परको कुरा साहित्य

कुलचन्द्र गौतमको पुस्तक ‘लस्ट इन ट्रान्जिसन’को विमोचन


संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव कुलचन्द्र गौतमको पुस्तक ‘लस्ट इन ट्रान्जिसन’को शनिबार विमोचन गरिएको छ ।

कालिकास्थानस्थित पब्लिकेशन्स नेपालयमा प्रकाशकले लेखक गौतमलाई र गौतमले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई पहिलो प्रति हस्तान्तरण गर्दै यसैबाट अब सम्पूर्ण पाठक समक्ष पुस्तक अर्पण गरिएको घोषणा गरेकाथिए।  कार्यक्रममा यादवले गौतमले अन्तर्राष्ट्रिय अनुभवसहित नेपालको संक्रमणकाललाई देखेको बताउनुभया । समर्पण र पीडाको बीचबाट आफू हिँडेको र संविधान दिनुपर्ने नैतिक दायित्व भएकाले आफूले त्यसलाई पुरा गरेको यादवले बताउनुभयो ।

कार्यक्रममा विश्लेषक हरि शर्माले पुस्तकको परिचय गराउँदै यो राजनीतिक टिप्पणी भए पनि लेखकले आफ्ना अनुभव समावेश गरेको बताउनुभयो ।

कार्यक्रममा शर्माले लेखक गौतमसँग पुस्तकका बारेमा अन्तक्र्रियासमेत गर्नुभएको थियो । त्यस क्रममा राष्ट्रसंघको आदर्शलाई आफूले आत्मसात गर्दागर्दै यसैका निकायबाट त्यस विपरितमा भएका कामहरु देखेपछि उल्लेख गर्नैपर्ने आवश्यक ठानेको गौतमले प्रष्ट पार्नुभएको थियो ।

मुलुकमा दस वर्षे माओवादी द्वन्द्व, त्यसपछिको लामो संक्रमणकाल, संविधानसभाको चुनावदेखि लिएर संविधानसभाबाट संविधान बनाउनका निम्ति सतहमा देखिएका अन्तर्संघर्षको पृष्ठभूमि केलाउन गौतमको पुस्तकले सहयोग गर्ने शर्माले टिप्पणी गर्नुभयो ।

गौतमसँग अवकाश पाउनुअघि थुप्रै मुलुकका लडाई, संक्रमणकाल र शान्ति प्रकृयामा सहभागीतासमेत जनाएको अनुभव छ ।

नेपालको शान्ति प्रकृयामा भएका त्रुटीहरु र अन्तर्राष्ट्रिय समूदायबाट समेत भए गरेका कमजोरीहरुलाई गौतमले निर्भिकताका साथ पुस्तकमा औंल्याउनुभएको छ । जस्तोसुकै अवस्थामा पनि मानवअधिकार, विधिको शासन र प्रजातन्त्रको मामलामा आजको बेला जिम्मेवार पक्षहरुले सम्झौता गर्नै नमिल्ने मान्यता गौतमको छ ।

‘प्रजातन्त्र र समुन्नतीका आधारहरु तयार हुँदै गइरहेको बेला पहिलेदेखि हेपिएका र सिमान्तकृतहरुको भावना उठाएर माओवादीले सत्ता र शक्तिसम्मको पहुँच बनायो,’ गौतम भन्नुहुन्,छ ‘प्रजातन्त्रको पुनर्उदय हुँदै गरेको इतिहासको एउटा महत्वपूर्ण क्षणबाट यसले मुलुकलाई युद्धको भूमरीमा डुबाउँदै लग्यो ।’
स्वयं आफू नै उप महासचिव रहेको राष्ट्रसंघको नेपालस्थित नियोग (अनमिन)ले त्यतिबेला कसरी पूर्वाग्रहपूर्ण तरिकाले काम गरेको थियो भन्ने कुरा गौतमले पुस्तकमा सबिस्तार वर्णन गर्नुभएको छ ।

समाजशास्त्री चैतन्य मिश्रले समकालीन नेपाललाई बुझ्न चाहनेले यो पुस्तक ‘पढ्नै पर्ने’ भनेर उल्लेख गर्नुभएको छ ।

पुस्तकको उपसंहारमा गौतमले यतिबेला भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीबारे बहस गर्दै ठूला छिमेकीसँग यस्तो बेलामा कसरी सम्झौता गर्दा आफ्नो हक अधिकार सुरक्षित रहनसक्छ भन्ने सुझाव पनि दिनुभएको छ ।

गौतमलाई आफ्नो प्रकाशनगृहमा लेखकका रुपमा स्वागत गर्न पाउँदा खुशीलागेको नेपालयका किरणकृष्ण श्रेष्ठले बताउनुभयो ।

‘यो पुस्तकको शिर्षकै संक्रमणमा रुमलिएको मुलुकलाई लिएर तयार पारिएको छ,’ श्रेष्ठले भन्नुभयो, ‘संक्रमण कालकै अर्का प्रतीक व्यक्तित्व पूर्व राष्ट्रपतिलाई यो हस्तान्तरण गरेर समस्त पाठकलाई सुम्पेका छौं ।’

६ सय ७५ रुपैया मूल्य राखिएको पुस्तक प्रमुख विक्रेताहरु कहाँ उपलब्ध छन् । त्यसैगरि यसलाई इ–बुकका रुपमा एन्ड्रोइड र आइओएसका प्रयोगकर्ता पाठकले धभचभबम।अयm।लउ मा आफ्ना उपकरणहरुमा प्राप्त गर्न सक्ने नेपालयले जनाएको छ

सोम, पुस १३, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पल्ला घरे ठुली आमाको नक्कली छोरी र म

बुबा सधै भनु हुन्थ्यो छोरो पैसा छ भन्दैमा अरुले देख्ने गरि सबैको अगाडी नदेखाउ छोरा ! तँ कुनै दिन लुटिन्छ हेर मार्न पनि सक्छ सचेत भै हिड्नु ल ! जमाना अर्कै छ त्यो पनि कली युग हो कसैले कसैलाई बिश्वास गर्न एकै चोटी हुन् हेर आफ्नो सम्पतिको आफैले ख्याल नगरे कसले गर्छ ? त्यसैले छोरा ख्याल राखेस है...

ल्हासा पासा सरस्वती गुफामा ध्यान गर्ने लामा मिलारेपा र नालाको फिरफिरे

एघारौ शताब्दीमा तिब्बतमा एक बालकको जन्म भएको थियो। उक्त बालकको नाम मिलारेपा राखेको थियो ।  मिलारेपा ७ बर्षको हुदा उसको बुवाको देहावसान भयो।  काकाका परिवारले सबै सम्पति लिएको हुदा मिलारेपाको बहिनि र उ खुब दुखमा परे।  आफ्ना काकासंग खुब बिन्ति भाव गरे तर उस्को कुरा...

८० वर्षअघिसम्म उपत्यकामा घर भनेकै ढुङ्गा, ईंटा, माटो, काठ, बाँस, खर, पराल, झिंगटी, सिलेट, खपडाजस्ता वस्तुबाट बन्थ्यो। तर, अहिले गिट्टी, बालुवा, सिमेन्ट, रड, ईंटा, ब्लक, ढुङ्गा, टीन (जस्तापाता), स्टील, आल्मुनियम, सिसा, प्लाष्टिकजस्ता सामान विना घर निर्माण असम्भव जस्तै भएको छ। संस्कृतिविद् सत्यमोहन जोशी १९९० सालको भूकम्पपछि...

उग्रचण्डी नालाको गाईजात्रा परम्परा

गाईजात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो ।  नेवार समुदायबाट यो  संस्कृतिको बिकाश सुरू भएको जात्रा हो । नेवार समुदायमा यो चाडलाइ सापारु भनिन्छ । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस...

नालामा पनि सुबिधा सम्पन्न सद्भाव सामुदायिक हस्पिटल प्रा लि संचालन

काभ्रेको उग्रचण्डी नाला एउटा यस्तो ठाँउ हो जहाका मानिसहरु साह्रे मेहिनती गर्दछन / मेहनत अनुसार मनग्य आय आम्दानि गर्दछन ।आम्दानीको नाफा नाला बाहेक अन्यत्र लगानी गर्दछन । यो भैरहेको एउतै कारण नाला भित्र अवसर खोज्न नसक्नु हो । लगानी गरेता पनि कोल्टे परेको स्थानले गर्दा र...

लिपि संग्रह

कुनै पनि भाषाको लेख्ने ढंग नै त्यो भाषाको लेख्ने प्रणाली वा लिपि हो / ध्वनि को प्रतिनिधित्व गरि लेखनको लागि जुन चित्र कोरिन्छ त्यो नै लिपि हो / वास्तबमा लिपि र भाषा दुवै अलग अलग चिज हुन् / भाषाको उपयोग भोलिमा हुन्छ भने लेखनको लागि...