कला/मनोरञ्जन

ठग करोडपति, जसका छन् ३ हजार बैंक खाता, डेढसय कार र ७ सय एक्कड जमिन


ठगी धन्दा गर्ने मानिसहरुले राम्रै सम्पत्ति थुपार्ने कुरामा शंका छैन । तर ठगले यतिधेरै सम्म चिजहरु थुपार्दोरहेछ भन्ने कुरा थाहा पाउँदा झनै अचम्म लाग्छ । भारतमा एकजना यस्तो ठग फेला परेको छ जसले ३ हजार ७८ वटा त बैंक खाता नै खोलेको छ । उसको नाममा जमिन मात्रै ७ सय एक्कड छ भने डेढसय वटा कार छन् ।

यस्तो धनाढ्य ठगको नाम हो गौतम कुन्डु । रोज भ्याली ग्रुप नामको कम्पनीका प्रमुख रहेका गौतमले बैंक खाता तथा सम्पत्ति लगायतका बारेमा जाँचबुझ गर्दा इन्फोर्समेन्ट निर्देशनालयले यस्तो तथ्य पत्ता लगाएको हो । अहिले ठगीका विभिन्न मामिलामा गौतममाथि छानविन भैरहेको छ र उनी जेलमा छन् ।

गएको हप्तामात्रै सर्वोच्च अदालतमा आफुलाई जमानतमा रिहा गर्नका लागि उनले दिएको निवेदन भारतको सर्वोच्च अदालतले खारेज गरिदियो । उनी कुख्यात मुद्रा निर्मलीकरणका अपराधी रहेको र उनको विषय देशको अर्थतन्त्र र राष्ट्रिय स्वार्थ सँग जोडिएको अदालतले जनाएको छ । उनी गएको मार्च महिनामा पक्राउ परेका थिए ।

भारतका विभिन्न १२ वटा राज्यमा उनको सम्पत्ति रहेको खुलेको छ । उनका विभिन्न ठाउँमा गरी २३ वटा होटल समेत छन् । उनका डेढसय कारमध्ये कतिपय त विदेशबाट मगाएका लग्जरी महंगा कार छन् । अहिलेसम्मको अनुसन्धानले उनको नाममा ७ सय एक्कड जमिन रहेको कुरा खुलेपनि उनीसँग १ हजार एक्कडसम्म जमिन रहेको अनुमान गरिएको छ ।

उनको कम्पनी रोज भ्याली ग्रुपले पछिल्ला केही वर्षमा मात्रै १५ खर्ब ४० अर्ब सम्पत्ति कमाएको थियो ।

Gautam-Kundu

सोम, पुस १३, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाली फिल्म र तामाङ म्युजिक भिडियोमा परिचित नाम श्याम माया गुरुङ तामाङ

श्याम माया गुरुङ तामाङ नेपाली फिल्म र तामाङ म्युजिक भिडियोमा परिचित नाम हो ।उनले रोशन फ्युवा तामाङको निर्देशन रहेको म्युजिक भिडियो लपसङ्ग कार्बो देखी यो उद्योगमा पाइला राखेकी हुन । मिसेस तामाङमा थर्ड रनर अफ भएकी श्याममाया चलचित्र राम साइलीमा नायिकाको रूपमा देखा पर्दैछिन ।धादिङको...

राम साइलीमा बुद्धि तामाङ देखि दावा फिन्जोसम्म सुटिङ पुर्बी नेपालमा

भिम तामाङको पहिलो कोसेली राम साईली, सजना फिल्मस प्रा लिको ब्यानरमा बनेका नेपाली कथानक फिल्म राम साइली(ram saeli)को छायांकन पुर्बको विभिन्न ठाउमा सुटिङ भएको हो जस्तै इलामको चिया बगन, धनकुटाको भेटेटार नाम्चे,धरानको धरान बजार,मोरङका केराबारी र इटहरीको गोकर्णमा भएको हो। उक्त राम साइलीको निर्देशन लाखमान योन्जनले...

म्युजिक ल्याब प्रा. लि. को प्रस्तुति सन्जु गैरेको लोक दोहोरि गीत छोड्छु संसार ।

कृष्ण राई बिन्दासको शब्दमा तयार भएको गीत छोड्छु संसार । आफुले माया गरेको मान्छे आफुबाट टाढा भए पछी, मेरो तिमि बिना कोहि छैन , यदि तिमीलाई मेरो अंगालो बाट अलग बनाएर तिम्रो आफ्नाले तिमीलाई अर्कैको अंगालोमा बेरिदिने चेष्टा गर्छन् भने म त मर्छु होला, भन्ने...

दावा फिन्जो तामाङ निरन्तर कला क्षेत्रमा

दावा फिन्जो तामाङ निरन्तर कला क्षेत्रमा सक्रिय छ्न ।तामाङ फिल्म गोदेवादेखी उनी फिल्म क्षेत्रमा निरन्तरता दिईरहेका छन । रसुवाको विभिन्न ठाँउहरुमा छाँयानकन भएको फिल्मले नै रास्ट्रिय अवार्ड जितेको उनी बताउछन् । नेपाली फिल्मको रूपमा देशभर प्रदर्सन भएको मङ्गोलियन हर्ट सफलता भएपछि फिल्म राम साइलिमा पनि...

एन्टिनाको १८औ शैक्षिक फिल्म आउदै

२०६० सालमा कलाकार निर्देशक घनश्याम तिमल्सिना एन्टिनाले यो हाम्रो समय नामक शैक्षिक डकुमेन्ट्री फिल्म बनाए । त्यसपछि उनले प्लस टु ;द टाइम ; स्कुल ;असल शिक्षा ;शिक्षाको आँखा ;कसको कर्तव्य के ;परिणाम ;द टिनेजर ; राम दाइ जस्ता चर्चित शैक्षिक चलचित्र निर्माण निर्देशन गरे ।हाल...

बरिष्ट गायक दीप श्रेष्ठको नयाँ आधुनिक गीत रिलिज हुदै

मेलोडी किङ्ग बरिष्ट गायक दीप श्रेष्ठको सुरिलो स्वरमा  नयाँ आधुनिक गीत भखरै बजारमा निस्केको छ। उक्त गीतका रचनाकार रत्नप्रसाद अनामणि श्रेष्ठ हुनुहुन्छ भने संगीतकारमा रत्न श्रेष्ठ हुनुहुन्छ ।  निष्पक्ष मिडिया प्रा लिको प्रस्तुति रहेको सो  गीतमा अनु पोखरेल र तेजेन्द्र गौतमले बेजोड अभिनय गरेका छन् । ...