संस्कृति/धर्म

राजाको बिँडो थाम्दै पशुपतिमा ‘कम्युनिष्ट’ राष्ट्रपतिको पूजा (तस्वीरसहित) जानकार भन्छन्- राजा महाराजाले मात्रै यस्तो पूजा गर्थे


१३ पुस, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले मन्त्रालय भागवण्डा गरेर देश र जनतालाई सास्ती दिइरहेका बेला ‘राष्ट्र कल्याण’ को कामना गर्दै ‘कम्युनिष्ट’ राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथमा सोमबार विशेष पूजाअर्चना गरेकी छन् ।

पशुपति क्षेत्र विकास कोषका अनुसार राष्ट्रप्रमुखले राष्ट्र कल्याणको कामना गर्दै पशुपतिनाथमा पूजा गरेको यो पहिलोपटक हो । र, राष्ट्रपति भण्डारीको इच्छा अनुसार नै यो पूजाको आयोजना गरिएको हो ।

‘राष्ट्रपतिको कार्यालयबाट यस्तो इच्छा जाहेर भएपछि हामीले कार्यक्रम राखेका हौं र उहाँ आउनुभएको हो’ पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले अनलाइनखबरसँग भने ।

राष्ट्र संकट परेको अवस्थामा पशुपतिनाथमा संकट मोचन पूजा गर्ने लिच्छवीकालीन इतिहास र राजा महाराजाले जारी गरेको फरमानहरुमा उल्लेख रहेको बताइन्छ ।

तर, प्रथम राष्ट्रपति डा. रामवरण यादवले शिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्ने गरे पनि यस्तो संकटमोचन पूजा भने गरेका थिएनन् ।

मुलुकमा भइरहेको संकट मुक्तिको कामना गर्दै वामपन्थी पृष्ठभूमिकी राष्ट्रपतिले विशेष पूजाअर्चना गरेकी हुन् । उनले मूल मन्दिरमा भट्टमार्फत राष्ट्रकल्याणको संकल्प गर्दै विशेष पूजा अर्चना गरेकी छन् भने मन्दिर परिसरमा रहेका मन्दिरहरुमा पनि पूजा गरेकी छन् ।

धर्मनिरपेक्ष मुलुककी राष्ट्रपति भण्डारी कम्युनिष्ट राजनीतिबाट आएकी हुन् । राष्ट्रपति हुनुअघि उनी एमालेकी उपाध्यक्ष हुन् र एमालेका जननेता मदन भण्डारीकी पत्नीसमेत हुन् । पशुपतिमा यसरी पूजा अर्चना गरेर संकट मोचन हुन्छ भन्ने सोचाइलाई कम्युनिष्ट एवं भौतिकवादीहरुले अन्धविश्वास मान्दै आएका छन् ।

President bidhya bhandari At Pasupatinath (8)

राष्ट्रपति विद्यादेवी भण्डारी विशेष पूजाका लागि पशुपति पुग्दा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको थियो ।

राष्ट्रपति भण्डारीले आफ्नो एक महिनाको तलव पशुपति क्षेत्र विकास कोषलाई दान गरेकी छन् भने चन्दा बक्समा पनि स्वेच्छाले रकम राखेकी छन् । राष्ट्रपतिसँगै पशुपतिमा पूजा गर्न गृहमन्त्री तथा एमाओवादी स्थायी समिति सदस्य शक्ति बस्नेत पनि पुगेका थिए । उनले रुद्राक्ष र फूलमाला लगाएका छन् ।

President bidhya bhandari At Pasupatinath (1)

सोम, पुस १३, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

संसारकै सबैभन्दा ठूलो स्वामिनारायणको मन्दिर स्थापना

अमेरिकाको न्युजर्सिस्थित रविसभिलमा संसारकै सबैभन्दा ठूलो स्वामिनारायणको मन्दिर स्थापना गरिएको छ। १ सय ६२ एकड जमिनमा सन २००७ मा बनाउन थालिएको मन्दिरको निर्माण गएको महिना सम्पन्न भएको थियो। मन्दिर निर्माणकालागि २ हजार कलाकारहरुलाइ काममा लगाइएको थियो। इटालियन मार्वल र भारतको राजस्थानको मार्वलको प्रयोग गरेर निर्माण गरिएको...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व आज सम्पन्न

 कात्तिक, काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व आज सम्पन्न भएको छ । व्रतालुहरुले हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । रातभर जाग्राम बसेका उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिएका हुन् । सूर्यलाई अर्घ दिन काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लाहरुका नदी, तलाउ, खोला...

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु

भदौ, काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध...

आज श्रीकृष्ण जन्माष्टमी, देशभरका कृष्ण मन्दिरमा भीड

​ साउन, काठमाडौं । भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।   कृष्ण भगवानको...

युरासिया रेयुकाई ११ औ शाखा सानेपामा तीज विशेष कार्यक्रम तथा महिला भेला

१२ अगस्त २०१७ सानेपा : हरेक बर्ष जस्तै यस वर्षा पनि युरासिया रेयुकाई ११ औ शाखा सानेपामा तीज विशेष कार्यक्रम तथा महिला भेला तथा तिज को खिर खाने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो प्रमुख अतिथि मनिला न्याछ्यों, राष्ट्रिय गायक कलाकार प्रेम प्रकाश ओली, कोरिग्राफ़र प्रबित्रा...

पीतृ मोक्षको कामनासहित मनाइयो मतयाः पर्व

 साउन, काठमाडौं । गाईजात्राको भोलिपल्ट मनाइने मतयाः पर्व बुधबार ललितपुरको पाटनमा मनाइएको छ । यस पर्वमा दिवंगत आफन्तको सम्झनामा बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गर्ने र हातमा दीप लिएर नगर परिक्रमा गर्ने चलन छ ।   यसो गर्नाले वर्ष दिनभित्र मृत्यु भएका पितृले स्वर्गमा बास पाउने...