स्थानीय समाचार स्वास्थ्य

“सेक्सटोय” विकल्पको साथी बन्दै


sex

मोतीराम तिमल्सिना, काभ्रे
ब्यापारिक शहर बनेपामा विगत तीन वर्षअघि खुलेको कान्तिपुर कन्डम हाउस एन्ड सेक्स टोयज सपमा आजभोलि केटी साथीहरूका लागि केटाहरूले सेक्सटोय खरिद गरिदिन थालेका छन्। ‘केटीहरूले केटाहरूका लागि र केटाहरूले केटीहरूका लागि आफू नहँुदाका बखत शारीरिक आनन्द प्राप्तिका लागि सेक्सटोय खरिद गरिदिने गरेका छन्ु –कन्डम हाउसका प्रोपाइटर रञ्जित बोहोराले भन्नुभयो।
नाकाबन्दीले कन्डम र सेक्सटोयको व्यापारमा मन्दी आएको छ। ‘नाकाबन्दी हुनुअघि कुरियरमार्फत् कन्डम र सेक्सटोयका सामानहरू खरिद गर्दथे, अहिले बन्द भएको छ’, बोहोराले भन्नुभयो– ‘विशेष गरी पूर्वाञ्चालका धरानलगायतका जिल्लाहरूबाट माग हुने सेक्सटोय अहिले बन्द भएको छ।’ श्रीमान्हरू विदेश जाँदा श्रीमतीहरूका लागि सेक्सटोय खरिद गरिदिँदा श्रीमतीहरू परपुरुषसँग नलाग्ने र पारिवारिक रूपमा पनि सन्तुष्ट हुने निष्कर्ष पुरुषहरूले निकालेका छन् भने केटीहरूले पनि आफूसँगै नहुँदा केटाहरू सेक्सकै लागि अन्यत्र भौंतारिनुनपरोस् भन्ने उद्देश्य राखेका छन्। कान्तिपुर कन्डम हाउसको काठमाडौंको पुरानो बसपार्कमा ६ वर्षअघि शुरू भएको कारोबारको विस्तारित रूप हो बनेपाको व्यवसाय। कन्डम र सेक्सटोयलगायतका सामानहरू बिक्री गरी वार्षिक १५ लाखभन्दा धेरैको कारोबार गर्ने बोहोराले निःशुल्क परामर्शसमेत दिँदै आएका छन्।
निःशुल्क परामर्शका लागि बोहोराले डब्ल्यूडब्ल्यूडब्ल्यू डट फेसबुक डट कम⁄कान्तिपुर कन्डमबाट समेत सेवा दिएका छन्। यो पेजमा लाइक गर्नेहरूले कन्डम हाउसको सेवाका बारेमा मात्रै हैन सेक्सटोयको महत्व, प्रयोग गर्ने तरिका र गोप्य रूपले खरिदबिक्रीसमेत गर्न सक्नेछन्। विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका कन्डमहरूमा काँडा भएको, शीघ्र स्खलन रोक्ने, अति पातलो, सुगन्धित, पुनः प्रयोग गर्न मिल्ने, महिला कन्डमहरू उपलब्ध छन्। कृत्रिम योनाङहरूमा महिला र पुरुष दुवैको उपलब्ध छ। भाइब्रेसन हुने नहुने, साइजअनुसारका, कलरअनुसारको, क्वालिटीअनुसारको सिलिकनबाट बनेको नेचुरल अनुभूति हुने यौनाङहरू उपलब्ध छन्। महिलाहरू महिनावारी भएको बेला, गर्भवती भएका बेला, सुत्केरी भएको केही अवस्थामै सेक्सका बारेमा जानकारी लिन आउँछन्। ‘केही पसलमै आउँछन् केही फोन र इमेलबाट समेत जानकारी लिन्छन्’ –बोहोराले भन्नुभयो।
‘ग्रामीण भेगका मान्छेहरू खुलेर आउन सकेका छैनन्, अझै कन्डम र सेक्सटोय प्रयोगका लागि लजाउने गरेका छन्’, बोहोराले भन्नुभयो– ‘गोपनीयता हुने भएकाले ढुक्क भएर आउँदा हुन्छ।ु ‘आउन नसक्नेहरूका लागि अल नेपाल होम डेलिभरीको सुविधा दिइएको छु, बोहोराले भन्नुभयो– ‘कन्डम र सेक्सटोय दुवै होम डेलिभरी हुन्छ।’
यो व्यवसायले बोहरालाई राम्रो आम्दानीको स्रोतको माध्यम मात्र विस्तार गरेको छैन्, यौनजन्य क्रियाकलापका कारण घरबार नै बिग्रने, यौन रोग, एचआईभी एड्सलगायतका समस्यालाई समेत धेरै हदसम्म कमी ल्याउने विश्वास लिएको बोहराको ठम्याइ छ। यसका साथै यौन चाहनालाई दबाएर राख्दा हुने मानसिक समस्या तथा स्वास्थ्य समस्यालाई समेत समाधान गर्न यो विधि सफल हुने कुरामा आफू विश्वस्त भएको बोहराले बताउनुभयो।

sex

बुध, पुस १५, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विश्व मुटु दिवसमा मंगलबजारदेखि नालासम्म साइकल यात्रा

काभ्रेको प्राचीन शहर नालाको पहिचानलाई धेरैभन्दा धेरै समुदायसम्म पुर्याउनुका साथै मुटुरोगसम्बन्धी जनचेतना जगाउनका लागि नालाका युवाहरुले मंगलबजारदेखि नालासम्म साइकल यात्राको आयोजना गरेका छन् । असोज १३ गते(२९ सेप्टेम्बर)मा मनाइने विश्व मुटु दिवसका अवसरमा साइकल यात्राको आयोजना गरिएको आयोजक जी व झिगु नालाका संयोजक ईश्वर अनामणि श्रेष्ठले...

हृयाम्स अस्पतालले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा सन्चालनमा

काठमाडौं । डा. उपेन्द्र देवकोटा र मधु घिमिरेले २१ वर्षअघि एड्भान्स उपचारका लागि स्थापना गरेको हृयाम्स अस्पतालले अब अन्तर्राष्ट्रियस्तरको सेवा, सुबिधा र प्रबिधिसहित पुनर्जीवन पाएको छ । डा.भगवान कोइराला,अर्जुन कार्की, प्रकााश सायमी लगायतका चर्चित विशेषज्ञ डाक्टरहरु सहित हृयाम्स अस्तपाल सन्चालनमा आएको हो । धुम्बाराहीमा १५ रोपनी...

समिट होटलको ३८ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन यस समिट होटलको ३८ औ बार्षिक उत्सब मा समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ३८ र महिला ११ गरि जम्मा ४९ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा पुरष तर्फ़ प्रथम बुद्ध घिसिंग, दोस्रो बाबुराम राई, तेस्रो शंकर आचार्य...

गोंगबुको सांस्कृतिक सम्पदाहरु

गोंगबु क्षेत्रका गणेश मन्दिरहरु  १) बीच विनायक २)जल विनायक ३)कार्य विनायक ४)शिध्दी विनायक गोंगबु क्षेत्रका पाटीहरु  १)बकैना पाटी २)कलकत्ते पाटी ३)नेवा छ्य पाटी ४)सांख टी ख्वाउने पाटी गोंगबु क्षेत्रका इनारहरु  १)गणेशस्थान नेरको इनार (हाल लोप भैसकेको छ ) २)ग्वाराको जग्गाको इनार (हाल लोप भैसकेको छ ) ३)नाति मानान्धरको घरनेरको इनार ४)बिज्ञान लोहनीको घरनेरको इनार ५)नेवा छेको इनार गोंगबु क्षेत्रका कुवाहरु  १)चन्द्र बहादुरको घरनेरको कुवा २)सार्की...

स्थापनाकालदेखि ओम अस्पतालमा आवद्ध बरिष्ठ डाक्टर भोला रिजालले ओम अस्पताल छाडे

काठमाडौं : स्थापनाकाल देखि ओम अस्पतालमा आवद्ध बरिष्ठ प्रसुती रोग विशेषज्ञ डाक्टर भोला रिजालले ओम अस्पताल छाडेका छन्। ओम अस्पताललाई यो स्थानमा ल्याउन महत्वपर्ण योगदान पुर्याएका रिजाल अस्पतालबाट एकाएक बाहिरिएका हुन्। ‘किन बाहिरिए रिजाल ओम अस्पतालबाट?’ ओम अस्पतालबाट डाक्टर रिजाल बाहिरिनुको भित्री कथा भने निकै रोचक छ। रिजालले पहिलेदेखि...

सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको नमूना अस्पतालमा तोडफोड

१६ भदौ, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको नमूना अस्पतालमा तोडफोड भएको छ । एक महिलाको उपचारमा लापरवाही गरेको भन्दै पीडित पक्षले तोडफोड गरेको हो । तर, अस्पताल नजिकै रहेको प्रहरीले नियन्त्रणको प्रयाससमेत नगरेको अस्पताल प्रशासनको भनाइ छ । हरिवन नगरपालिका वडा नं. ७...