सामाजिक संजालबाट

दुई बिगाहा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट


लहान–सिरहाको मिर्चैया नगरपालिका–१ रामपुर विर्तामा स्थानीयले लगाएको गाँजा प्रहरी टोलीले नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया–१ स्थित रामपुर विर्तामा करिब दुई बिगाहा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको हो ।

गाँजा फडानी अभियानअन्तर्गत उक्त स्थानमा स्थानीयले लगाएको गाँजा खेती नष्ट गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले बताए ।

यसअघि इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले सिरहाको दुर्गापुर–४ मा करिब ८०० र गोलबजार नगरपालिका–८ चोहर्वामा ९०० भन्दा बढी गाँजाका बोट नष्ट गरेको थियो ।

मङ्ल, पुस १४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

जिस्क्याउने युवालाई युवतीले बर्साइन् मुक्का

भारतको उत्तराखन्डस्थित रुद्रपुरमा एक युवालाई सार्वजनिक स्थानमा युवतीलाई जिस्काउँदा महंगो मूल्य चुकाउनपुरेको छ । आफूलाई केही दिनदेखि निरन्तर यौनजन्य गतिविधिको संकेत गर्दै जिस्क्याइरहेका युवकमाथि पीडित युवतीले मुक्का बर्साएकी हुन् । शनिबार स्थानीय जगतपुर निवासी उनलाई अन्य दिनको जस्तै सडकमै उनीमाथि यौनजन्य संकेत गर्दै जिस्क्याएपछि उनले ती युवालाई...

कुकुरसँग प्रेममा परेपछि किशोरीको यो हाल

भनिन्छ प्रेम अन्धो हुन्छ । सायद यहीँ कुरालाई प्रमाणित गर्ने घटना अहिले बाहिर आएको छ, जहाँ १२ कक्षामा पढ्ने एक किशोरी छात्रा सबै मानवीय विवेकको हद पार गर्दै एउटा कुकरसँगको प्रेममा पागल बनेकी छिन् । घटना भारतको हो । दैनिक जागरण अनलाइनका अनुसार यी किशोरीले उक्त...

शौचालय बनाउन नाटक

सिन्धुली कला तथा सांस्कृतिक प्रतिष्ठान (इसाक) सिन्धुलीले कमलाको खोंच क्षेत्रमा सरसफाइसम्बन्धी जनचेतनामूलक नाटक प्रस्तुत गरेको छ। जिल्ला विकास समिति सिन्धुलीको सहयोगमा इसक सिन्धुलीले कमलाखोंचका दनुवार, मुसर तथा अति विपन्न समुदायमा सरसफाइसम्बन्धी चेतनामूलक नाटक प्रस्तुत गरेको हो। नाटक दुधौली नगरपालिकाको ११ स्थान र हत्पते र निपाने गाविसमा...