प्रमुख समाचार

चीनले थप १६ करोड ७० लाख बराबरको इन्धन अनुदान दिने (भिडियो)


timthumb

 नेपाललाई थप १६ करोड ७० लाख (१० मिलियन आरएम्बी)  बराबरको इन्धन अनुदान सहयोग गर्ने भएको छ ।
पाँच दिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्कने क्रममा मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले चीन सरकारले तत्कालका लागि १६ करोड ७० लाख (१० मिलियन आरएम्बी) बराबारको इन्धन अनुदान सहयोग गर्ने जानकारी दिएका हुन्।
यसअघि चीनले नेपाललाई १३ लाख लिटर पेट्रोल अनुदान स्वरुप सहयोग गरेको थियो ।  थापाले इन्धन लगायत व्यापार सम्झौताका विषयमा एउटा फ्रेमवर्क तयार भएको र छिट्टै हुने प्रधानमन्त्री केपी ओलीको भ्रमणका समयमा त्यसलाई कार्यान्वयनमा लैजाने बताए । थापाले भने–सबै विषयमा दुवै पक्षवीच सहकार्यका लागि एउटा फ्रेम वर्क तयार भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणका बेला त्यसलाई कार्यान्वयन गरिनेछ।
परराष्ट्रमन्त्री थापाले आगामी वर्ष चीनवाट पनि उच्चस्तरिय भ्रमण हुने जानकारी दिए । थापाले सिन्जुवान र तिब्बत स्वशासित प्रान्तहरुसँग व्यापार सम्बन्ध विस्तार गर्नेबारे पनि कुराकानी भएको बताए । थापाले सिन्वुवा प्रान्तले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छा देखएको जानकारी दिए ।
थापाले यसअघि चिनिया पर्यटकलाई नेपालले लगाउँदै आएको भिसा शुल्क हटाएर पर्यटक आकर्षण गर्न नेपालले भिसा शुल्क नलिने गरेको निर्णयबारे पनि आफूले चीनलाई जानकारी गराएको बताए । उनले भिसा शुल्क नलाग्ने भएपछि चीनवाट नेपाल आउने पर्यटकको संख्या बढ्ने बताए।

मङ्ल, पुस १४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रदेश ३ को राजधानी काभ्रेमा किन ? धुलिखेलका मेयरले दिए उत्तर

३० कात्तिक, काठमाडौं । हेटौंडाले प्रदेश राजधानीलाई स्थायी कायम गर्न सबै शक्ति लगाइरहेका बेला काभ्रेपलाञ्चोक भने प्रदेश ३ को राजधानीका लागि आवश्यक भौतिक पूर्वाधार तयारी हालतमा राखेर बसेको छ । हेटौंडासँग अस्थायी राजधानी बाहेक ठूलो शक्ति छैन, तर काभ्रेसँग प्रदेशसभाको दुई तिहाई भन्दा बढी मत...

काभ्रेको कोशीपूर्व क्षेत्रस्थित भुम्लु गाउँपालिकाको एक हजार परिवार ४३ वर्षदेखि लालपूर्जाविहीन

कात्तिक, काभ्रे । काभ्रेको कोशीपूर्व क्षेत्रस्थित भुम्लु गाउँपालिकाको दुईवटा वडाका करिब एक हजार परिवार ४३ वर्षदेखि लालपूर्जाविहीन अवस्थामा छन् । विसं २०३२ मा नापीका बेला साविक पिपलटार गाविसमा रहेको खेतीयोग्य जमीनबारे विवादपछि भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाविस हुँदा स्थानीय बासिन्दा लालपूर्जाविहीन बन्न पुगेका थिए...

देवकोटाको काठमाडौं डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर संग्र्रहालय बनाउने घोषणा

कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौं डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर संग्र्रहालय बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११० औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले देवकोटा विलक्षण प्रतिभा...

केशब स्थापितलाई बर्खास्त गरेपछि मन्त्री बन्न प्रदेशका सांसद् नेताको घरदैलोमा दौडधुप

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्री तत्काल नियुक्त नगर्ने भएका छन् । प्रदेशको कामको गति देखाउने मन्त्रालयका मन्त्रीबाट यसअघि काम हुन नसकेपछि मन्त्रीलाई बर्खास्त गरेर मन्त्रालयको जिम्मेवारी हाल आफैले लिएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । मन्त्रालयको काम...

दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा केवलकार सञ्चालनमा आए

कात्तिक, जिरी । दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको...

प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना

कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएका हुन् । उनलाई सोमबार बिहान साढे २ बजेतिर टिचिङ अस्पताल पुर्याइएको थियो । उनको अहिले शिक्षण...