उर्जा

शहरमा सोलार : अनुदान र ऋण, कति र कसरी ?


 

मदन पौड्याल/उज्यालो ।

काठमाडौं, पुस ११ – इन्धन अभाव र लोडसेडिङका कारण नागरिकले सास्ती भोग्नु परिरहेको छ । गाउँघरमा केही सहज भएपनि शहर बजारमा दैनिकी नै कठिन बनेको छ । खाना पकाउन ग्यास छैन, बिजुलीमा पकाउन पनि लोडसेडिङ बढिरहेको छ ।

त्यस्तै दाउरा, मट्टितेल, डिजलको पनि अभाव छ । यस्तो बेला नियमित उर्जाको विकल्पमा वैकल्पिक उर्जाको प्रयोग गर्न सकिन्छ । यसका लागि सरकारले शहरी सौर्य उर्जा प्रणाली अनुदान तथा कर्जा परिचालन निर्देशिका २०७२  समेत स्वीकृत गरेको छ ।  यसमा अनुदान र सहुलियत ऋणको व्यवस्था समेत छ । अहिले हप्ताको ७७ घण्टा बिजुली आउँदैन । नेपाल विद्युत प्राधिकरणले अत्यधिक बिजुली खपत हुने बिहान बेलुकाको समयमा आपूर्ति कटौती गर्दै शहर बजारलाई अन्धकार नै बनाएको छ भने बिजुलीबाट खाना पकाउँदै आएका उपभोक्ता मारमा परेका छन् ।

बिजुलीको भर नभएको बेला सौर्य उर्जा भरपर्दाे विकल्प हुन सक्छ । सौर्य उर्जाका लागि मुख्यश्रोत भनेकै घाम हो । सरकारले बढ्दो ऊर्जा संकट कम गर्न नगरपालिका तथा नगरोन्मुख क्षेत्रमा नयाँ घर बनाउँदा अनिवार्य रूपमा सोलार जडान गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था सबै सरकारी, व्यापारिक एवं संस्थागत भवन, विद्यालय, अस्पताल, सरकारी तथा निजी कम्पनी, सार्वजनिक संस्थान, महानगरपालिका तथा उपमहानगरपालिकामा लागू हुनेछ । १० आना भन्दा बढी जग्गामा बनेका दुई हजार ५ सय वर्ग फिटभन्दा बढीका आवासीय भवनमा यो व्यवस्था अनिवार्य गरिएको छ ।

यसअघि राष्ट्रिय प्रसारण लाइनको बिजुली नपुगेका ग्रामिण क्षेत्रमा प्रयोग हुने सोलारमा अनुदान त थियो नै । तर अहिले बिजुली पुगेका शहर बजारमा पनि सोलार जोडेमा अनुदान र सहुलियत ऋण पाइन्छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमार्फत  शहरी सौर्य उर्जा कार्यक्रम सञ्चालन भएको छ । वैकलिपक उर्जा प्रवद्र्धन केन्द्रबाट उपभोक्ताले सहुलियतमा सोलार जडान गर्न सक्छन् । केन्द्रले आवासीय घरका लागि १ सयदेखि १५ सयवाट क्षमतासम्म तथा व्यावसायिक प्रयोजनका लागि १५ सयवाट माथि क्षमताका सोलार जडानमा १५ हजार रुपैंया अनुदान दिन्छ ।

त्यस्तै सोलार कर्जा एनएमबी र सिभिल बैंकबाट पाइन्छ । क्रृणको व्याजदरमा भने घरायसी भए ७५ र व्यावसायिक प्रयोगका लागि भए ५० प्रतिशत अनुदान छ ।
सौर्य उर्जालाई दुई प्रकारले प्रयोग गर्न सकिन्छ । एउटा सूर्यबाट प्राप्त उर्जालाई ब्याट्रीमा सञ्चित गरेर राख्ने र आवश्यक परेको बेलामा प्रयोग गर्ने । अनि अर्को सूर्यबाट प्राप्त उर्जालाई सञ्चित नगरी उत्पादन भएकै बेलामा सिधै प्रयोग गर्ने । सञ्चित गर्नका लागि ब्याट्रि चार्जर लगायतका अन्य उपकरणको आवश्यकता पर्छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका इन्जिनियर  अविनाश वरुणका अनुसार सौर्य उर्जाका लागि सौर्य पातामा २० वर्ष, सौर्य ब्याट्रीमा ५ र चार्ज कन्ट्रोलर, सौर्य इन्भर्टर, सौर्य बल्वमा २ वर्षको न्यूनतम वारेन्टी हुन्छ । जडान पछि एकवर्ष कम्तिमा दुई पटक निशुल्क मर्मत सेवा पाइन्छ । सौर्य उर्जा प्रणाली जडानका लागि अहिले एक सय १८ वटा सूचिकृत मान्यता प्राप्त कम्पनी छन् । एउटा सेटबाट एक सय वाट सिस्टममा ५ वाटको ५ बटा बल्व, एउटा ल्याप्टप, मोवाइल चार्ज गर्न सकिन्छ । यसका लागि ४५ हजारदेखि ५० हजार सम्म खर्च लाग्छ ।

त्यस्तै २ सय वाट जोडेमा ६५ हजार सम्म लागत लाग्छ । जतिजति वाट थप्दै गयो त्यति नै लागत बढ्दै जाने हुन्छ भने यसमा प्रयोग गर्ने समय पनि थपिदै जान्छ । एक किलोवाट जडान गरेमा ३ लाख सम्म खर्च हुन्छ भने खाना पकाउन, फ्रीज चलाउन, टिभी हेर्न पनि सकिने इन्जिनियर वरुणले बताउनुभयो ।

घरायसी सौर्य उर्जा प्रणाली

एक प्रकारको प्रणालीमा सौर्य पाता, व्याट्री, चार्ज कन्ट्रोलर, इन्भटर सहितको सेट हुन्छ । साथै चार्जिङको सम्पूर्ण स्रोत सौर्य उर्जा नै हुन्छ । अर्को जडान सामग्री साथै चार्जिङ्गको स्रोत हाईब्रिड हुन्छ ।

तसर्थ दुवै सौर्य उर्जा र नेपाल विद्युत् प्राधिकरणको प्रशारण लाइनबाट पनि चार्जिङ गर्न सकिन्छ । तेस्रो इन्भर्टर र ब्याट्री प्रयोग गरेका उपभोक्ताले घरमा सौर्यपाता, चार्ज कन्ट्रोलर र जडान सामग्री जोड्न सकिन्छ ।

व्यावसायिक सौर्य उर्जा प्रणाली 

कानुन अनुसार दर्ता भएका कम्पनी, उद्योग, कलकारखाना, विद्यालय, अस्पतालमा व्यावसायिक प्रयोग अनुसार १५ सय वाटपिक भन्दा माथिको सिस्टम जडान गरिन्छ ।

यसमा जेनेरेटरको प्रयोग हटाएर डिजेल तथा इन्धनको खपत कम गर्ने हो । व्यावसायिक सौर्य प्रणाली घरायसी सौर्य प्रणालीकै प्रकारमा पर्छ तर सकेसम्म विद्युतीय उपकरणलाई सौर्य उर्जाबाट संञ्चालन गर्न सकिन्छ ।

सौर्य उर्जा जडान अघि गर्नुपर्ने काम 

सौर्य उर्जा (सोलार) जडान गर्नुपुर्व अनुमानित उर्जाको क्षमता, लागत/खर्चबारे जानकारी लिने, ऋण लिनुपर्ने भए मासिक किस्ताबन्दी र ऋण चुक्ताको लागि वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रसँग सम्झौता भएको बैंकसँग सम्झौता गर्नुपर्छ ।

सरकारले दिएको नविकरणीय उर्जा कोष अन्तर्गत रहेका बैंकमार्फत कर्जा उपलब्ध हुन्छ । यसमा कर्जाको ब्याजदर बढीमा ५ प्रतिशत हुन्छ । यस्तै बैंकले आफ्नै कोषबाट कर्जा प्रवाह गरेमा कर्जाको व्याजदर बढीमा ९ प्रतिशत हुन्छ ।

अनुदानका लागि गर्नुपर्ने काम

अनुदानका लागि केन्द्रले तोकेको आवेदन फारम भरी नागरिकताको प्रतिलिपी, सोलार जोडेको फोटो, कम्पनी र उपभोक्ताबीच भएको सम्झौता पत्रको प्रतिलिपी सहित केन्द्रमा दिनुपर्छ । त्यस्तै बैंकबाट ऋण लिएको भए किस्ता र व्याज नियमित बुझाएको हुुनुपर्छ ।

सेवाग्राहीले बुझाएको अनुदान फारम सहि भएपछि मात्र भुक्तानीको लागि सिफारिस हुने वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका सौर्य उर्जा शाखाका कार्यक्रम व्यवस्थापक मुकेश घिमिरे जानकारी दिनुभयो ।

 

सोम, पुस १३, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

निगमले म्याच फिक्सिङ नगरेसम्म इन्द्रेको बाउ चन्द्रेले पनि केही गर्न सक्दैन –लिलेन्द्र प्रधान

मंसिर, काठमाडौं । नेपाल आयल निगमले नियमित अनुगमन गरेको र आधुनिक प्रविधि प्रयोग गरेको भनिए पनि ट्यांकरबाट तेल चोरी हुने र पेट्रोल पम्पहरुबाट कम परिमाणमा तेल बिक्री गरेर उपभोक्तालाई ठग्ने क्रम रोकिएको छैन । आयल निगमका लागि इन्धन ढुवानी गर्ने ट्यांकरहरुको तेल बीच बाटोमै चोरी...

नेपाल-भारत पेट्रोलियम पाइपलाइनको काम तीब्र गतिमा

वीरगञ्ज । नेपाल-भारत पेट्रोलियम पाइपलाइनको काम तीब्र गतिमा भइरहेको छ ।   मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम परियोजना अन्तर्गत रक्सौलदेखि अमलेखगञ्जसम्म १६ किलेामिटर खण्डमा पाइप गाड्ने काम सम्पन्न भइसकेको छ । परियोजना अन्तर्गत रक्सौलबोर्डरदेखि अमलेखगञ्जसम्म ३६.२ किलो मिटर र मोतिहारीदेखि रक्सौल बोर्डरसम्म ३३.७ किलोमिटर पाइप विछ्याउनुपर्ने हुन्छ । १५ महिनामा सक्ने लक्ष्यका...

सरकारले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना आन्तरिक स्रोत परिचालन गरेर निर्माण गर्ने घोषणा

जेठ, काठमाडौं । चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिइएको पश्चिम सेती जलविद्युत आयोजना आन्तरिक स्रोतबाटै बनाउने अर्थमन्त्री डा. युवराज खतिवडाको घोषणालाई सरकारकै अर्को निकाय लगानी बोर्डले खण्डन गरेको छ । अर्थमन्त्री खतिवडाले जेठ १५ मा सार्वजनिक गरेको आर्थिक वर्ष ०७५/०७६ को बजेटमार्फत सरकारले ७५० मेगावाटको पश्चिम सेती...

दुई पेट्रोल पम्पमा सिलबन्दी

नेपाल सरकारले मापदण्ड विपरित काम गर्ने दुई पेट्रोल पम्पलाई सिलबन्दी गरेको छ । सोमबार बिहान उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, मातहतका आयल निगम र गुणस्तर तथा नापतौल विभागले राजधानीका विभिन्न पेट्रोल पम्पमा अनुगमन गर्दा मापदण्ड विपरित काम गरेका प्रशान्ति आयल स्टोर एकान्तकुना र ललितपुरको सातदोबाटो...

बहुप्रतिक्षित मेलम्ची खानेपानी अायाेजनाकाे सुरुङमार्ग खन्ने काम पूरा

बहुप्रतिक्षित मेलम्ची खानेपानी अायाेजनाकाे सुरुङमार्ग खन्ने काम पूरा भएकाे छ । अब सुन्दरीजलबाट मेलम्ची हेडवर्क्ससम्म सुरुङभित्रैबाट पुग्न सकिने आयोजनाले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिले २६ किलोमिटर लामो सुरुङ खनिसक्ने कामलाई ऐतिहासिक उपलब्धि भनेको छ । आगामी २०७५ सालको दशैँ अगाडि नै मेलम्ची नदीबाट दैनिक १७...

१११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको काम द्रुत गतिले अगाडि

चैत, रसुवा । उत्तरी रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको काम द्रुत गतिले अगाडि बढेको छ । हाइड्रोपावरका आयोजना प्रमुख छवि गैरेका अनुसार विद्युत्गृहमा पानी पठाइने चार हजार २०० मि हेडरेस सुरुङको लम्बाइमध्ये हालसम्मको निर्माण ७७ प्रतिशत पूरा भएको छ ।   खन्न...