विचार

सफा नेपाल, शालीन नेपाली – डा. कृष्णबाबु श्रेष्ठ


केही दशक अघिसम्म नेपाल भन्नासाथ मानिसको दिमागमा हरियालीले पूर्ण, सफा आकास र स्वच्छ हिमशृंखलाको चित्र दिमागमा आउने गथ्र्यो । तर बितेको शरदमा त्यस्तो दृश्य दृष्टिगोचर भएन । नगरकोट पूर्वपट्टिको हिमशृंखला घुर्मैलो देखियो र फूलचोकीबाट काठमाडौं हेर्न खोज्दा धुवाँको बाक्लो पत्रले छेकेकाले प्रस्ट देख्न सकिएन । अनुसन्धाताहरू भन्छन्, काठमाडौंको आकाशमा प्रदूषित हावाको घनत्व दिन दुई गुना, रात चौगुना दरले बढिरहेको छ । प्रदूषक ग्यासमध्ये कार्बन डाइअक्साइडको अंशमात्र ९० प्रतिशतभन्दा बढी छ । कार्बन डाइअक्साइड पृथ्बीको तापमान वृद्धिका लागि जिम्मेवार मानिएका हरितगृह ग्यास मध्येको मुख्य घटक हो ।

भूमण्डलीय तापमान वृद्धिमा काठमाडौंको यो प्रदूषणले नगन्य योगदान गर्छ । पुरै नेपाललाई लिँदासमेत यो अंश ०.२ प्रतिशतमात्र हुन्छ । युरोपका २८ लगायत विकसित १० देशबाहेक बाँकी विश्वले उत्सर्जन गर्ने ग्यासको मात्रा नै २२ प्रतिशतमात्र हुन्छ । तर घरेलु दृष्टिले प्रदूषणको यो अवस्था जोखिमपूर्ण भैसकेको छ । विश्व स्वास्थ्य संगठनले काठमाडौंको हावालाई श्वास—प्रश्वासका लागि अनुपयुक्त घोषणा गरिसकेको छ भने अमेरिकास्थित याल (थ्बभि) विश्वविद्यालयले सन् २०१४ मा प्रकाशित गरेको अनुसन्धानात्मक प्रतिवेदनमा नेपालको हावाको गुणस्तरलाई संसारका १ सय ७८ देशमध्ये दोस्रो सबैभन्दा खराब (१७७ औं) तोकिदिएको छ । यहाँका थुप्रै बासिन्दा श्वास—प्रश्वास सम्बन्धी रोगको सिकार भएका तथ्य देखापरेका छन् । लापरवाह कायम रहे आउने केही वर्षमा हरेक गाउँ—बस्ती र सहर लगायत पुरै देशको नियति अहिलेको काठमाडौंको जस्तै हुनेमा शंका छैन । त्यसैले नागरिकको स्वास्थ्य हित एवं जलवायु जोखिम न्युनीकरणका लागि प्रदूषणविरुद्ध अभियान थाल्नु जरुरी भैसकेको छ ।

काठमाडौंले भोग्न थालेको यो संकटको स्रोत अनियन्त्रित रूपले बढ्दै गएका सवारी साधन र त्यसमा प्रयोग गरिने पेट्रोलियम इन्धन हुन् । यद्यपि नेपालको सम्पूर्ण ऊर्जा मागको १३ प्रतिशतमात्र पेट्रोलियम इन्धनले पुरा गर्छ र त्यस मध्येको पनि ७ प्रतिशतमात्र यातायात साधनमा प्रयोग गरिन्छ । हाम्रो चुनौती खनिज इन्धनमाथि निर्भरतालाई क्रमश: घटाउँदै शून्य प्रतिशतमा झार्ने हो । जलवायु परिवर्तनका कारण आउन सक्ने संकटबाट जोगिन हामी लगायत अन्य देश समेतका लागि यतिबेला यो मुद्दा साझा सरोकारको विषय बनेको छ । १ सय ९५ देशका ५० हजार सम्मिलित भीमकाय पेरिस सम्मेलनसमेत हरितगृह ग्यास उत्सर्जन कटौतीमा सबै देशको भूमिका महत्त्वपूर्ण हुने सहमति गरेर भर्खरै सकिएको छ ।

यो लेखमा नवीकरणीय, दिगो र मितव्ययी ऊर्जा नीतिमा आधारित वातावरणमैत्री सफा नेपालको अवधारणा प्रस्तुत गर्ने जमर्को गरिएको छ । प्रस्तुत अवधारणाको सिधा अर्थ हाम्रो गाउँ, बस्ती र सहरलाई पूर्णतया सफा ऊर्जा (वा नवीकरणीय) मा आधारित बनाउने हो । कृषिजन्य, जलविद्युत, सौर्यसमेत गर्दा नवीकरणीय ऊर्जा उत्पादन जम्मा १३ प्रतिशतमात्र भएको निराशाजनक अवस्थामा यस्तो प्रक्षेपण गर्नु मुर्खता नहोला ? ग्रामीण इलाकामा इन्धनको स्रोतको रूपमा काठ—दाउरामाथि अति निर्भरता (७१ प्रतिशत), त्यसले स्वास्थ्यमा पारेको नकारात्मक असर र वनजंगल विनाश अझै पनि चुनौतीपूर्ण छन् ।

तर नयाँ बन्ने सबै घरले सौर्य ऊर्जा संयन्त्र जोड्नुपर्ने गरी सरकारले महत्त्वाकांक्षी नीति भर्खरै ल्याएको छ । ग्रामीण दस लाख किसानका घरमा साना र सहरी इलाकामा ठूला बायोग्यास संयन्त्र जोड्न सकिने सम्भावनालाई युद्धस्तरमा कार्यरूपमा ल्याउनसके ‘सफा नेपाल’को सपना असम्भव देखिँदैन । नेपालको जलविद्युत क्षमता, उपयोगको स्थिति र उत्पादन सहजताको सम्भावनाबारे पर्याप्त बहस भैरहेकाले उत्पादन प्रक्रियाले चाँंडै आशातित गति लिने विश्वास गरौं । यसका अलावा हामीले अपनाउँंदै आएको दैनिकी परिवर्तन गर्ने र ऊर्जा संसाधनको गुणस्तर र प्रभावकारिता बढाउने, सार्वजनिक यातायात, भवन र बस्ती विकास एवं फोहोरमैला व्यवस्थापनमा भैरहेको नीतिमा समेत आमूल परिवर्तन गरी आजैदेखि अघि बढ्ने हो भने आगामी १० वा १५ वर्षभित्र हाम्रो देशलाई सफा नेपालका रूपमा विश्वमा चिनाउन सकिन्छ ।

पेट्रोलियम इन्धनको अप्रत्यासित संकटले हाम्रो दैनिक जीवन थोरै आहत भएको पक्कै हो, तर त्यसको सकारात्मक पाटोसमेत देखापर्न थालेको छ । उदाहरणका रूपमा केही दिनयता मानिसहरू इन्डक्सन चुलोको खोजीमा दौडिन थालेका छन्, बजारमा साइकल र विद्युतीय स्कुटरको बिक्री बढिरहेको छ । यो सुखद पाटो हो । यसलाई सरकारले पुंँजीकृत गर्नुपर्छ । सरकारले केही प्रेरक कार्यक्रम प्रारम्भ गरिहाल्नुपर्छ, जसले ऊर्जा बचतमा महत्त्वपूर्ण फड्को मारोस् ।

साइकलमैत्री जीवन 
काठमाडौंको आकाशमा प्रतिवर्ष ७२ लाख ३१ हजार ५३ टन धुवाँ फालिन्छ, जसमध्ये २२ प्रतिशत दुईपाग्रे मोटरसाइकलबाट उत्सर्जन हुन्छ र मोटरसाइकलको संख्या १२ लाख ४ हजार १ सय ५० छ, जुन कुल सवारी साधन (१५ लाख ४५ हजार ९ सय ९८) को ७७.९ प्रतिशत हो । वातावरणविद कृष्णप्रसाद घिमिरेको अध्ययन प्रतिवेदनअनुसार मोटरसाइकलको प्रतिलिटर धुवाँ उत्सर्जन पनि बस—मिनिबसको भन्दा बढी पाइएको छ । यातायात व्यवस्था विभागका अनुसार सन् २००० सम्म १ लाख ५० हजार १८५ वटा रहेको मोटरसाइकल सन् २०१२र १३ मा झन्डै ७०० प्रतिशतले वृद्धि भएको छ । अव्यवस्थित सार्वजनिक यातायातको पृष्ठभूमिमा हल्का, कामकाजी सवारी साधन लोकप्रिय हुनु स्वाभाविक हो । तर यो साधन जीवन वा वातावरणमैत्री दुवै हैन ।

प्रदूषणको मुख्य कारक मानिएको मोटरसाइकलको संख्यामा भैरहेको अनियन्त्रित वृद्धिले निस्क्रिय जीवनको बढोत्तरी पनि हुनगएको छ, जसको असर स्वास्थ्यमा परेको छ । तसर्थ सरकारले व्यवस्थित साइकलमैत्री जीवनतर्फ आकर्षण बढाउनुका साथै मोटरसाइकलको क्रमिक विस्थापन सुरु गर्नुपर्छ । यसका लागि इन्धन आपूर्ति समस्या रहेको अहिलेको घडीलाई पुँजीकृत गर्दै साइकलमा आकर्षक अनुदान व्यवस्था प्रारम्भ गरिए मोटरसाइकलवालाले समेत जगेडा साधनका रूपमा साइकल प्रयोग तत्काल थाल्नेछन् । साइकलमैत्री अभियानलाई प्रभावकारी बनाउँदै साइकलप्रेमीको संख्या दिन दुई, गुना रात चौगुना बढाउनुपर्छ । देशैभरिको सहरका मुख्य र सहायक मार्गलाई साइकल लेनले सुसज्जित बनाउनु अति आवश्यक हुन्छ । बढी साइकल प्रयोगकर्ताको अर्थ हुन्छ, कम प्रदूषण, सार्वजनिक यातायातमा भीडको कटौती । यसका साथै नागरिकको स्वास्थ्यमा समेत सुधार आउँछ ।

सार्वजनिक यातायातको सुदृढीकरण
काठमाडौंका केही बाटालाई फराकिलो पार्ने र मापसेलाई कडाइका साथ लागु गर्ने पछिल्लो दशकको प्रयास सराहनीय थियो । दृढ निश्चयका साथ अघि बढ्दा सफलता पाउन गाह्रो छैन । यातायात व्यवस्थाको सुधारले नै सभ्य नेपालको पहिलो परिचय दिनेछ । तसर्थ यातायात व्यवस्थालाई आधुनिक, वातावरणमैत्री, जीवन सापेक्ष वा सुगम बनाउने कार्य थाल्ने उपयुक्त समय आएको छ । यसका लागि ठूलो धनराशि चाहिने होइन, यातायात क्षेत्रमा रहेको अव्यवस्थालाई हटाउने वा थप व्यवस्थित बनाउने मात्र हो । यसका लागि सरकार साझा यातायातजस्ता संस्थासँग हातेमालो गर्दै अघि बढ्न सक्छ ।

सुधारको प्रारम्भिक कामका रूपमा विषालु धुवाँ फाल्ने १५ वर्षभन्दा पुराना गाडीको तत्काल विस्थापन आवश्यक छ । सडकको स्तर वृद्धि गर्ने र यातायात साधनमा समेत प्रभावकारी इन्जिन (धेरै माइलेज दिने) र कम धुवाँ निकाल्नेलाई बढी प्राथमिकता दिने नियम तत्काल लागु गर्न सकिन्छ । त्यस्तै धुवाँरहित, अपाङ्गमैत्री ठूला सफा बसको संख्या बढाउँदै मिनी र माइक्रो बसलाई विस्थापन गर्नेतर्फ सोच्नुपर्छ । यसका लागि विद्युतीय बस प्रयोगमा ल्याउन सकिन्छ ।

यस्ता बसमा टिकटका लागि स्मार्ट कार्ड प्रयोग गर्न सकिन्छ । हाम्रो पुस्ता स्मार्ट फोनमा अभ्यस्त भैसक्दा यस्तो प्रणालीलाई असम्भव देख्न हुँदैन ।

वातावरणमैत्री भवन र बस्ती 
करिब एक तिहाइ हरितगृह ग्यासको स्रोत भवन र बस्तीलाई मानिन्छ । प्रदूषण घटाउने अभियानमा बस्तीबाट निस्कने फोहोरमैला ठूलो चुनौतीको विषय बनेको छ । यस्ता समस्याबाट मुक्त हुन ऊर्जा कम खपत गर्ने यन्त्र जडान गर्ने, सौर्य ऊर्जाका संयन्त्र जडान गर्ने, पानीको प्रयोगलाई बढी प्रभावकारी बनाउने आदि गर्न सकिन्छ । पुराना घरमा समेत ऊर्जा प्रभावकारिताको नीति लागु गर्न सकिन्छ । यस्तो व्यवस्थाको थालनी गर्न नियम कानुन बाधक छ भने परिमार्जन गनुपर्छ । कानुन नै छैन भने शीघ्रातिशीघ्र व्यवस्था गर्नतिर लाग्नुपर्छ । साथै हरेक घरले आफ्नो परिसरमा केही न केही बिरुवाहरू रोप्ने, बस्तीमा सार्वजनिक पार्क व्यवस्था गर्ने, राजमार्गको दुईतिर रुख अनिवार्य हुर्काउने जस्ता कार्यले वातावरणमा ब्यापक सुधार आउँछ । यसले घर, गाउँ—बस्ती थप मनमोहक बन्छन् ।

शून्य फोहोर 
अहिले विश्वमै ‘शून्य फोहोर’को अवधारणा लोकप्रिय भैरहेको छ । यस अवधारणा अनुसार भएभरका फोहोर सबै बाहिर निकालेर व्यवस्थापनलाई जटिल बनाउनुभन्दा सड्ने—गल्ने, नवीकरण हुनसक्ने फोहोरलाई घरमै छुट्याउने र कम्पोस्ट बनाउने हो । यो अभियानले हावा, पानी र माटोको प्राकृतिक गुणस्तरलाई कायम गर्न सहयोग गर्नुका साथै स्थानीय बासिन्दाको स्वास्थ्यमा अनुकूल परिवर्तन ल्याउनेछ ।

काठमाडौंमै पनि एक गैरसरकारी संस्था (प्रज्ञा सिड) को नेतृत्व र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा यस्तो कामको थालनी भैसकेको छ, जसलाई सरकारले देशैभरि प्रबद्र्धन गर्न आवश्यक छ । सड्न—गल्न लामो समय लाग्ने प्लास्टिक विरुद्ध सरकारी र केही उत्साही युवाको अभियान सराहनीय छ । यद्यपि प्लास्टिकको प्रयोग आधुनिक र सुविधाभोगी जीवन पद्धतिसँग गाँसिएकोले यो अभियानले सफलता पाउन गाह्रो छ ।

त्यसको विकल्प भनेको पुन: प्रयोगलाई सम्भव गराउने हो । तर उक्त कार्य समेतमा विकसित देशले व्यवधान भोगिसकेका छन् । प्रस्तुत अवधारणाको मुख्य सन्दर्भ जलवायु परिवर्तनको असरबाट उत्पन्न हुनसक्ने जोखिमसँग लड्ने विश्व अभियानसँग शालिन ढंगले हातेमालो गर्नु हो । अर्को स्वास्थ्य सम्बन्धी घरेलु सन्निकट समस्याबाट मुक्त हुने र निराशाको धुवाँभित्र अल्मलिएको देश र आउने पिढीलाई फरक सम्भावनातिर दिशानिर्देश गर्दै भविष्यप्रति आशावादी बनाउने हो ।

हामीले अधिकार, आन्दोलन र विकासका कुरा धेरै गर्‍र्यौं । अब सिर्जनात्मक उपायको थालनी र बाटो देखाउने प्रयत्न गरौं । नयाँ संविधान जारी भैसकेको नयाँ परिस्थितिमा जनजीवनसँग गाँसिएका प्राथमिकताका नयाँ क्षेत्र पहिल्याउँदै समयानुकूल सुधारका लागि कम्मर कसेर लाग्ने समय आएको छ

http://bit.ly/1kk8fF5

मङ्ल, पुस १४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

वाम एकताबाट लोकतन्त्रको अपहरण हुन्छ कि भन्ने कांग्रेसको जुन आशंका छ, त्यो व्यर्थ देखिन्छ

जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादपक्षधर प्रमुख कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल तथा पार्टी एकीकरणले नेपालको राजनीतिक तहमा आठ रेक्टरको भूकम्प सिर्जना गरेको छ। एमाले र माओवादी केन्द्रले उपर्युक्त दुवै सिद्धान्तको प्रतिपादन परिस्थितिको ठोस विश्लेषण गरेरै गरेका हुन्। एमालेका तत्कालीन महासचिव मदन भण्डारीले समग्र कम्युनिस्ट आन्दोलनको...

को हुन् एमाले-माओवादी एकताका सूत्रधार ?

असोज, काठमाडौं । ०६४ सालको संविधानसभा निर्वाचनबाट माओवादी ठूलो मतान्तरसहित मुलुकको पहिलो दल बनेपछि प्रचण्डले आन्तरिक भेलाहरुमा भनेका थिए, अब सके एमालेलाई निल्ने नत्र ऊसँग मिल्ने नीतिअनुरुप नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउनुपर्छ ।   ‘सके मिल्ने नसके निल्ने’ नीति कुनैबेला माओवादीले लियो भने त्यही नीति एमालेले ०७०...

२५ वर्षको तथ्यांकः मधेसमा कम्युनिष्ट बढ्दै, कांग्रेस घट्दै

दुई नम्बर प्रदेशको भूभागअन्तरगत रहेको नेपालको मधेस नेपाली कांग्रेसको आधार क्षेत्र हो कि कम्युनिष्टहरुको ? वा यो प्रदेश क्षेत्रीय-जातीय पार्टीहरुको आधार क्षेत्र हो ? आउनुहोस् यस विषयमा ०४८ साल यताको करिब २६ वर्षको इतिहास खोतलौं- हुन त मधेसमा कांग्रेस र कम्युनिष्टहरुको जनाधारको चर्चा गर्दा ०४८ सालभन्दा...

प्रचण्डले सपना देखेको हुनसक्छ, पार्टी एकता सम्भव छैनः बाबुराम

 साउन, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी एकताबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुनै सम्वाद नभएको बताएका छन् । माओवादीसँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको समेत उनले बताए । पार्टीको संघीय परिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग...

गोर्खाल्याण्ड: नकोरिएको इतिहास

प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्-  ‘इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट  अर्थात् , यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो...

नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरे

जेठ, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरेका छन् । निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी स्थानीय तह चुनावमा पराजित भएको जिम्मा कसले लिने, संगठन कसले र कसरी चलाउने भन्ने...