कला/मनोरञ्जन

चलचित्र कलाकार संघका पदाधिकारीहरुलाई स्वागत


काठमाडौं । नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित पदाधिकारीहरुलाई टेलिभिजन कलाकर्मी मञ्च टाफोनले स्वागत गरेको छ । आईतबार राजधानी एक कार्यक्रमको आयोजना गरि फुल माला र खादा ओडाएर नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत सँगै कार्यकाल सफल्ताको शुभकामना पनि ब्यक्त गरियो ।

टाफोनकी अध्यक्ष दिपाश्री निरौलाको सभापतित्वमा भएको कार्यक्रममा सानो पर्दा र ठुलो पर्दाका कलाकारसबैले मिलेर काम गर्नु पर्ने बक्ताहरुले धारणा राखे ।

कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले सानो पर्दाका कलाकारहरुलाई आफुले झन बढी सम्मानका साथ हेर्ने गरेको बताए । ठुला पर्दाका कलाकारहरुले सानो पर्दाका कलाकारहरुलाई कलाकार नै नमान्ने प्रथाको अन्त्य गर्दै सबैलाई मिलाएर लैजान आफुले भुमिका खेल्ने उनको भनाई रहेको थियो । ‘म पनि सानो पर्दा बाटै आएको कलाकार भएकाले पनि सानो पर्दालाई म निकै सम्मानका साथ हेर्छु’, बोगटीले भने,’ आखिर सानो पर्दा भएपनि ठुलो पर्दा भएपनि गर्नुपर्ने काम उही नै हो, मेहनत उस्तै हो, त्यसैले हामी सबै एकै हौं भनेर अघि बढ्नु पर्छ ।’

कार्यक्रममा टाफोन अध्यक्ष दिपाश्रीले कलाकार संघ सदैव टाफोनका लागि सहयोगी हुनेमा विश्वस्त रहेको धारणा राखिन् ।

 –deepa

मङ्ल, पुस १४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मिस र मिस्टर बिश्वकर्मा सोनिया र सिमान्त 

बिश्वकर्माहरुको प्रतिभा उजागर  गर्ने अभिप्रायले परिवर्तन इभेन्ट हाउसले राजधानीमा केहि समय अगाडी  मिस एण्ड मिस्टर बिस्वकर्मा  आयोजना  गरेको  थियो सिन्धुपाल्चोक  कि कक्षा ११ मा अध्ययन गर्दै गरेकी  सोनिया बिश्वकर्मा र रामेछापको सिमान्त सिंह बराइली मिस एण्ड मिस्टर बिस्वकर्मा  उपाधि आफ्नो हात पार्न सफल भएका छन्...

अनमोल केसीको ‘कृ’ शनिबार देशभरी हाउसफुल .. एक्सन बबाल

चितवन, २७ माघ : रिजिल भएको पहिलो दिन शुक्रबार सुखद शुरुआत नभएको अनमोल केसी अभिनित चलचित्र ‘कृ’ शनिवार नेपालका अधिकांश हल हाउसफुल भए । चितवन, काठमाडौ, पोखरा, हेटौंडाका हल तथा मल्टिप्लेक्स भरिएको निर्माण समुहले जनाएको छ । शुक्रबार प्रदर्शनमा आएको उक्त चलचित्र प्रदर्शनीको पहिलो दिन हल...

हास्य अभिनेताको रूपमा परिचित छन जयकिशन बस्नेत

नेपाली फिल्ममा हास्य व्यंग्य शैली स्थापित गर्न उनको महत्त्वपूर्ण भुमिका छ । हाल उनी शेरेले हसाउछ सिरियलमा अभिनय गरिरहेका छ्न । फिल्मी शैलीकै सिरियलले सफलता पुर्बक पच्चीस भाग पार गरेको छ ।डिस होमको रमाइलो टेलिभिजनमा आउने उक्त कार्यक्रमबाट बस्नेत समेत उत्साहित छ्न । तराईदेखि हिमालसम्म...

सदिप समर्पणको गित बिधार्थीहरुको जिब्रोमा

उदयमान गायकको रुपमा सदिप समर्पण राई एक परिपक्व नाम हो । ओखलढुंगा जिल्लाको मोली-९ फस्कुमा वि.सं २०४५ सालमा जन्मिनुभएका सदिप समर्पण राईको सानी देखिको लक्ष्य गायन नै थियो । औपचारिक शिक्षा एस.एल.सी पास गरेपश्चात गायन क्षेत्रमै स्थापित हुने मनशायले २०६२ सालमा काठमाडौँ  आउनुभएका उहा कामको सिलसिलामा २०६५ मा...

कलाक्षेत्रमा सक्रिय रुपा लामा

मकवानपुर जिल्लाको मनहरी ४ मा बि.स.२०५० बैशाखमा जन्मिएकी रुपा लामा मोडलिंग क्षेत्रमा सक्रिय छिन्/कक्षा ११ मा पढ्दा पढ्दै जापानिज भाषा सिक्न काठमाडौं आएकी रुपाले यो क्षेत्रमा करियर बनाउने सोचेकी पनि थिइनन्/ दाज्यु बिरु लामा र पेमा लामाले तामांग फिल्मका निर्देशक निमा लामा संग चिनजान गराए...

बिश्व सामु चिनाउनका लागि संसारकै लामो गीत बजारमा ल्याउने तयारी

काठमाडौं, माघ २१ । गायक, संगितकार एवं एरेञ्जर लक्षु प्रकाश मल्लले नेपाललाई बिश्व सामु चिनाउनका लागि संसारकै लामो गीत बजारमा ल्याउने तयारीमा छन् । जसको नाम I love You Part -2, The Earth राखिएको छ । उनको गीतलाई भने धिताल फिल्मले बजार व्यवस्थापन गर्ने भएको...