स्वास्थ्य

डेढ करोडको जडीबुटी निकासी


प्यूठान। जिल्लामा गतवर्ष  १ करोड ६६ लाख रूपैयाँ बराबरको जडीबुटील जिल्लाबाहिर निकासी भएको छ । रिट्ठा, दालचिनीको बोक्रा तथा पात, टिमुर र अल्लो जिल्लाबाहिर निकासी भएको हो ।

जिल्ला वन कार्यालयकाअनुसार उक्त अवधिमा ४५ हजार ४०० किलो टिमुर मात्रै निकासी भएको छ । जडीबुटीजन्य वस्तुबाट किसानले मनग्य आम्दानी गर्ने गरेको जिल्ला वन अधिकृत धनञ्जय लामिछानेले बताए ।

‘टिमुरबाट किसानले रु ६८ लाख १० हजार आम्दानी गरेका छन्,’ उनले भने । त्यस्तै व्यक्तिगत, राष्ट्रिय र निजी वनबाट ५८ हजार किलो रिट्ठा जिल्लाबाहिर निकासी हँुदा रु चार लाख ६४ हजार आम्दानी भएको छ ।

सामुदायिक र राष्ट्रिय वनमा उत्पादन भएको ४७ हजार ६६८ किलो दालचिनीको बोक्रा निकासी हुँदा ३८ लाख १३ हजार ४ सय रूपैयाँ किसानले आम्दानी गरेका छन् ।

यस्तै ८९ हजार ६८५ किलो दालचिनीको पातबाट  ३५ लाख ८७ हजार ४ सय रूपैयाँ आम्दानी भएको छ । वनमा आधारित वस्तुअन्तर्गत एक वर्षको अवधिमा २ हजार ७९५ किलो अल्लो निकासी हुँदा १९ लाख ५६ हजार रूपैयाँ आम्दानी भएको छ ।

‘त्पादित वस्तु राष्ट्रिय वनको भएमा केही राजस्व तिर्नुपर्छ, अन्यमा राजस्व लाग्दैन,’ वन अधिकृत लामिछानेले भने ।  जिल्लामा व्यावसायिक रुपमा जडीबुटी उत्पादन र प्रशोधन केन्द्रको आवश्यकता रहेको छ । रासस

 

मङ्ल, पुस १४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

धनाढ्य डा.उपेन्द्र महतोका लगानीमा ललितपुरको भैसेंपाटीमा नेपालकै सुविधा सम्पन्न अस्पताल निर्माण

असोज । एनआरएनका संस्थापक अध्यक्ष एवं धनाढ्य डा.उपेन्द्र महतोका लगानीमा ललितपुरको भैसेंपाटीमा नेपालकै सुविधा सम्पन्न अस्पताल निर्माण भएको छ । साढे सात सय शैयाको अत्याधुनिक नेपाल मेडसिटी (एनएमसी) अस्पतालको बुधबार उद्घाटन हुँदैछ । नेपालमा एनआरएनको सम्मेलनको अवसर पारेर अस्पतालको उद्घाटन गर्न लागिएको हो । अस्पतालमा रेनल...

नेपाल चिकित्सक संघले वार्ता बिना निष्कर्ष टुगिंएपछि थप आन्दोलनका कार्यक्रम घोषणा गरे

काठमाडौं :  नेपाल चिकित्सक संघले सरकारसँगको वार्ता बिना निष्कर्ष टुगिंएपछि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। वार्तामा सहमति हुन नसकेपछि चिकित्सक संघले सोमबार १० बजे एप्रोनसहित स्वास्थ्य मन्त्रालय घेराउ गर्ने भएको हो। त्यसैगरि देशभरका स्वास्थ्यकर्मीहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय घेर्ने कार्यक्रम रहेको चिकित्सक संघले जनाएको छ। आइतबार राति...

किक बक्सिङ्ग प्रतियोगितामा पराजित स्वराज पोखरेल अझैसम्म हस्पिटलको बेडमा

गत डिसेम्बर १९र २० मा सम्पन्न स्वर्गीय एमाले नेता पोष्ट बहादुर दिवाकरको स्मृतिमा आयोजित गरिएको किक बक्सिङ्ग प्रतियोगितामा प्रविन रसाइली संगको लडाई पछी दायाँ खुट्टा भाचिएको स्वराज अझै हस्पिटलको बेडमा थलिएका छन् /प्रत्यक बर्ष स्वर्गीय दिवाकरको स्मृतिमा आयोजना गरिने उत्त किक बक्सिङ्ग प्रतियोगिता यो बर्ष पनि बिभिन्न जिल्लाका...

“आज शिक्षा तथा शाक्षारता दिवस र ३८ औ बार्षिक उत्सबको अवसरमा समित होटेलमा रक्तदान”

आज शिक्षा  तथा शाक्षारता दिवस र समित होटेलको ३८ औ बार्षिक उत्सबको अवसर तथा दशैं र तिहारको बेला हस्पितलहरूमा रगतको आभाव  हुने हुदा त्यसलाई  मध्य नजर राख्दै समित होटल प्रा.लि. को प्रायोजनमा अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघ समित होटल प्रा.लि. र स्टाफहरूको...

धेरै बच्चाकी आमा हुन्, सयौं आमाकी जीवनदाता

बाग्लुङ जनस्वास्थ्य कार्यालयमा कार्यरत नर्स हरिकाशी पालिखे (५८) जीवनमा आमा बन्ने चरणमा कहिल्यै प्रवेश नै गरिनन् । तर, उनले नर्सिङ पेशामा गरेका काम हेर्ने हो भने उनी धेरै बच्चाकी आमा हुन्, सयौं आमाकी जीवनदाता हुन् । नर्स भएयता हरिकाशीले ‘सुरक्षित मातृत्व’ फाँटमा काम गर्दै आएकी छिन् ।...

स्वास्थ्यकर्मीलार्इ स्वास्थ्य संस्था नछाड्न निर्देशन

रुकुम – जिल्ला स्वास्थ्य कार्यालय रुकुमले स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछाड्न निर्देशन दिएको छ । वर्षाद्को समयमा भाइरल रुघाखोकी सहित ज्वरो बढ्न सक्ने भन्दै कार्यालयले स्वास्थ्यकर्मीहरूलाई यस्तो निर्देशन दिएको हो। प्रकोप फैलिएर विरामीहरु बढ्न थाले भने विरामीको उपचारमा समस्या आउने भएकाले यस्तो निर्देशन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका...