कृषि

दाङमा बायोग्यास प्लान्ट सञ्चालन


पुस, दाङ । दाङकोे तुलसीपुरस्थित मासु बधशालामा निर्माण भएको बायोग्यास प्लान्ट सञ्चालनमा आएको छ । शहरी विकास मन्त्रालय फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विष्णुमणि ज्ञवालीले एक कार्यक्रमबीच प्लान्ट सुभारम्भ गरे ।

बायोग्यास प्लान्टको उद्घाटन गर्दै ज्ञवालीले फोहरबाट पनि मोहर बनाउन सकिने भएकाले इन्धन उत्पादनका साथै यस्ता योजनाले वातावरण पनि सफा हुने बताए ।

फोहर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र मूलचोक काठमाडौँको १० लाख रूपैयाँ सहयोगमा तुलसीपुर नगरपालिकाको आयोजनामा प्लान्ट निर्माण भएको हो । ३५ धनमिटरको बायोग्यास प्लान्ट निर्माणसँगै त्यहाँका ४१ जना व्यवसायीहरु लाभावित भएका छन् ।

बायोग्यास प्लान्ट निर्माणसँगै पसु बध गरी पातुखोलामा मल फाल्ने कार्य रोकिनुका साथै नगरपालिकालाई प्लान्टबाट आर्थिक लाभ पनि हुने बताइएको छ ।

खानेपानीको मर्मत सुधारमा ६० लाख

यहाँको खानेपानीको मर्मत सम्भार तथा मुहान संरक्षणका लागि खानेपानी तथा ढल निकास विभागले ६० लाख रूपैयाँ रकम विनियोजन गरेको छ ।

तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाले विकासका लागि सो रकम विनियोजित गरिएको दाङका खानेपानी संस्थाहरुको अवलोकनका क्रममा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रामचन्द्र देवकोटाले बताए । उनका अनुसार यस वर्ष दाङको तुलसीपुर खानेपानीका साथै देशका अन्य चारवटा उपभोक्ता समितिमा विभागले बजेट विनियोजित गरेको हो ।

चालु आवमा खानेपानीका जीर्ण संरचनाहरु मर्मत सम्भारका लागि रकम प्रदान गरिने उनले जानकारी दिए । देवकोटाले तत्कालका लागि मन्त्रालयमा विभिन्न भौतिक संरचना र कर्मचारी कम भए पनि दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पर्ने बताए । रासस

Bio Gas

बुध, पुस १५, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गत वर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फले

काठमाडौं – यो वर्ष १ खर्ब ८ अर्ब रुपैयाँबराबरको धान उत्पादन हुने भएको छ । गत वर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फलेको हो ।  अहिलेसम्मकै इतिहास तोड्दै यो वर्ष सबैभन्दा धेरै धान उत्पादन हुने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ। आर्थिक वर्ष २०७३/७४ मा १...

चिडियाघरमा रहेका बाघ सातामा एक दिन निराहार

काठमाडौं । चिडियाघरमा रहेका बाघ सातामा एक दिन निराहार वस्त बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर, आश्चर्य नमान्नुस । चिडियाघरमा रहेका दुईवटा पाटेबाघ कांछा र बांगे सातामा एक दिन निराहार व्रत बस्छन् । बाघलाई आहाराका रुपमा हरेक दिन ११ देखि १२ बजेसम्म ६–६ केजीको दरले...

कृषि क्षेत्रलाई सूचना तथा सञ्चार प्रविधिमा आधारित इ–एग्रिकल्चर सेवा उपलब्ध

बनेपा- पूर्वविज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले आफ्नो कार्यकालभरि नेपाल समृद्ध हुन र संसारको मानचित्रमा चिनिनका लागि सातवटा इ–मन्त्र लागू हुन जरुरी भन्दै भट्याउँथे। यसले पनि उनले आफ्नो कार्यकालभरि इ–भिलेजलाई प्रवर्द्धन गर्नमा मेहनत गरे। त्यतिखेर कृषि, शिक्षा र स्वास्थ्यलाई सूचना प्रविधिमा आधारित बनाएर ग्रामीण तहसम्म सेवा पुर्‍याउन...

उद्योगलाई उखु उपलब्ध गराउने किसानहरुले भुक्तानीको माग गर्दै तोडफोड

रौतहट- रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडमा तोडफोड भएको छ। उद्योगलाई उखु उपलब्ध गराउने किसानहरुले भुक्तानीको माग गर्दै तोडफोड गरेका हुन्। गत तीन आर्थिक वर्षको गरी करिब ३२ करोड रुपैयाँ किसानले उद्योगसित भुक्तानी लिनु बाँकी रहेको भन्दै गत हप्ता उद्योगको विभिन्न कार्यालयमा तालाबन्दी गरेका थिए। उखु उत्पादक...

रेल्वे ट्रयाक निर्माणका लागि लालबन्दी-बर्दिबास खण्डमा पर्ने ११ हजार १ सय भन्दा बढी रुख कटानका लागि अनुमति

चैत, काठमाडौं । सरकारले पहिलोपटक पूर्व-पश्चिम रेलमार्गका लागि रुख काट्ने अनुमति दिएको छ । रेलमार्ग बनाउने योजनामा काम भइरहे पनि अहिलेसम्म रेलमार्ग बनाउन वन मन्त्रालयले स्वीकृति दिएको थिएन ।   रेल्वे ट्रयाक निर्माणका लागि लालबन्दी-बर्दिबास रेल्वे खण्डमा पर्ने ११ हजार १ सय भन्दा बढी रुख कटानका लागि...

कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि म्याग्दी प्रवेश गर्ने नाकामा कडाइ

फागुन, म्याग्दी। कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि म्याग्दी प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा र चल्लालाई जिल्लामा भित्रिन नदिने गरी सतर्कता अपनाइएको जिल्ला पशुसेवा कार्यालय, म्याग्दीका प्रमुख डा मानबहादुर पुनले बताए।   “दुईवटा नाकामा कर्मचारी परिचालन गरिएको छ ।...