इतिहास

माफ गर्नुस्, बहुराष्ट्रवाद नेपालमा असम्भव छ ! ‘मधेसमा अलग राष्ट्रको मापदण्ड बकवास मात्रै’


इतिहासदेखि नै नेपाल सिंगो राष्ट्र हो । एकभन्दाफाइल तस्वीर बढी स्वतन्त्र राष्ट्रहरु गाभिएर बनेको महासंघ होइन हाम्रो देश । राजा पृथ्वीनारायण शाहले एकीकरण गर्नुपूर्व नेपाल स-साना राज्यहरुमा विभाजित अवस्थामा थियो । बाइसे र चौबीसे राज्यहरु थिए । तर, तिनीहरु कुनै पनि स्वतन्त्र राष्ट्रको हैसियतमा भने थिएनन् । नेपालकै छुट्टएिका अंगहरु मात्रै थिए ।

स्वतन्त्र राष्ट्रका थुप्रै शर्तहरु हुन्छन् । सर्वप्रथम बेग्लै भूभाग चाहिन्छ । त्यसपछि बेग्लै भाषा चाहिन्छ, बेग्लै अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्वन्ध कायम हुनुपर्छ । एकीकरण पूर्वका राज्यहरुमा छुट्टै सीमानाबाहेक यस्तो केही पनि थिएन ।

त्यसैले तिनीहरुको हैसियत बेग्लै प्रशासनिक इकाइजस्तो मात्रै थियो । ती सबैलाई एकीकरण गरेर पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको रुप दिएका हुन् ।

पृथ्वीनारायण शाह र उनका वंशजहरुले विस्तार गरेको नेपालपछि खण्डित हुन पुग्यो । अंग्रेजहरुसित लडाइँमा हारेपछि सुगौली सन्धीबाट नेपालले आफ्नो एक तिहाइ भूभाग गुमायो । त्यसपछि अहिलेको नेपालको नक्शा तयार भएको हो ।

नेपालले कुनै स्वतन्त्र राष्ट्रमाथि सैन्य विजय हासिल गरेर आफूमा गाभेको छैन । त्यसैले अहिले महन्त ठाकुर र मधेसी मोर्चाले भनेजस्तो बहुराष्ट्रवादको अवधारणा नेपालमा असम्भव छ ।

ठाकुरले अलग मधेसमा अलग राष्ट्रको ‘क्राइटएरिया’ पुगेको बताएका छन् । यो बकवास हो । मधेस सधैं नेपालको एउटा अभिन्न अंगका रुपमा रहेको छ र रहनेछ ।

नेपालमा मधेस र पहाड कहिल्यै अलग थिएनन् र छैनन् । न भौगोलिक हिसाबले मधेस-पहाड अलग रहेका छन् न मनोवैज्ञानिक हिसाबले । एकीकरणअघि पूर्वमा विजयपुर राज्य थियो, जहाँ किरातले शासन गरेका थिए । त्यो राज्य झापा, मोरङ, सुनसरीदेखि ताप्लेजुङसम्म फैलिएको थियो । त्यसमा मधेस र पहाड दुबैपर्छ ।

मध्यक्षेत्रमा मकवानपुरलाई केन्द्र मानेर चौदण्डी राज्य थियो । त्यो पनि पहाडदेखि मधेससम्मै फैलिएको थियो ।पश्चिममा आएर सेनहरुको राज्य थियो, पाल्पालाई केन्द्र बनाएर । अझै पश्चिममा खस राज्य थियो, कैलालीदेखि कर्णालीसम्म फैलिएको । यी सबै राज्यहरु पहाड र तराई मिसिएर बनेका थिए । तराईको छुट्टै राज्य नेपालमा कहिले पनि छैन ।

अहिले आएर मधेसी मोर्चाले अघि सारेको बहुराष्ट्रिय राज्य घोषणा गर्नुपर्ने माग आपत्तिजनक मात्रै नभएर हास्यास्पदसमेत छ । मेरो विचारमा यो माग मधेसलाई नेपालबाट अलग गर्ने दीर्घकालीन रणनीतिकअन्तरगत आएको छ । यसलाई बेलैमा पर्दाफास गर्न सकिएन भने भविश्यमा ठूलो रुप लिन सक्छ । नेकपा एमालेको पटक-पटक बहुराष्ट्रिय राज्यको माग नेपाल टुक्र्याउने चालवाजीसहित आएको खतरनाक स्टन्ट हो भनेर भनिसकेको छ । त्यसैले पनि मोर्चाले यसलाई जोडतोडले उठाउन सकेका छैनन् । यद्यपि, रणनीतिक ढंगले आएको माग भएकाले यसको ‘च्याप्टर क्लोज’ भएको छैन ।

महन्त ठाकुरको भाषणबाट पनि यो पुष्टि भयो । बहुराष्ट्रको माग किन विखण्डनकारी छ भनेर बुझ्न धेरै टाढा जानुपर्दैन । हाम्रै छिमेकी देशहरुको दृष्टान्त काफी छ । भारत र पाकिस्तानको विभाजन गर्दा धर्मको आधारमा बहुराष्ट्रवादको ‘थ्यौरी’ लगाइएको थियो । त्यसैअनुरुप मुस्लिमहरु पाकिस्तानतिर गए र हिन्दूहरु हिन्दूस्तानमा रहे ।

पाकिस्तान बनिसकेपछि भाषाका आधारमा बहुराष्ट्रवाद लगाएर बंगलादेशलाई जन्माइयो । नेपालमा पनि यहि चेष्टा भएको हो । मधेस र पहाड दुई राष्ट्र छन् भन्ने स्थापित गराउने अनि, मधेसलाई भविष्यमा अलग दीर्घकालीन रणनीतिअनुरुप काम भइरहेको छ । त्यसैले हामी बेलैमा सचेत हुनुपर्छ ।

भारतमा अहिले पाँच सयभन्दा बढी जाति छन् । भाषा पनि त्यत्तिकै संख्यामा छन् । तर, तपाई चेन्नई, आसाम, मेघालय, कश्मिर वा बिहार जहाँसुकै जानु, भारतीयहरु आफ्नो प्रदेशअनुसार बेग्लै राष्ट्रियताको कुरा गर्दैनन् । भारतीय राष्ट्रियताकै कुरा गर्छन् । आफूलाई भारतीय भन्नमै गर्व गर्छन् । अमेरिका ५० वटा राज्यमा विभाजित छ ।

यो आफैंमा आप्रवासीहरुको मुलुक हो, जहाँ कोही युरोपबाट आएर बसेका छन् त कोही अफ्रिका र कोही एशियाबाट । त्यस हिसाबले अमेरीकामा अलग-अलग राष्ट्रियता हुनुपथ्र्यो । तर, सबैले अमेरिकी राष्ट्रियता नै स्वीकारेका छन् नि । हाम्रो मधेसी नेताहरुलाई चाहिँ किन नेपाली राष्ट्रियता स्वीकार्न कठिन भएको ?

जातका आधारमा नेपालमा अलग-अलग राष्ट्रियता छ भन्ने बहस सुरु गरेको माओवादीले हो । जनयुद्धकालमा उनीहरुले विभिन्न जातिलाई अलग राष्ट्रका रुपमा परिभाषित गरे । आफ्नो सैन्य शक्ति कमजोर हुँदै गएपछि विभिन्न जातिका मानिसलाई सेनामा भर्ति हुन प्रोत्साहन गर्ने उद्देश्ले पनि जातिपिच्छेका राज्य बाँड्दै हिँडेका हुन् ।

लिम्बुवान, किराँत, तामसालिङ, मगरात, नेवा, थरुहटयस्तै अनेकानेक जातीय राज्यहरुको सपना बाँडे उनीहरुले । यो पूरा हुने सपना थिएन । नेपालको बनोट र विकासक्रम उनीहरुले व्याख्या गरेजस्तो थिएन । अहिले आएर बल्ल माओवादीले यो सत्यलाई बुझेको छ । त्यसैले जातीय राज्यबाट पछि हटेको छ । राष्ट्रियतालाई आत्मसात गरेको छ । जबकि माओवादीबाट निस्केका डा. बाबुराम भट्टराई अझै जातीय राज्यको डेट एक्सपायर्ड ओखती खाएर कुदिरहेका छन् ।

 

बुध, पुस १५, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अर्धनग्न भैंसी नचाउने बेश्यालय महोत्सवहरु बन्द गरौ, बरु राजस्व असुल्ने देहव्यापार खोलौ

देशमा अचेल महोत्सवको चटारो बढेको छ । तिनै सिजनेवल महोत्सवहरुमा प्रस्तुति दिने देशका नग्न गहनाहरुको चर्चा पनि खुबै चलेको छ । जिउ डाल हेर्दा नत चट्टक मिलेको छ, बरु नाङ्गा भैंसी जस्तै देखिन्छन । गायको स्वर सुन्दा नत सुरिलो मनमोहक बनाउ छ, बरु बगेर्नो भैंसी कराएको...

पाँच वर्षकी निहिरा बज्राचार्य पाटनको नयाँ कुमारीमा चयन

 माघ, ललितपुर । पाँच वर्षकी निहिरा बज्राचार्य पाटनको नयाँ कुमारीमा चयन भएकी छन् ।   सोमबार रत्नकर महावीहार, पाटनमा प्रतिस्पर्धाबाटै नयाँ कुमारी चयन गरिएको हो । प्रतिस्पर्धामा बज्राचार्य परिवारका पाँच बालिका सहभागी थिए । कुमारी छनोट गर्दा आँखा, दाँत मिले नमिलेको, अनुहारमा कुनै खत भए नभएको हेरिन्छ ।...

लिच्छविकालीन कैलाशकुट भवन काभ्रेको नालामा हुन सक्ने बलियो सम्भावना

नेपालको  ऐतिहासिक कालदेखि नै  विभिन्न जातिले नेपाल उपत्यका वा खण्डित नेपालको थुम, कोट, गढ,उपत्यका आदिमा राज्य शासन गर्दै आएको पाइन्छ / लिच्छवी कालका प्रतापी राजा अंशुवर्माले ठकुरी सम्वत चलाएका थिए र कैलाश कुट भवन ठकुरी सम्वत (३०) ५९१ इ. मा बनाइएका थिए /नेपालको इतिहास हेर्दा...

सीमा विवाद देखिएपछि नापी विभागका निर्देशक सहितको टोलीले छानविन थाले

माघ, वीरगञ्ज । दुई देशबीच भएको सहमति अनुसार अहिले बारा र पर्सामा पर्ने सीमा क्षेत्रमा हराएका वा बिगि्रएका पिल्लरहरुको ठाउँमा नयाँ पिल्लर राख्दैछ ।   तर, त्यस क्रममा भारतले ५० विगाहा जति जमिन मिचेको स्थानीयबासीले बताएका छन् । सीमा विवाद देखिएपछि नापी विभागका निर्देशक सहितको टोलीले छानविन...

प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिएका ४९ दलमध्ये ४४ दलको जमानत जफत

काठमाडौँ : प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिएका ४९ दलमध्ये ४४ दलको जमानत जफत हुने भएको छ। समानुपातिक निर्वाचनमा सहभागी हुन दलले प्रतिनिधि सभाका लागि ५० हजार धरौटी बुझाउनु पर्छ। समानुपातिकतर्फ एक सिट पनि नजिते यी दलहरुले राखेको धरौटी फिर्ता पाइँदैन। समानुपातिक तर्फको मतगणना अन्तिम...

शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा

मुस्ताङ : मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन् । शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ । यो परम्परा तल्लो मुस्ताङका बस्तीबाट विस्तारै हराउँदै गएको छ । उपल्लो मुस्ताङका लोमान्थाङ र दालमे गाउँपालिकामा भने कायमै रहेको लोमान्थाङ गाउँपालिका...