परको कुरा

सदर चिडियाखाना


काठमाडौं– कतै तपाईंले काठमाडौंको जावलाखेलमा रहेको सदर चिडियाखाना प्रवेश गर्ने मौका पाउनुभएको छैन कि ? यदि छैन भने, चिन्ता नगर्नुस् । तपाईं आफ्नो कम्प्युटर वा मोबाइलमै चिडियाखाना घुमेको आनन्द लिन सक्नुहुन्छ । डिस्कवरी न्युज नेटवर्क डिएनएनका पत्रकार संजीव दाहाल र फोटो पत्रकार अशोक दुलालले तपाईंलाई चिडियाखानाको अवस्थाबारे जानकारी दिँदै छन् ।
चिडियाखानामा रहेका जनावर र पशुपक्षीको हेरचाहका लागि कति कर्मचारी छन्, चिडियाखाना हेर्न आउनेबाट वार्षिक कति रकम उठ्छ ? लगायत जानकारी तपाईंले पाउँदै हुनुहुन्छ ।तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले १९८९ सालमा निजी रुचिमा जीवजन्तु पालेका थिए । २००७ सालको राजनीतिक परिवर्तनपछि ०११ सालदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो । विभिन्न मन्त्रालयबाट रेखदेख हुँदै आएको चिडियाखाना ०५२ पुस १४ को मन्त्रिपरिषद् निर्णयअनुसार ३० वर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई व्यवस्थापनको जिम्मा दिइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन– ०३९ अन्तर्गत सदर चिडियाखानाले स्वशासित र मुनाफारहित प्राकृतिक सम्पदाको संरक्षण एकाइका रूपमा काम गर्दै आएको छ । अहिले चिडियाखानामा एक सय आठ प्रजातिका आठ सय ५५ भन्दा बढी जनावर तथा पक्षी छन् । चिडियाखानामा स्तनधारी, पक्षी, घस्रने र पानीमा तैरने वन्यजन्तु राखिएका छन् ।

यी हुन् चिडियाखानाका मुख्य–मुख्य जानकारी

चिडियाखानाका जीवजन्तुका लागि विभिन्न ४४ थरीका खानेकुरा खुवाउने गरिएको छ । यसका लागि मासिक ६६ लाख खर्च हुन्छ ।
०७१÷७२ मा सदर चिडियाखानामा १० लाखभन्दा बढी आन्तरिक पर्यटकले अवलोकन गरेका थिए । त्यस्तै, एक हजार बाह्य पर्यटकले अवलोकन गरेका थिए । यसबाट १० करोड रुपैयाँ आम्दानी भएको चिडियाखानाले जनाएको छ । विद्यार्थीका लागि प्रवेशमा प्रतिव्यक्ति ५० लिने गरिएको छ भने सर्वसाधारणका लागि एक सय लिने गरेको छ ।

Central zoo kathmandu (8)
सदर चिडियाखाना आयोजना प्रमुख सरिता ज्ञवालीका अनुसार वार्षिक रूपमा आठ करोड खर्च हुन्छ । चिडियाखाना विभिन्न क्षेत्रमा गरी ७४ कर्मचारी कार्यरत रहेका छन् ।
यहाँ डाक्टरसहित स्वास्थ्यकर्मीको टोली २४सै घन्टा खटिने गर्छ ।

Central zoo kathmandu (11)
सदर चिडियाखाना ६ हेक्टर क्षेत्रफल फैलिएको र जीवजन्तु तथा पक्षीको संख्या बढ्दै गएकाले व्यवस्थापनमा केही समस्या हुने गरेको ज्ञवाली बताउँछिन् ।
‘चिडियाखानालाई सूर्य विनायकको दुई सय ४० हेक्टर क्षेत्रफलमा सार्ने योजनामा रहेको छ । सरकारले गत वर्ष मात्र चिडियाखानाको यो प्रस्तावलाई स्वीकार गरेको छ,’ उनले भनिन् । स्थान अभाव भएकाले यसलाई सार्नुपर्ने प्रस्ताव तयार पारिएको ज्ञवालीले बताइन् ।

Central zoo kathmandu (12)
गत वर्ष मात्र सदर चिडियाखाना हेर्न आएका १० लाख दर्शकबाट सात करोड ६५ हजार १९ हजार रुपैयाँ प्रवेश शुल्क आम्दानी भएको चिडियाखाना लेखाअधिकृत सुकबहादुर गुरुङले बताए । ‘आम्दानीमध्ये कार्यालय व्यवस्थापन, वन्यजन्तु पालनपोषण र खोर सुधारका लागि सात करोड ३५ लाख ९५ हजार खर्च भएको छ,’ उनले भने, ‘सबैभन्दा बढी जीवजन्तुको खोर सुधार र आहारामा खर्च हुन्छ ।’

Central zoo kathmandu (5)
चिडियाखाना साँघुरो भएकैले नयाँ कार्यक्रम ल्याउन अप्ठेरो परेको र भएका जीवजन्तुको व्यवस्थापनमा समस्या परेको सदर चिडियाखाना स्रोतले जनाएको छ ।
प्राकृतिक मनोरमस्थल सदर चिडियाखाना राजधानीमा आएका स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षण बन्ने गर्छ । यातायातको सुविधाका कारण पनि काठमाडौं उपत्यका भित्रिएका पर्यटकको पहिलो रोजाइ सदर चिडियाखाना हुने गरेको व्यवस्थापक सरिता ज्ञवाली बताउँछिन् ।

Central zoo kathmandu (13)
वन्यजन्तुको सुरक्षा, प्रभावकारिता र दर्शकलाई आकर्षण बढाउन खोर सुधार अभियान चलाइएको वन्यजन्तु क्युरेटर गणेश कोइराला बताए । उनले चिडियाखाना प्रशासनले दर्शकका सुविधा थप्न र वन्यजन्तु संरक्षण–शिक्षा दिन पूर्वाधार विकास अभियान चलाइरहेको बताए ।

Central zoo kathmandu (6)Central zoo kathmandu (1)
सदर चिडियाखाना हेर्न आएका दर्शकमध्ये बढीले हात्ती, तीन गैँडा र चार बाघ, वनमान्छे, अजिंगर हेर्न बढी चासो देखाउने गर्छन् । पक्षी, चिडियाखानाको बीचमा रहेको पोखरीको डुंगा, खेल्ने पिङ र नमुना रेल पनि दर्शकको रुचिमा पर्छन् ।

Central zoo kathmandu (7)Central zoo kathmandu (10)

Central zoo kathmandu (6)

Central zoo kathmandu (2)

– See more at: http://www.ratopati.com/news/21898/#sthash.0yJZ1QCk.dpufCentral zoo kathmandu (9)Central zoo kathmandu (3)

सोम, पुस १३, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

राष्ट्रकवि माधबप्रसाद घिमिरेको कविताले साहित्यमा ज्यादै रुचि बढायो

हेर हेर साथी हो कमिलाको ताँती यो दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो एउटा साथी आएर दिन्छ केको खबर लगातार अगाडि बढ्छ लावालस्कर आज जान्छ जन्ती यो कुन देश कुन घर कहाँ होलिन् दुलही सुनकेस्राझैँ सुन्दर हाम्रो फूलबारीमा रूखमुनि स्याउको राखेको छ ढोकामा सेतो छाता च्याउको पहारिलो कान्लामा सानु-सानु दुलो छ बाहिर त्यहाँ धूलो छ...

दशै पर्व वैज्ञानिकता नजिक र शक्ति संचय

नेपालीहरूको सबैभन्दा विशेष पर्व दशैं हो । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा ‘विजया दशमी’ का नामले पनि चिनिन्छ।  दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ। दसैँ प्रतिपदा घटस्थापनादेखि पुर्णिमा  (कोजाग्रत )सम्म...

जन्मजात भोटेको विज्ञप्ति

  नाकै थेप्चिने गरी कसैले चोर औँलाले ठेलेदेखिन दिमाग रन्थन्याएर सोचिरहेछु- एउटै बेन्चमा राखेर मास्टरले मलाई मात्र बाठो बनाउने गरी  कुन पुस्तक पढाए होलान् त्यतिबेला?  मैले पुर्ख्यौली छाला बेचेर  हालेको होइन यो चुच्चो नाक कसैले जन्मदिनको उपहार स्वरूप  दिएका होइनन् यी बल्ड्याङ्ग्रे आँखा टेलिभिजनको आकर्षक विज्ञापनको...

सोह्र श्राद्ध

हरेक वर्ष शारदीय नवरात्र प्रारम्भ हुनुअघि आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ/ सोह्र श्राद्ध भाद्र शुक्लपक्ष पूर्णिमाबाट सुरु हुन्छ र असोज कृष्णपक्ष औंसीमा समाप्त हुन्छ ।श्राद्धको सीधा अर्थ हो आफ्ना पूर्वजहरूप्रति श्रद्धा । शास्त्रले भनेको छ- ‘श्रद्धया इदम् श्राद्धम्’ अर्थात् पितृहरूका  निमित्त श्रद्धापूर्वक गरिने...

पल्ला घरे ठुली आमाको नक्कली छोरी र म

बुबा सधै भनु हुन्थ्यो छोरो पैसा छ भन्दैमा अरुले देख्ने गरि सबैको अगाडी नदेखाउ छोरा ! तँ कुनै दिन लुटिन्छ हेर मार्न पनि सक्छ सचेत भै हिड्नु ल ! जमाना अर्कै छ त्यो पनि कली युग हो कसैले कसैलाई बिश्वास गर्न एकै चोटी हुन् हेर आफ्नो सम्पतिको आफैले ख्याल नगरे कसले गर्छ ? त्यसैले छोरा ख्याल राखेस है...

ल्हासा पासा सरस्वती गुफामा ध्यान गर्ने लामा मिलारेपा र नालाको फिरफिरे

एघारौ शताब्दीमा तिब्बतमा एक बालकको जन्म भएको थियो। उक्त बालकको नाम मिलारेपा राखेको थियो ।  मिलारेपा ७ बर्षको हुदा उसको बुवाको देहावसान भयो।  काकाका परिवारले सबै सम्पति लिएको हुदा मिलारेपाको बहिनि र उ खुब दुखमा परे।  आफ्ना काकासंग खुब बिन्ति भाव गरे तर उस्को कुरा...