अर्थ साहित्य

प्रधानमन्त्रीलाई भेट्न व्यवसायीको जोम्बो टोली बालुवाटारमा


१३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीसँग विद्यमान समस्या समधान गरी आर्थिक क्षेत्रमा कसरी अगाडि बढ्ने भनेर सुझाव मागेका छन् ।

प्रधानमन्त्री ओलीले उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका प्रतिनिधिलाई सोमबार विहान आफ्नै निवासमा बोलाएर छलफल गरेका हुन् । छलफलमा करिव ६० जना उद्योगी व्यवसायीहरु सहभागी भएको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

अमेरिकाले दिन लागेको ग्रामेन्टको कोटाबाट कसरी अधिकतम लाभ लिने भनेर ओलीले उद्योगी व्यवसायीसँग सुझाव मागेका छन् । साथै, कृषि क्षेत्रमा पनि कसरी आत्मनिर्भर बन्न सकिन्छ भनेर प्रधानमन्त्रले सुझाव मागेका छन् ।

प्रधानमन्त्रीले सुझावमा निजी क्षेत्रलाई चाहिलने सेवा सुविधाहरु उल्लेख गर्न भनेका छन् । तीनवटै संस्थाले केही दिनभित्र प्रधानमन्त्री ओलीलाई संयुक्त सुझाव पेश गर्ने चेम्बरका अध्यक्ष श्रेष्ठले बताए ।

छलफलमा महासंघका अध्यक्ष पशुपति मुरारकाले भूकम्प, बन्द हडताल र नाकाबन्दीले निजी क्षेत्र समस्यामा परेको प्रधानमन्त्रीलाई जानकारी गराए । चाँडै समस्याको समधान गर्न आग्रह गर्दै मुरारकाले यही अवस्था लम्बिएमा निजी क्षेत्र बिरामी हुने बताएको छलफलमा सहभाग महासंघका उपाध्यक्ष शेखर गोल्छाले बताए ।

अहिलेको अराजक स्थितीको समधान भएमा उद्योग व्यवसाय सञ्चालनमा आउने सहभागीहरुले बताएका छन् । ग्रामेन्ट उत्पादन बढाएर अमेरिका निर्यात गर्नका लागि पनि अहिलेको स्थिती बाधक रहेको उनीहरुले स्पष्ट पारेका छन् ।

Kp-Oli

सोम, पुस १३, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गत वर्ष बैंकहरुमा देखिएको कर्जा योग्य लगानी अभाव समस्या भदौसम्मं कायम

कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७३/७५ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये ११ वटाको नाफा घटेको छ ।   गत वर्ष बैंकहरुमा देखिएको कर्जा योग्य लगानी अभाव समस्या भदौसम्मं कायम रहँदा यसको प्रभाव बैंकहरुको नाफामा पारेको हो । ‘बैंकहरुले उच्च लागतमा निक्षेप लिनुपर्ने अवस्था आएपछि...

नेपालबाट राँगाको मासुु तेस्रो मुलुक हुँदै चीनमा

असोज, काठमाडौं । नेपालमा विदेशबाट आयातको तुलनामा निर्यातजन्य वस्तु त्यसै पनि कम छन् । निर्यात भइरहेका वस्तुको परिमाण पनि घट्दै गएको छ ।   त्यसैमा पर्छ, भैंसी तथा राँगाको मासु पनि । मासुको उक्त परिकारको चीनमा अत्यधिक माग छ । तर, त्यो सीधा नभई तेस्रो मुलुक हुँदै...

अनुगमन थालेपछि दरबारमार्गका पसल बन्द !

भदौ, काठमाडौं । बुधबार दिउँसो करिब १ बजे आपूर्ति व्यवस्थापन विभाग तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा चार टोली अनुगमनका लागि तयार भए । त्यसमध्ये श्रीराम अधिकारीले नेतृत्व गरेको टोली दरबारमार्ग लाग्यो । सँगै मोहन पुडासैनी संलग्न रहेको टोली पनि क्रियाशील भयो । सुरुमा विभागको अनुगमन निरीक्षक...

नेपालको इतिहासमै पहिलोपटक धेरै सुन बरामद

भदौ, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो । सोमबार बिहान चालक आएर गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । स्ट्रोेम...

‘नेटवर्क मार्केटिङ’ लाई घुमाउरो बाटोबाट ब्युँताउने प्रयासमा सरकार

भदौ, काठमाडौं । सात वर्षअघि प्रतिबन्ध लगाइएको ‘नेटवर्क मार्केटिङ’ लाई घुमाउरो बाटोबाट ब्युँताउने प्रयासमा सरकार आफैं लागेको छ । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले वस्तुको प्रत्यक्ष बिक्री–व्यवस्थापन तथा नियमन विधेयक, २०७४ संसदमा पेस गरेपछि सरकारी प्रयास सतहमा आएको हो । ‘नेटवर्क मार्केटिङ’का नाममा वस्तु तथा सेवाको प्रत्यक्ष बिक्री...

विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा

साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ । प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो । विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार सशस्त्रका सइ सञ्जीव मानन्धरसहितलाई पक्राउ गरेको छ । मानन्धर...