समाचार

युवाहरुको टोपी अभियान : राष्ट्रिय पोशाक दिवस मनाउने तयारी


topi

काठमाडौं, पुस १३ – नेपाली पोशाक अभियान सुरु गरेका युवाहरुले पुस १७ अर्थात जनवरी १ लाई राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउने भएका छन् । ‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भनने नाराका साथ जनवरी १ लाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउने तयारी गरिएको अभियानले जानकारी दिएको छ ।

राष्ट्रियता संकटमा पर्न थालेकाले सबैमा नेपाली राष्ट्रियता झल्किने पोशाक लगाउन प्रोत्साहित गर्ने उद्देश्यले हरेक वर्ष जनवरी १ लाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन लागिएको अभियानमा सहभागी युवाले बताएका छन् ।

उनीहरुले देशभर जनवरी १ का दिन आआफ्नो ठाउँमा पोशाक दिवसको कार्यक्रम गर्न पनि आग्रह गरेका छन् । युवाहरुको समुहले सामाजिक सञ्जाल फेसबुकमा नेपाली टोपी अभियान ग्रुप पनि बनाएका छन् ।

उनीहरुले ग्रुपमा सामेल भएर राष्ट्रियताको अभियानमा जोडिन पनि आग्रह गरेका छन् । युवा समुहले पुस १७ गते काठमाडौंको माइतिघर मण्डलामा विशेष कार्यक्रम गर्ने भएको छ । बिहान ८ बजेदेखि सुरुहुने कार्यक्रममा राष्ट्रियता झल्किने पोशाक लगाएर आउन उनीहरुले सबैमा आग्रह गरेका छन् ।

सोम, पुस १३, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

डडेल्धुराबाट देउवाको उदघोषः मैले जिते प्रधानमन्त्री, अरुले जिते माननीय !

कात्तिक, डडेलधुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो चुनाव अभियान सुरु गरेका छन् । कैलाली हुँदै गृहजिल्ला पुगेका देउवाले चुनावी सभालाई सम्बोधन गर्दै पञ्चेश्वर परियोजना छिट्टै अघि बढ्ने बताए । आफ्नो भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा भइसकेको भन्दै उनले भने, ‘पानी र विजुली बाँडफाँट...

प्रहरीले ३ भारतीय सुटरसहित १ नेपालीलाई पोखराबाट पक्राउ गरे

 कात्तिक, पोखरा । प्रहरीले ३ भारतीय सुटरसहित १ नेपालीलाई पोखराबाट पक्राउ गरेको छ । नेपाल प्रहरीले शुक्रबार साँझ पोखराको सिद्धार्थ चोकमा सामान किन्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाको परिचय भने प्रहरीले खुलाएको छैन ।   कास्की प्रहरी स्रोतले  भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका...

विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’ ‘मानवता र सद्भावको लागि गरौं सहकार्य

विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’ ‘मानवता र सद्भावको लागि गरौं सहकार्य’ रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि ललितपुरको कुपण्डोलमा रहेको सुमित होटलमा कार्यरत कर्मचारीहरुले संकलन गर्नुभएको ३० हजार ६ सय ६० रुपैया सहयोग...

बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु भूकम्प

काठमाडौं, असोज १८ – काठमाडौं बुधबार बिहान परकम्प गएको छ । बुधबार बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का गोंगबु, नयाँबजार, स्वयम्भू र त्यस आसपासका क्षेत्रमा...

घर आयो बाढीमा बग्दै भारत पुगेको गैंडा

चितवन- बाढीमा बग्दै भारतको बगाहा पुगेको दुर्लभ वन्यजन्तु गैंडा शुक्रबार बिहान चितवन निकुञ्ज आइपुग्यो। निकुञ्जका अधिकारीहरु गैंडा लिन मंगलबार बगाहा गएका थिए। नवलपरासीको त्रिवणीदेखि लगभग ४२ किलो मिटर दक्षिण पूर्वमा रहेको बगाहाबाट बिहीबार साँझ छ बजे हिडेको गैंडा बोकेको गाडी आज बिहान साढे पाँच बजे...

पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या

काठमाडौं ।पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन् । नेपाली सेनाको पोखरास्थित सिद्धीबक्स गणको रत्न मन्दिर पोस्टमा कार्यरत सैनिक प्युठ वसन्त लोहारले आफ्नै सहकर्मी सैनिक प्युठ गणेश सिंह विष्टको गोली प्रहार गरी हत्या गरेका हुन् ।   उनीहरु दुवैजना रातिदेखि सँगै ड्युटीमा बसेका थिए । जिल्ला...