समाचार

२१ स्थानमा राजदूत नियुक्तिको तयारी


पुस १४, २०७२- केपी शर्मा ओली नेतृत्व गठबन्धन सरकारले सबै राजनीतिक दललाई भाग पुग्नेगरी राजदूत नियुक्तिको तयारी अगाडि बढाउने भएको छ । कूटनीतिक सक्रियताको साथै अन्तराष्ट्रिय लविङ समेत आवश्यक परेको अवस्थामा दर्जन मित्र मुलुक राजदूत विहीन भएको भन्दै सरकारले नियुक्ति अघि बढाउन लागेको हो । आगामी तीन महिना भित्र अन्य १० मुलुक खाली हुने हुनाले तत्काल नियुक्ति थलिने भएको हो । यसअघिको सरकारले राजनीतिक भागवण्डा नमिल्दा राजदूत नियुक्त गर्न सकेको थिएन् । पहिले झै लम्विदै गए अहिले पनि सहज नियुक्ति हुने देखिदैन ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई छोडेर एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा र अन्य साना दलका केही सदस्य समेत रहने गरि सरकारले राजदूत नियुक्त गर्ने तयारी अघि बढाएको हो । प्रधानमन्त्री कार्यालयले अहिले खाली रहेको देखि छ महिना भित्र खाली हुने दुतवास समेतको सूचि परराष्ट्रसँग यसअघि नै मागेको हो । सूचि लगत्तै हरेक मुलुकको राजदुतको परिश्रमित र भत्ता समेतको बर्गिकरण माग गरेकोले नियुक्तिको तयारी अघि बढेको हुनसक्ने परराष्ट्र अधिकारीहरुले बताए ।

मन्त्रालय फुटाउने, जनतलाई राहत दिन नसक्ने जस्ता विषयले आलोचित बनेको सरकारले राजदुतको आधार तय गरेर अब्बल कूटनीतिज्ञलाई मात्र पठाएर छवि सुधारको थालनी गर्ने स्रोतको दावी छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सक्षम ब्यक्तिलाई मात्र राजदूत नियुक्त गर्ने बताइसकेको कारण अहिले कूटनीतिक नबुझेका र सम्वन्धित मुलुकको भाषा र अंग्रेजीमा दख्खल नराखेका ब्यक्ति राजदूत हुन कठिन छ, प्रधानमन्त्री कार्यालयका बरिष्ठ अधिकारीले बताए ।

जापान, चीन, जर्मनी, खाडी मुलुकले आफ्नो मुलुकको भाषा जानेका राजदूतलाई बढि प्राथमिकता दिदै आएकोले पनि सरकारको ध्यान अंग्रेजी बाहेक सम्वन्धीत मुलुकको भाषामा पनि ध्यान गएको हो । कार्यकारी र राष्ट्रप्रमुखले समेत आफ्नो मुलुकको भाषा जानेका कूटनीतिज्ञलाई छुट्टै भेट्नेहुनले सम्वन्धलाई उचाईमा राख्न समेत यसबाट मद्दत पुग्ने ति अधिकारीको दावी छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कान्तिुरलाई भने, ‘नियुक्तिको तयारी अघि बढाइने छ । सरकारको प्राथमिकतामा परेको हुनाले छलफल भइरहेको छ । अब्बल ब्यक्तिहरु नै राजदूत नियुक्त हुनेछन । अहिलेको जस्तो अवस्था रहनेछैन ।’
अहिले बेलायत, जर्मनी, ब्राजिल, इजिप्ट, साउदी अरेविया, कतार, श्रीलंका, ओमान, बहराइन, जापान र बंगलादेश गरि ११ स्थान राजदूत विहिन छ । आगामी तीन महिना भित्र चीन, युनाईटेड अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, म्यानमार, इजरायल, अस्ट्रेलिया, पाकिस्तान, डेनमार्क,  रसिया र बेल्जियम (इयु–राजदूत) १० स्थानमा खालि हुदैछ । ति सबै स्थानमा सरकारले एकै पटक राजदुत नियुक्ति गर्न सक्छ । सरकारले यो संगै कूटनीतिक थिंक ट्यांक परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा पनि कार्यकारी प्रमुख नियुक्त गर्नपर्नेछ । कूटनीतिमा २२ स्थान नियुक्ति तत्काल अघि बढ्ने रिमालले बताए ।

परराष्ट्र सचिव शंकरदास बैरागीले राजदूत लामो समय खाली गर्न नहुने भन्दै पटक पटक जानकारी गराई सकेको बताए । अहिले सरकार अन्य काममा ब्यस्त भएर हो अव छिट्टै नियुक्तिको प्रक्रिया अघि बढाउने विश्वास मन्त्रालयको रहेको उनले बताए । उनले उपप्रधान तथा परराष्ट्रमन्त्री थापालाई पनि राजदूत नियुक्तिमा ढिलाई गर्न नहुने जानकारी गराउदै जतिसक्दो छिटो नियुक्ति प्रक्रिया अघि बढाउन आग्रह गरेको जानकारी दिएका थिए । थापा छ दिने चीन भ्रमणबाट मंगलबार स्वदेश फर्कनेछन् । उनी फर्के लगत्तै चीनको भ्रमणको समिक्षासंगै राजदूत नियुक्तिको छलफल गर्ने छन । चीनका राजदूत डा. महेशकुमार मास्केले आफ्नो कार्यकाल सकिन लागेको जानकारी चीनमा दिदै दूतवाास खाली नराख्न मन्त्री थापालाई सुझाएका थिए ।

राजदूतको नियुक्ति तत्काल प्रक्रिया अघि बढाउदा पनि संसदीय सुनुवाई, एग्रिमा (सहमति) लगायतको प्रक्रियाले कम्तिमा चार महिना लाग्ने हुनाले पनि ढिलाई गर्न नहुने अधिकारीहरुले बताएका छन् । सरकारले राजदूत हुन चाहने ब्यक्तिसँग त्यो मुलुकमा गर्ने कामको योजना माग्ने छलफलहरु अघि बढेको छ । परराष्ट्र मन्त्रालयका सहसचिवहरुलाई पनि स्पष्ट रुपमा मुलुकको विज्ञता हेरेर पठाउने तयारी सरकारको छ । यसपटक मन्त्रालयबाट छ जना भन्दा बढि राजदुत हुने सम्भावना रहेको छ । यसबाहेका पूर्वराजदुत, पूर्व मुख्यसचिव, सेना/प्रहरीका पूर्व बरिष्ट ब्यक्ति, प्राध्यापक तथा राजनीतिमा सक्रियताको साथै कूटनीति बुझेका ब्यक्तिलाई राजदूत बनाउने विषयमा छलफल हुदै आएको छ । विदेशमा बस्ने र डलरमा भत्ता आउने हुनाले पनि धेरैको रोजाईमा रहेको उक्त पद कूटनीतिक क्षमताको साथै ब्यवस्थापन बुझेको ब्यक्ति हुन पर्नेमा सरकारलाई लागेको छ ।

मङ्ल, पुस १४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भ्यालेनटाइन डे को अवसरमा स्पर्श सार्वजानीक

प्रकाश पुष्पक राई २९ माघ, २०७४ काठमाण्डौ । जेनिथ शर्माको लेखन तथा निर्देशनमा एबि पिक्चर्स फार्मको पोष्ट प्रोडक्सनमा स्पर्श नामक टेली चलचित्र (सर्ट मुभी) सार्वजानीक गरिएको छ । हाम्रो देश नेपालमा नव पुस्तालाई समेत यो भ्यालेनटाइन डे को असर परेको छ । एक दशक अगाडी रोमको भ्यालेन...

प्रदेश तीनका ११० प्रतिनिधि हेटौंडामा, शिक्षा निर्देशनालयमा सपथ

७ माघ, हेटौंडा । काठमाडौंसहित प्रदेश नम्बर ३ का १३ जिल्लाका प्रदेशसभा सदस्यहरु हेटौंडामा भेला भएका छन् । प्रदेश ३ को अस्थायी मुकाम हेटौंडामा कायम भएपछि प्रदेशसभा सदस्यहरु यहाँ भेला भएका हुन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा सपथ...

किन पछाडि प्वाल परेको पाइन्ट लगाउँछन् चिनियाँ बच्चा ?

यदि तपाईले बालबालिकाले सार्वजनिक स्थानमा खुलेआम उठेर दिसा गरिरहेको देख्नु भयो भने के सोच्नु हुन्छ ? तर, चीनमा भने यो सामान्य कुरा हो । बालबालिकालाई हिडडुल गर्न कुनै अफ्ठ्यारो नहोस् भनेर अधिकांश मानिस एक किसिमको परम्परागत लुगा लगाइदिन्छन्, जसलाई चिनियाँ भाषामा ‘कई डांग कू’ भनिन्छ ।   यो...

बनेपामा टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु

आज  बिहान करिब ८.३० मा कंचनपुर कि बिमला नाम गरेकी स्कुटिमा आएकी एक युबतीको बनेपाको जनागाल,सेटाेपाटि नजिक टिपरको ठक्कर बाट मृत्यु भएको छ।रातो रंगको स्कुटी ३७३२ नम्बरको रहेको छ / मृतकले निलो ज्याकेट र निलो नै पाइन्ट लगाएको छ / सो क्षेत्रमा अत्यधिक बेगले गर्दा...

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर मनाइँदै

पुस, काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइन्छ ।   ‘क्रिसमस डे’ भनिने आजको दिनमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ । ख्रीष्टमसका अवसरमा आज देशभरका...

भावी मुख्यमन्त्रीसहित १७ महिला प्रदेशसभामा निर्वाचित

मंसिर, काठमाडौं । प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा पनि निकै कम महिला प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । जसको क्षतिपूर्ति अब प्रदेशसभामा पनि दलहरुले समानुपातिकबाट गर्नुपर्नेछ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पाँच महिला निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट पम्फा भुसाल, कमला रोका र विना मगर तथा एमालेबाट पवित्रा निरौला खरेल...