कला/मनोरञ्जन

२०१५ मा बलिउड : राम्रा र हिट


पुस ११, २०७२- सन् २०१५ बलिउडका लागि राम्रो मानिएको छ । यो वर्ष बक्स अफिसमा धेरै फिल्मले सफलता पाए भने केही सानो बजेटका फिल्मले पनि दर्शक र समीक्षकको मन जिते ।

१० राम्रा फिल्म
फिल्म राम्रा र हिट हुनु फरक कुरा हो । आफ्नो समय वा आफूले लिएको समयको कथालाई इमान्दार भएर नभन्ने फिल्मलाई राम्रा मानिदैन । यसका साथै कलात्मकताका दृष्टिले पनि नयाँ प्रयोग गरेको वा दृश्यमा नयाँ भाषाको खोजी गर्ने प्रयास गरिएका फिल्मलाई राम्रा मानिन्छ ।

हुनत, बलिउडले यस्ता फिल्म कमै बनाउँने गर्छ । सिनेमाको भाषालाई नै सम्वृद्ध बनाउने फिल्म बलिउडबाट अपेक्षा पनि गरिदैन । तैपनि, यो वर्ष केही फिल्म आए, जसले चलीआएको बलिउडी ट्रेन्डलाई मानेनन् । बजार र पैसाको पर्वाह नगरी कला र कथालाई ध्यान दिए । यो वर्षका दस राम्रा फिल्म यी मानिए :

१. माझी
२. तलवार
३. मसान
४. दृश्यम
५. बदलापुर
६. दम लगाने हैसा
७. पिकु
८. तनु वेड्स मनु रिर्टन्स
९. तित्ली
१०. बाजिराव मस्तानी

१० हिट फिल्म
यी चाहिँ बक्स अफिसमा ठूलो कारोबार गर्न सफल फिल्म हुन् । यो लिस्टमा गत वर्ष दक्षिण भारतीय फिल्म ‘बाहुबली’ सबैभन्दा अगाडि रह्यो । तीन भाषामा रिलिज गरिएको यो फिल्मले कमाई मात्रै धेरै गरेन, चर्चामा पनि सबैभन्दा अगाडि रह्यो ।

यसपछि पालो आए, सलमान खानका दुई फिल्मको– प्रेम रतन धन पायो र बजरंगी भाइजान । सलमानका यी दुवै फिल्मले बक्स अफिसमा गतिलो व्यापार गरे । हेट स्टोरी ३, बदलापुर, पिकु, तनुवेड्स मनु रिटन्र्सजस्ता फिल्म भने सानो लगानी भएकाले धेरै कमाउने फिल्म बने । वर्षको अन्त्यमा आएको शाहरुख खानको फिल्म ‘दिलवाले’ ले पनि सय करोड कमाइ गर्‍यो ।

१. बाहुबली
२. प्रेम रतन धन पायो
३. बजरंगी भाइजान
४. हेट स्टोरी ३
५. बदलापुर
६. पिकु
७. एबीसीडी २
८. प्यारका पंचनामा २
९. दिलवाले
१०. तनु वेड्स मनु रिर्टन्स

वर्षका १० कलाकार
यो वर्ष केही कलाकारहरु सफल रहे भने केही चर्चित भए । सलमान खान यो वर्ष पनि बक्सअफिसमा सबभन्दा सफल हिरो बने । आमिर खान र ऋत्विक रोशनका फिल्म आएनन् भने शाहरुख खानको फिल्म ‘दिलवाले’ले बक्स अफिसमा पनि ठूलो कीर्तिमान बनाएन भने समीक्षकहरुलाई पनि रिझाएन ।

बरु, बदलापुर, माझी र बजरंगी भाइजानजस्ता तीन फिल्मबाट नवाजुद्दिन सिद्दकीले यो वर्ष दर्शकलाई मोहित बनाए । दक्षिण भारतीय अभिनेता प्रभास एकाएक बहाबली बनेर चर्चित बने । बाजिराव मस्तानीबाट रनवीर सिंह र दृश्यमजस्ता फरक फिल्म खेलेर अजय देवगनले राम्रो प्रशंसा पाए ।
पिकु र बाजिराव मस्तानी दुई विल्कुल फरक भूमिकामा देखिएकी दिपिका पादुकोणले रणवीर कपुरसँग तामासामा अभिनय गरेर पनि चर्चा पाइन् । पिकु र तलवारबाट इरफान खान, मसानबाट संजय मिश्रा र तनु वेड्स मनु रिटन्सबाट कंगना रनावतले पनि चर्चा पाए ।

अभिनेतामा नवाजुद्दिनजस्तै अभिनेत्रीमा यो वर्ष राधिका आप्टे सबभन्दा चर्चित बनिन् । नवाजुद्दिनसँगै अभिनय गरेका दुई फिल्म माझी र बदलापुरका अलावा सुजोय घोषको छोटो फिल्म अहिल्याले पनि उनलाई चर्चा दिलायो ।

१. सलमान खान
२. नवाजुद्दिन सिद्दकी
३. प्रभास
४. दिपिका पादुकोण
५. रनवीर सिंह

६. अजय देवगन

७. संजय मिश्रा

८. राधिका आप्टे
९. कंगना रनावत
१०. इरफान खान

मङ्ल, पुस १४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

यसपालीको तीजगीतमा दुईवटीको पोइ गीतले बजार तताउने पक्का

गाल्कोट मुजिक प्रा.लि.ले हालै रेकड़िंग सिध्याएको दुईवटीको पोइ गीत म्युजिक भिडियोको धम्माधम कार्य भैरहेको जानकारी सो कम्पनीले खोज टिभिलाई दिएको छ / निकै मेहनत गरिरहेको तिजको उक्त  गीतको रेकड़िंग मार्मिक स्टुडियोमा गरेको थियो /सो गीतको शब्द तथा संगीत रामु बिरहीको त्यसै गरि  स्वर रामु...

यम लिम्बूलाई स्वरूप राज अाचार्यद्वारा गाइएकाे गीत तिम्राे साथमा अभिनय हेर्न पाइने

माेडेल यम लिम्बूलाई स्वरूप राज अाचार्यद्वारा गाइएकाे गीत तिम्राे साथमा देख्न पाइन्छ । उक्त गीतमा मनु थापा, विवेक र यम लिम्बूकाे बेजाेड अभिनय रहेकाे छ । अायुश क्षेत्रीले निर्देशन गरेकाे उक्त म्युजिक भिडियो म्युजिक नेपालले बजारमा ल्याएकाे हाे/ ...

खाेज टेलिभिजनमा कार्यक्रम निर्देशककाे भुमिकामा घनश्याम तिमिल्सिना “एन्टिना”

२0३८सालमा बुबा खिकाप्रसाद तिमिल्सिना र माता बालकुमारी पराजुली तिमिल्सिनाका जेष्ठ पुत्ररत्नकाे रूपमा जन्मेका घनश्याम तिमिल्सिना बालक अवस्था देखिनै जिज्ञासु र चलाख स्वभावका धनी थिए ।अध्ययनमा पनि अति नै जेहन्दार उनले विधालयस्तरका सबै परिक्षामा उतिर्ण गरेका थिए ।जब उनी उच्च शिक्षाकाे सिलसिलामा राजधानी प्रवेश गरे तब...

गीत मेरो सपना हो — रेहना शाही ठकुरी

काठमाडौं / नेपाली संगीत क्षेत्रमा नयाँ रहर ;जोस र जागर बोकेर प्रवेश गर्दैछिन रेहना शाही ठकुरी ।सानै उमेरदेखी गीत सङ्गीत रुचि राख्ने रेहना विद्यालय स्तरका गीत प्रतियोगितामा सधै प्रथम हुने गर्थिन । शिक्षक र साथिभाइ माझ यो उनको गायन लोकप्रिय पनि थियोे| अहिले उनको आधुनिक गीतमा...

बैरागी काईलाको लोक भाका एकादशी डाँडैमा बसि बजारमा ।

दिन प्रति दिन गीत बजारमा भित्रिए पनी लोक लय र संस्कृति झल्काउने गीतहरु बिस्तारै दुर्लभ हुदै गईरहेको बेला बैरागी काईलाको मौलिक लोक भाका बजारमा सार्बजनिक भएको हो । श्रीपाली म्युजिक प्रा.ली बाट बजारमा भित्रिएको उक्त गीत मा बैरागी काईलाको लय,थेगो, सुमधुर स्वरको धनी कृष्ण परियार र...

मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिए

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पत्नीको दाहसंस्कारमा मदनकृष्ण भावविव्हल बने । अविरल रोइरहेका मदनकृष्णलाई उनका निकट सहकर्मी हरिवंश आचार्यले सम्हाले प्रयास गरेका थिए । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए । पशुपतिमा कलाकर्मी तथा सर्वसाधारणको घुईंचो...