परको कुरा स्थानीय समाचार

बालाजुको बाइसधारा ‘स्मार्ट पार्क’मा फेरिँदै पार्क पुनर्निर्माणमा केही वर्ष लाग्न सक्ने


१३ पुस, काठमाडौं । ‘बालाजूको बाइसै धारा’ भन्ने गीत बूढापाकालाई अझैसम्म कण्ठस्थ छ । विगतमा काठमाडौं घुम्नेहरुका लागि अनिवार्य गन्तव्य बन्ने गरेको बाइस धाराको महिमा अचेल उहिलेको जस्तो सुनिँदैन । तर, खुशीको कुरा, अब काठमाडौं महानगरपालिकाले बालाजुको बाइसधारा पार्कलाई नयाँ स्वरुपमा फेरेर पुनर्जाग्रित गराउने योजना बनाएको छ ।

पछिल्लो समयमा पार्कहरुको स्तरीकरण थालेको महानगरपालिकाले बाइसधारा पार्कलाई ‘स्मार्ट पार्क’ बनाउने योजना अघि सारेको छ ।

प्राकृतिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदाहरुले सजिएको बाइसधारा पार्कमा थप आन्तरिक पर्यटक भित्र्याउन भन्दै महानगरले स्तरीकरणको योजना बनाएको हो ।

balaju parkbalaju park4

पहिलो चरणमा भूकम्पका कारण क्षति पुगेका पार्कभित्रका संरचनालाई पुनर्निर्माण गरिने भएको छ । त्यसपछि बाइसधार पार्कलाई पूनर्संरचना गरी सञ्चालनमा ल्याइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा पार्कमा नयाँ कम्पाउण्ड वाल निर्माणको काम सक्ने महानगरका भौतिक निर्माण तथा विकास शाखा प्रमुख उत्तर रेग्मीले जानकारी दिए ।

शहरी क्षेत्रभित्र रहेको पार्कहरुलाई संरक्षण गरेर थप आकर्षक, सुविधायुक्त र मनमोहक बनाउने नीतिअनुरुप महानगरले बाइसधारा पार्कको छुट्टै गुरुयोजना तयार पार्ने गृहकार्य सुरु गरेको रेग्मीले बताए । ‘अब पार्कलाई मर्मत गरेर मात्र हुँदैन, यसलाई पुनःसंरचनामार्फत नयाँ स्वरुप दिएर स्मार्ट बनाउने हाम्रो सोच छ,’ रेग्मीले भने- ‘केही वर्ष लाग्ला तर, पार्कलाई स्तर उन्नती गरेर साँच्चिकै थकाइ बिसाउने उत्तम विकल्प बनाउँछौं ।’

रत्नपार्कलाई व्यवस्थित बनाएको महानगरले रानीपोखरीमा पनि पार्क निर्माण गर्ने तयारी गरिसकेको छ । यसैको निरन्तरता स्वरुप भूकम्पका कारण क्षतिग्रस्त भएको बालाजु पार्कको स्वीमिङ पुल र चेञ्जिङ हाउसको पुनर्निर्माण सकेर पार्कलाई नयाँस्वरुप दिने गरी गुरु योजना नै बनाउन लागिएको छ ।

महानगरले यसैवर्ष भित्र बाइसधारा पार्कभित्रको पिकनिक स्पटलाई व्यवस्थित गरी सञ्चालन गर्ने तयारी पनि गरेको छ ।

बालाजु पार्कको स्वामित्वमा रहेको १ सय ६२ रोपानी जग्गा छ । अब सबै जग्गा सदुपयोग गर्ने र आन्तरिक पर्याटकलाई आवास गृहसहितको आधुनिक तथा अत्यावश्यक सुविधाहरु उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ ।

यसैका माध्यमबाट पार्कभित्रको प्राकृतिक बगैँचा र धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण पनि गर्ने महानगरको योजना छ ।

पार्क प्रवेशका लागि विद्यार्थीलाई १५ रुपैयाँ र अन्यका लागि २५ रुपैयाँको टिकट निर्धारण गरिएको छ ।

 

 

सोम, पुस १३, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि काभ्रेको बनेपा-१० जनागालमा तनाव

४ मंसिर, काभ्रे । गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि काभ्रेको बनेपा-१० जनागालमा तनाव भएको छ । स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रदर्श गरिरहेका छन् ।   अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा-१० जनागालमा बा१८च ३११९ नम्बरको बोलेरो गाडीले ठक्कर दिदा घाइते भएका ५८ वर्षीय बाबु विष्टको बनेपाकै शिरमेमोरियल अस्पतालमा...

एक अशक्त महिलालाई धम्क्याएर जबर्जजस्ती करणी गरेका बाराको जितपुर–सिमरा–१६ का ५२ वर्षीय कृष्णप्रसाद भट्टराई तीन महिनापछि पक्राउ

मंसिर, सिमरा । एक अशक्त महिलालाई धम्क्याएर जबर्जजस्ती करणी गरेका बाराको जितपुर–सिमरा–१६ का ५२ वर्षीय कृष्णप्रसाद भट्टराई तीन महिनापछि पक्राउ परे ।   २ जेठको घटनाबारे ती महिला गर्भवती भएको खुलेपछि १४ भदौमा मात्र प्रहरीले जानकारी पाएको थियो । आँप दिने बहानामा आफ्नै घरमा लगेर बलात्कार गरेका...

बाम गठबन्धनले ७५ प्रतिशत जित हातपार्ने

काठमाडौं, कात्तिक २९ गते (संसाक) । आउँदो मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन प्रचारको क्रममा बाम गठबन्धन काठमाडौं क्षेत्र नं. ६ निर्वाचन परिचालन कमिटी, तारकेश्वर न.पा. ११ ले एक कार्यक्रमको आयोजना ग¥यो । चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र नं. ६, प्रदेश (ख)...

चिठ्ठाको नतिजा प्रकाशित

हरेक वर्षा जस्तै यस बर्षपनि नेपाल मगर संघ काभ्रेपलान्चोक – काठमाडौँ सम्पर्क समिति द्वरा २०७४ सालको बडा दसैँ तथा दिपावलीको सुखद उपलछ्य मा आयोजित चिठा कार्यकर्म नेपाल कमर्स क्यामपस मा पहिलो पुरस्कार टिभी पाउने गणेश कार्की, दोस्रो पुरस्कार : फ्रिज स्वीकृति श्रेष्ठ काभ्रे सुब्बागाऊ तेस्रो...

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

कार्तिक । त्रिभुवन राजपथ अन्तर्गत धादिङस्थित धुनिवेशी नगरपालिका ९ मा शुक्रबार विहान भएको दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।गल्छी वैरेनीबाट काठमाडौं गइ रहेको बा २ ख ७१८२ नम्वरको वालुवा वोकेको ट्रिपरले काठमाडौंवाट नौविसे आइरहेको बा ८२ प ७७९७ नम्वरको मोटर साइकललाई ठक्कर दिदा...

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाउने प्रचलन

कात्तिक, काठमाडौं । भाइटीकामा दाजुभाइ र दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाउने प्रचलन छ । बालगोपालश्वर महादेवको मन्दिर सर्वसाधारणका लागि वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ला गरिन्छ । आज भाइटीकाको दिन बालगोपालेश्वरमा गएर टीका लगाउनेहरुको चहलपहल छ ।   ०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर...