साहित्य

‘माओवादीभित्रको यौनहिंसा उपन्यासमा’


काठमाडौं–माओवादीभित्रको यौनहिंसा उपन्यासमार्फत नै भए पनि सार्वजनिक भएको अनुसन्धानकर्ता कैलाश राईले बताएकी छिन् । दुई महिनाअघि सार्वजनिक विष्णु भण्डारीको उपन्यास ‘पहेँलो घाम’बारे शनिबार प्रज्ञा प्रतिष्ठानमा गरिएको विमर्शमा उनले यस्तो बताएकी हुन् । yello gham
जनयुद्धमा सहभागी महिलाबारे अनुसन्धान गरिरहेकी राईले भनिन्, ‘मैले अनुसन्धानको क्रममा क्यान्टोनमेन्टका महिला छापामारले अभिव्यक्त गरेका महिला हिंसाको बिषय आख्यानमै भएपनि भण्डारीले लेख्नुभएको पाएकी छु । यसको मुख्य पात्रलाई अयोग्य बनाइनुमा आफ्नै कमाण्डरले राखेको यौनप्रस्तावलाई अस्वीकार गर्नुलाई कारण मानिएको छ । त्यस्ता कतिपय घटना अनुसन्धानको क्रममा पत्ता लागेको थियो ।’
विमर्शमा बोल्दै प्रगतिशील लेखक संघका अध्यक्ष तथा प्राज्ञ अमर गिरीले उपन्यासमा जनयुद्धसँग सम्बन्धित संवेदनशील बिषय उठान भएको बताए । उनले भने, ‘जनयुद्धमा पार्टी र राज्यले अयोग्य करार गरेका छापामारलाई लिएर भण्डारीले उपन्यासमा समसामयिक र संवेदनशील बिषय उठान गरेका छन् । यसले राजनीतिक र सामाजिक क्षेत्रमा बहस सिर्जना गरिएको छ ।’ अहिले बजारु उपन्यासको बोलवाला बढिरहेको बेला संवेदनशील बिषयमा उपन्यास लेखिनु सह्रानीय कार्य भएको उनको मत थियो ।
समालोचक रमेश भट्टराईले कथामा माक्र्सवादी सौन्दर्यदृष्टिबाट हेर्दा निराशा देखिएपनि अहिलेको यथार्थ चित्रण गर्नमा उपन्यास सफल भएको बताए । ‘उपन्यासको भाषा सुन्दर छ । कथाप्रस्तुति पनि कलात्मक छ । त्यसैले मैले यसलाई पढ्नै पर्ने उपन्यासको सूचीमा राखेको छु ।’
विमर्शमा बोल्दै युवा समीक्षक संगीत श्रोताले जनयुद्धको पक्षमा कम सिर्जना भइरहेको अवस्थामा त्यसैबारे उपन्यास लेखेर भण्डारीले जोखिम मोलेको दावी गरे । उनले भने, ‘माओवादी जनयुद्धकै बिषयमा उपन्यास लेखेपनि विभाजिक माओवादीबीच बिषयमा बहस छ । त्यो बहसमा उपन्यासको पक्ष वा विपक्षमा उठाएको बिषयमा सहमत र असहमत दुवै हुन सक्छन् । त्यो खतरा भण्डारीले मोल्नुपर्छ ।’
कार्यक्रममा उपन्यासकार विष्णु भण्डारीले जनयुद्धमा कुशलतापूर्वक लडेका तर क्यान्टोनमेन्टबाट अयोग्य सावित भएका युवाको पीडामय जीवनशैलीबाट संवेदित भएर उपन्यास लेखेको बताए । उनले रुपान्तरणको ठूलो सपनासहित भएको माओवादी जनयुद्ध अहिले उर्जाहीन हुँदै मूल्य विघटनको चरणबाट गुज्रिरहेको बताउँदै बिम्बात्मक रुपमा पहेँलो घाम शिर्षक राखेको बताए ।
कार्यक्रममा समीक्षक बालकृष्ण अधिकारीका साथै जनयुद्धमा सहभागी भएका रेखा बास्तोला, भगवती प्रधान र राजु स्याङ्तानले पनि उपन्यासबारे मत राखेका थिए । प्राइम बुक्सले प्रकाशित गरेको उपन्यास भण्डारीको आठौं कृति हो । उनको यसअघि सात कविता कृति प्रकाशित छन् ।

 

मङ्ल, पुस १४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अनि सर्बहारा बर्ग रुदै छ : अर्जुन बूढाथोकी

नेपाल आमा मात्र होइन सारा रुदै छ शोषित पिडित अनि सर्बहारा बर्ग रुदै छ सान्ती भुमी देश नेपाल रगतको ताल हुदा तेसैले त फेवा अनि रारा रुदै छ न नेपाल आमा मात्र होइना सारा रुदै छ दिन दिन हाम्रो सिमा अतिक्रमन हुदा खेरी तेसैले त बार्सा आनि बारा रुदै छ नेपाल आमा...

‘बिल गेट्स पण्डित’मा पैसामुखी समाजलाई व्यंग्य

हरेकको आ–आफ्नो दर्शन हुन्छ । दर्शन अनुसार मान्छेले जीवनको लय र ध्येय समात्छ । कसैलाई पैसा कमाउनु नै सबथोक हुन्छ भने कोही पैसालाई रौँ बराबर महत्त्व दिँदैनन् । तर, हाम्रो सामाजिक नियति कस् तो छ भने धनलाई सफलताको मानक मानिन्छ । जति धेरै धन कमायो,...

राजन मुकारूङले पाए ‘पहिचान पुरस्कार’

काठमाडौं । आख्यानकार राजन मुकारुङले दुई लाख रुपैयाँ राशीको ‘पहिचान पुरस्कार’ पाएका छन् । पहिचानको पक्षमा १५ बर्षअघिदेखि कलम चलाउँदै आएका मुकारुङलाई उनको ‘फेरिँदो सौन्दर्य’कृतिका लागि २ लाख २ हजार २ रुपैयाँ राशीको ‘पहिचान पुरस्कार’ प्रदान गरिने निर्णय भएको हो  । भोजपुरको दिल्पा नागी गा.वि.स.मा जन्मिएका...

अशोकमानको ‘म पनि त मान्छे हुँ’ कृति बजारमा

काठमाडौँ :  कलाकार तथा साहित्यकार अशोकमान सिंको ‘म पनि त मान्छे हुँ’ कृति आजदेखि बजारमा आएको छ।  रिड एण्ड राइट पब्लिसीङ हाउसले प्रकाशनमा ल्याएको कृतिमा समाजमा अपाङ्गता भएका किशोर किशोरीलाई केन्द्रित गरी कथावस्तु प्रस्तुत गरिएको छ। कृतिमा साना पाँच लघु उपन्यास कृतिमा समेटिएका छन्।  यहाँ...

​यसरी जन्मियो बुद्धिसागरको फिरफिरे

काठमाडौं : कुनै दिन बुद्धिसागरले दुई बालकलाई भेटे ११/१२ वर्षका। कटासे बसपार्कमा उनीहरु काठमाडौं जाने बस खोज्दै थिए। काठमाडौं जाने बस नपाइने त्यो बसपार्कमा काठमाडौं जाने बस खोज्दै हिँडेका बालकहरु देखेपछि काउन्टरमा मान्छे पनि दंग परे। जब मान्छेहरुले ती बालकलाई उनीहरुको यात्रा बारे प्रश्न गरे,...

अतुल स्मृति गुरुकुल सम्मान २०७२ बाट साहित्यकार प्रकाश सायमीलाई

काठमाडौं, माघ ८ – अतुल स्मृति गुरुकुल काठमाडौंले अतुल स्मृति गुरुकुल सम्मान २०७२ बाट साहित्यकार प्रकाश सायमीलाई सम्मान गरेको छ । तबलाबादक अतुल गौतमको सम्झनामा गठित गुरुकुलले ४४ औँ अतुल स्मृति दिवसको अवसरमा काठमाडौं पशुपति क्षेत्रमा गरेको एक कार्यक्रममा साहित्यकार सायमीलाई सम्मान गरेको हो । यस्तै सतिशचन्द्र सानुबाबा...