सम्पादकीय

परिणाममुख बार्ता खोजी गरौँ


देशमा चौतर्फी संकट भैइरहेको अवस्थामा देशप्रति बफदार भइ यहाँ रहेका विसंगति, व्यतिथिहरुलाई भण्डाफोर गरी, स्वच्छ अनलाइन पत्रकारिताको मान र मर्यादालाई नभुलाी, आर्थिक समवृद्धिको बाटो खोज्नु नितान्त आवश्यक रहेकोले तिनै मूलभूत कार्यकालागि सानो झिल्कोको रुपमा आज यहाँहरु माझ प्रस्तुत गर्न पाउँदा यो खोज अनलाइन डट कम ज्यादै हर्षित भएको छ । यिनै सानो झिल्कोलाई बचाई यहाँहरुको सहयोगबाट विशााल ज्वालामुखीको आँधील्याइ नेपाल आमाको सुन्दर मुहान हेर्न आतुर नेपालीलाई देखाउनु पर्ने आजको आश्यकता हो । यही उद्देश्यका साथ हामी प्रस्तुत भएका छौ । यसलाई समय समयमा उचित सल्लाह , सुझाव, सुचना तथा आफ्नो अमुल्य लेख रचना दिई सहयो गर्नु हुनेछ भन्ने दृढ आशा लिएका छौ । आगामी दिनहरुमा यसले पहिल्याउने खोजी बाटोलाई यहाँहरुले साथ दिनु हुनेछ भन्ने विश्वास लिएका छौ । अन्त्यमा हामी यो श्रृंखालामा निन्न कुराहरु जोडदार उठाउन चाहन्छौ ।
ड्ड चीनसँग परिणाममुख बार्ता खोजी गरौँ ।
ड्ड महिनौ दिन देखि नाकाबन्दी र मधेस आन्दोलन तुरुन्त समाधान गर्ने बाटो खोजी गरौँ ।
ड्ड देशमा औद्योगिक क्षेत्रलाई हानी भइरहेको अवस्थामा तुरुन्त कच्चा पदार्थको आपूर्ति सहज गर्न तर्फ खोजी गरौ ।
ड्ड लामो समय देखि जनताको जनजीवन र अर्थतन्त्रमा परेको प्रभावलाई तुरुन्त सहज गर्न बाटो खोजी गरौ ।
ड्ड विश्व बजार सम्म पहुँच वृद्धि गर्न र एकै देशको मात्र अत्याधिक निर्भरतालाई हटाउन अत्य देशहरुसँग तत्काल सम्भावनाको खोजी गरौँ ।
ड्ड दिर्घकालीन बाटोको खोजी गरौँ ।

हाल भोगिरहेको संकटलाई सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुले यसलाई चुनौती र अवसरको रुपमा परिवर्तन गर्नु पर्दछ । त्यसैले हामी तिनै कुरालाई हुदय देखि खोजी गछौँ

मङ्ल, पुस १४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

महान चाडहरु बिजया दशमी ,दिपावली ,नेपाल सम्बत , छठ र ल्होसारको शुभकामना २०७४

असत्य माथि सत्यको विजय तथा अन्यायमाथि न्यायको बिजयको स्वरूप मनाउने नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा तथा आउंदै गरेको शुभ दिपावली ,नेपाल सम्बत ,छठ र ल्होसारको एक मुस्ट सम्पूर्ण पाठकहरु  तथा विज्ञापनदाताहरुमा हाम्रा यी महान चाडहरुको पावन अवसरमा सुख ,शान्ति ,समृध्दी ,सुस्वास्थ र दिर्घायुको हार्दिक मंगलमय...

बास्तबमा डा.के.सी. अनसनको रहस्य के हो ?

चिकित्सा शिक्षा विधेयक आफ्नो सुझावसहित पास गर्न पटक-पटक दिएको अल्टिमेटम सुनुवाई नभएपछि डा. केसीले साउन ९ गते सत्याग्रह थालेका थिए । ६१ वर्षीय केसीको यो ११ औं अनसन हो । उनले अनसन बस्न थालेको ५ वर्ष भइसक्यो । बास्तबमा डा.के.सी.को अनसनको  सत्य तथ्य के को...

नाक ठुला भएका देश हाक्ने मै हू भने नेता पनि भ्रष्टाचारमा संलग्न

आन्तरिक राजश्वविभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेपछि देशमा ठुलै समाचार बन्न थाले /उनैसंग नाक ठुला भएका देश हाक्ने मै हू भने नेता पनि संलग्न भएको खबर आइरहेको छ /के यो समाचारले के संदेश दिन्छ ? हामी नेपाली यस्तो हालतमा हुनुमा त्यो हुम्ला जुम्लाको विकटताले होईन...

सरकारको यो रबैया हामी टुलु टुलु हेरेर बसौ !

 चुनावको मिति आउन ५ दिनमात्रै बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वमा तीन मन्त्रीलाई सरकारमा भित्र्यायर निर्वाचन आचार संहिताको खिल्ली उदाएको छ /आचार संहिता सोझा सिधा जनतालाई मात्र लागु हुने अनि सरकारलाई लागु नहुने हो त ? सरकार टिकाउन जे...

जनता लडिरहने ,सरकार चुप ?

भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमै आएर  गोली चलाउँदा कञ्चनपुरमा एक नेपालीको मृत्यु भएको समाचारलाई शुक्रबारका सबै राष्ट्रिय दैनिक पत्रिका लगायत सबै मिडियाले र राजनैतिक पार्टीहरुले बोलिरह्न्दा पनि सरकार किन चुप छ ?  भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको मृत्यु पुष्टि  भैसकेको छ /सरकार अझै...

कर्मचारीहरुको जाचबुझ गर्नु नितान्त आवश्यक

सरकारले आगामी वर्ष वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ। झन्डै दुई दशकपछि स्थानीय शासन सञ्चालनका लागि स्थानीय जनप्रतिनिधि चुन्न चुनाव हुन लागेको हो। २०५४ साल जेठ ४ र १३ गते दुई चरणमा स्थानीय निकायको निर्वाचन भए यता निर्वाचन भएको थिएन । निर्वाचन आयोगलाई तत्काल...