्टले यो कुराको खुलासा...