अन्त्यमा

दशगजामा अान्दोलन गरेर समस्या समाधान हुँदैन : सिटौला




नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले तराईमा जारी आन्दोलनको समाधान नेपाल–भारत सीमाको दशगजा क्षेत्रबाट हुन नसक्ने बताएका छन्।
कपिलबस्तुको जितपुरमा म‌गलबार आयोजित काँग्रेसका कार्यकर्तासँगको भेटघाट कार्यक्रममा महामन्त्री सिटौलाले वार्ता र संवादबाटै समस्याको निकास हुने बताउँदै मोर्चालाई दशगजाको आन्दोलन छोडेर वार्तामा आउन आग्रह गरेका हुन्।
उनले भने, “संसारका कुनै पनि देशमा शत प्रतिशत प्रतिनिधिले बनाएको संविधान कहीँ छैन, ९० प्रतिशत जनताले बनाएको संविधान नमानेमा लोकतन्त्र र जनताको अपेक्षा हुन्छ।”
कार्यक्रममा सांसद एवम् कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्यले मधेसमा नयाँ संविधानको भ्रम फैलाउने तत्वको चिरफार गर्न गाउँगाउँमा काँग्रस जाने बताए। तराई मधेसमा सयौँ वर्षदेखिको सामाजिक सद्भाव कहिल्यै नबिग्रने उनको भनाइ थियो ।
कार्यक्रममा सांसद अत्तर कमालले सरकार मन्त्रालय फुटाउन र मन्त्री बाँड्न लागिपरेको बताउँदै देशमा सरकार भए नभएको महसुस गर्न नसकिएको बताए। रासस

मङ्ल, पुस १४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

यस्ता छापिएका छन् आजका दैनिकमा कार्टुन

आज मिती २०७३ साल मंसिर महिनाको ६ गते सोमबार । आज काठमाडौंबाट छापिएको प्राय दैनिकले कार्टुनलाई प्रमुख पेजमा स्थान दिएका छन् । आज कान्तिपुर दैनिकमा छापिएको कार्टुन । आज अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको कार्टुन । आज कारोबार दैनिकमा छापिएको कार्टुन । आज नागरिक दैनिकमा छापिएको कार्टुन ।   ...

मञ्जुश्रीको सालिक अन्तिम चरणमा

काठमाडौं- मञ्जुश्रीको सालिक बनाउने काम अन्तिम चरणमा पुगेको छ। कीर्तिपुरको जलविनायक सामुदायिक वन परिसरमा बनाउन लागिएको सो सालिक निर्माणको काम अन्तिम चरणमा पुगेको व्यवस्थापक मिलन खड्काले जानकारी दिए।वि.सं. २०६६ सालमा मञ्जुश्रीको सालिक निर्माणका लागि पहिला नमुनाका रुपमा मैन, माटो, काठ तथा ढलौटको सालिक बनाइएको थियो।...

खोजपाटी

नेपाली–अंग्रेजी मिति परिवर्तन लोडसेडिङ तालिका युनिकोडमा टाइप गर्नुहोस् आजको विनिमयदर सुन–चाँदी सेयर बजार रेडियो सुन्नुहोस् ...

हिमपातग्रस्त क्षेत्रमा सेना खटियो

ईश्वरराज ढकाल, काठमाडौं शुक्रबार राति गोरखाको बारपाक र लाप्राक तथा रसुवाको हिमाली क्षेत्रमा पानीसँगै आएको हिमपातमा परी सयौं भूकम्पपीडितको अवस्था दयनीय भएपछि नेपाली सेनाले ती स्थानमा हेलिकोप्टरसहितको टोली पठाएको छ। मौसम प्रतिकूलताका कारण गोरखाको बारपाक क्षेत्रमा हेलिकोप्टर अवतरण गर्न समस्या परेको थियो। आइतबार सिंहदरबारमा बसेको सुरक्षा परिषद्को...

पुननिर्माणका लागि सरकारले ४९ अर्ब ३३ करोड रुपैयाँ बराबरको बजेट स्वीकृत गरे

काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनाएका संरचनाको पुननिर्माणका लागि सरकारले ४९ अर्ब ३३ करोड रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ । पुननिर्माणसँग सरोकार राख्ने विभिन्न १५ मन्त्रालयलाई कार्यक्रमसहित सो रकम बराबरको बजेट स्वीकृत गरिएको योजना आयोगका सचिव सुरेशमान श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । ‘चालू आर्थिक वर्षमा भुकम्पपछिको...