परको कुरा

पशु विकास मन्त्रालय बनेकोमा पोल्ट्री व्यवसायीको स्वागत


 पुस, चितवन । नेपाल सरकारले कृषि मन्त्रालयलाई टुक्र्याएर पशु विकास मन्त्रालय बनाएकोमा पोल्ट्री व्यवसायीहरुले त्यसको स्वागत गरेका छन् । नेपाल अण्डा उत्पादक सङ्घको केन्द्रीय समितिले सोमबार चितवको नारायणगढमा पत्रकार सम्मेलन आयोजना गरी विगत लामो समयदेखि व्यवसायीले माग गर्दै आएकोमा हाल मन्त्रालय बनेकोमा स्वागत गर्यो ।

मन्त्रालय बनेकोमा सङ्घसहित नेपाल पोल्ट्री महासङ्घ, नेपाल कुखुरा व्यवसायी मञ्च, नेपाल दाना उद्योग सङ्घ, नेपाल ह्याचरी उद्योग सङ्घ, नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घ, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी सङ्घ, चितवन नवलपुर दाना वितरक सङ्घ, नेपाल पशुपक्षी औषधि व्यवसायी सङ्घ र कुखुरा व्यवसायी सङ्घ पूर्वी चितवनले निर्णयको स्वागत गरेका हुन् ।

सो अवसरमा अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले कूल जनसङ्ख्याको ६६ प्रतिशत रोजगारीको अवसर कृषि क्षेत्रले प्रदान गरी कूल ग्राह्स्थ उत्पादनको ३३ प्रतिशत योगदान दिएको बताउँदै यसका लागि छुट्टाछुट्टै मन्त्रालय आवश्यक रहेको बताए । कुल ग्राह्स्थ उत्पादनको चार प्रतिशत अंश कुखुरापालन क्षेत्रले ओगटेको पनि उनले जानकारी दिए ।

जिल्लाका व्यवसायीले १० वर्ष अगाडि नै पशुपक्षी विकास मन्त्रालय छुट्टै हुनुपर्ने माग गर्दै आएका थिए । कार्यक्रममा नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेल, चन्द्रमान श्रेष्ठ, नेपाल दाना उद्योग सङ्घका निवर्तमान अध्यक्ष डा. तिलचन्द्र भट्टराई, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. रामकुमार कार्की, पोल्ट्री व्यवसायी अर्जुन अर्याललगायतले सङ्घीयता कार्यान्वयन भएपछि मन्त्रालयको सङ्ख्या घट्दै गर्दा पनि पशु विकास मन्त्रालय कायम हुनुपर्ने माग गरे ।

पशुको विभागदेखि जिल्ला हुँदै गाउँतहसम्म कार्यालय रहेकाले र प्रत्यक्ष सेवाग्राही हुने हुँदा छुट्टै मन्त्रालय सधैंँका लागि हुनुपर्ने व्यवसायीको माग थियो । रासस

मङ्ल, पुस १४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सोह्र श्राद्ध

हरेक वर्ष शारदीय नवरात्र प्रारम्भ हुनुअघि आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ/ सोह्र श्राद्ध भाद्र शुक्लपक्ष पूर्णिमाबाट सुरु हुन्छ र असोज कृष्णपक्ष औंसीमा समाप्त हुन्छ ।श्राद्धको सीधा अर्थ हो आफ्ना पूर्वजहरूप्रति श्रद्धा । शास्त्रले भनेको छ- ‘श्रद्धया इदम् श्राद्धम्’ अर्थात् पितृहरूका  निमित्त श्रद्धापूर्वक गरिने...

पल्ला घरे ठुली आमाको नक्कली छोरी र म

बुबा सधै भनु हुन्थ्यो छोरो पैसा छ भन्दैमा अरुले देख्ने गरि सबैको अगाडी नदेखाउ छोरा ! तँ कुनै दिन लुटिन्छ हेर मार्न पनि सक्छ सचेत भै हिड्नु ल ! जमाना अर्कै छ त्यो पनि कली युग हो कसैले कसैलाई बिश्वास गर्न एकै चोटी हुन् हेर आफ्नो सम्पतिको आफैले ख्याल नगरे कसले गर्छ ? त्यसैले छोरा ख्याल राखेस है...

ल्हासा पासा सरस्वती गुफामा ध्यान गर्ने लामा मिलारेपा र नालाको फिरफिरे

एघारौ शताब्दीमा तिब्बतमा एक बालकको जन्म भएको थियो। उक्त बालकको नाम मिलारेपा राखेको थियो ।  मिलारेपा ७ बर्षको हुदा उसको बुवाको देहावसान भयो।  काकाका परिवारले सबै सम्पति लिएको हुदा मिलारेपाको बहिनि र उ खुब दुखमा परे।  आफ्ना काकासंग खुब बिन्ति भाव गरे तर उस्को कुरा...

८० वर्षअघिसम्म उपत्यकामा घर भनेकै ढुङ्गा, ईंटा, माटो, काठ, बाँस, खर, पराल, झिंगटी, सिलेट, खपडाजस्ता वस्तुबाट बन्थ्यो। तर, अहिले गिट्टी, बालुवा, सिमेन्ट, रड, ईंटा, ब्लक, ढुङ्गा, टीन (जस्तापाता), स्टील, आल्मुनियम, सिसा, प्लाष्टिकजस्ता सामान विना घर निर्माण असम्भव जस्तै भएको छ। संस्कृतिविद् सत्यमोहन जोशी १९९० सालको भूकम्पपछि...

उग्रचण्डी नालाको गाईजात्रा परम्परा

गाईजात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो ।  नेवार समुदायबाट यो  संस्कृतिको बिकाश सुरू भएको जात्रा हो । नेवार समुदायमा यो चाडलाइ सापारु भनिन्छ । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस...

नालामा पनि सुबिधा सम्पन्न सद्भाव सामुदायिक हस्पिटल प्रा लि संचालन

काभ्रेको उग्रचण्डी नाला एउटा यस्तो ठाँउ हो जहाका मानिसहरु साह्रे मेहिनती गर्दछन / मेहनत अनुसार मनग्य आय आम्दानि गर्दछन ।आम्दानीको नाफा नाला बाहेक अन्यत्र लगानी गर्दछन । यो भैरहेको एउतै कारण नाला भित्र अवसर खोज्न नसक्नु हो । लगानी गरेता पनि कोल्टे परेको स्थानले गर्दा र...