समाचार

चीनको कोसेली : आर्थिक सम्वन्धको दीर्घकालीन फ्रेमवर्क


उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल चीनबीच आर्थिक सम्वन्धको दीर्घकालीन फ्रेमवर्क तयार भएको बताएका छन् ।

मन्त्री थापाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा यो फ्रेमवर्क कार्यान्वयनमा हुनेछ । चीनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०१६ मा चीन भ्रमण गर्न निम्तो दिएको छ ।

चीनको पाँच दिने भ्रमण पूरा गरेर मंगलबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री थापाले विमानस्थलमा पत्रकारसँग भने-नेपाल र चीनबीच खुला र स्वतन्त्र व्यापार अभिवृद्धि, पारवहन सन्धी, र लगानी अभिवृद्धिबारे छलफल गरेर अघि बढ्ने समझदारी भएको छ ।’

चिनियाँ अधिकारीहरुसँग कनेक्टिभिटी र पूर्वाधार विकासबारे छलफल भएको जानकारी दिँदै उनले चीनको सीमासम्म रेल आउने भएकाले नेपालतर्फ विकासको काम अघि बढाउने उनले बताए ।

अरनिको राजमार्ग चाँडै सञ्चालनमा ल्याउने र रसुवागढी-स्याप्रुवेसी सडक १२ महिनै चल्ने बनाउने सहमति भएको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले अघि भने- ‘यो भ्रमणले आधारभूमि बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भविश्यमा छिट्टै हुने चीन भ्रमणले यो फ्रेमवर्क कार्यान्वयन गर्नेछ ।’

यो भ्रमणले चीनसँग दीर्घकालीन रुपमा इन्धन व्यापार गर्ने बाटो प्रशस्त गरेको मन्त्री थापाले बताए । उनले भने, राजनीतिक तहबाट आवश्यक निर्देशन भएको छ । कर छुट, यातायात र मूल्बारे सम्वन्धित निकायमा छलफल गरेर अघि बढ्ने सहमति भएको छ ।’

थापाका अनुसार यसबारे छलफल गर्न नेपाल आयल नियमको टोली अहिले पनि बेइजिङमा नै छ ।

नेपाल र चीनबीच इन्धन आपूर्तिबारे समझदारी भएपनि औपचारिक सम्झौता हुन सकेको छैन । यो भ्रमणका क्रममा किन सम्झौता भएन भन्ने प्रश्नमा परराष्ट्रमन्त्री थापाले भने, हामी सम्झौता गर्न गएकै होइन ।’

उर्जा विकासमा शिचुवानको चासो

थापा नेतृत्वको नेपाली टोलीले शिचुवान र चीन स्वशासित तिब्बतका अधिकारीहरुसँग भेटेर सम्वन्ध विस्तारबारे छलफल गरेको छ । सिचुवान प्रान्तका अधिकारीहरुले उर्जा विकासमा इच्छा देखाएको परराष्ट्रमन्त्री थापाले जानकारी दिए ।

kamal thapa (2)

मङ्ल, पुस १४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भ्यालेनटाइन डे को अवसरमा स्पर्श सार्वजानीक

प्रकाश पुष्पक राई २९ माघ, २०७४ काठमाण्डौ । जेनिथ शर्माको लेखन तथा निर्देशनमा एबि पिक्चर्स फार्मको पोष्ट प्रोडक्सनमा स्पर्श नामक टेली चलचित्र (सर्ट मुभी) सार्वजानीक गरिएको छ । हाम्रो देश नेपालमा नव पुस्तालाई समेत यो भ्यालेनटाइन डे को असर परेको छ । एक दशक अगाडी रोमको भ्यालेन...

प्रदेश तीनका ११० प्रतिनिधि हेटौंडामा, शिक्षा निर्देशनालयमा सपथ

७ माघ, हेटौंडा । काठमाडौंसहित प्रदेश नम्बर ३ का १३ जिल्लाका प्रदेशसभा सदस्यहरु हेटौंडामा भेला भएका छन् । प्रदेश ३ को अस्थायी मुकाम हेटौंडामा कायम भएपछि प्रदेशसभा सदस्यहरु यहाँ भेला भएका हुन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा सपथ...

किन पछाडि प्वाल परेको पाइन्ट लगाउँछन् चिनियाँ बच्चा ?

यदि तपाईले बालबालिकाले सार्वजनिक स्थानमा खुलेआम उठेर दिसा गरिरहेको देख्नु भयो भने के सोच्नु हुन्छ ? तर, चीनमा भने यो सामान्य कुरा हो । बालबालिकालाई हिडडुल गर्न कुनै अफ्ठ्यारो नहोस् भनेर अधिकांश मानिस एक किसिमको परम्परागत लुगा लगाइदिन्छन्, जसलाई चिनियाँ भाषामा ‘कई डांग कू’ भनिन्छ ।   यो...

बनेपामा टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु

आज  बिहान करिब ८.३० मा कंचनपुर कि बिमला नाम गरेकी स्कुटिमा आएकी एक युबतीको बनेपाको जनागाल,सेटाेपाटि नजिक टिपरको ठक्कर बाट मृत्यु भएको छ।रातो रंगको स्कुटी ३७३२ नम्बरको रहेको छ / मृतकले निलो ज्याकेट र निलो नै पाइन्ट लगाएको छ / सो क्षेत्रमा अत्यधिक बेगले गर्दा...

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर मनाइँदै

पुस, काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइन्छ ।   ‘क्रिसमस डे’ भनिने आजको दिनमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ । ख्रीष्टमसका अवसरमा आज देशभरका...

भावी मुख्यमन्त्रीसहित १७ महिला प्रदेशसभामा निर्वाचित

मंसिर, काठमाडौं । प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा पनि निकै कम महिला प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । जसको क्षतिपूर्ति अब प्रदेशसभामा पनि दलहरुले समानुपातिकबाट गर्नुपर्नेछ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पाँच महिला निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट पम्फा भुसाल, कमला रोका र विना मगर तथा एमालेबाट पवित्रा निरौला खरेल...