कला/मनोरञ्जन सामाजिक संजालबाट स्थानीय समाचार

शौचालय बनाउन नाटक


सिन्धुली कला तथा सांस्कृतिक प्रतिष्ठान (इसाक) सिन्धुलीले कमलाको खोंच क्षेत्रमा सरसफाइसम्बन्धी जनचेतनामूलक नाटक प्रस्तुत गरेको छ। जिल्ला विकास समिति सिन्धुलीको सहयोगमा इसक सिन्धुलीले कमलाखोंचका दनुवार, मुसर तथा अति विपन्न समुदायमा सरसफाइसम्बन्धी चेतनामूलक नाटक प्रस्तुत गरेको हो।
नाटक दुधौली नगरपालिकाको ११ स्थान र हत्पते र निपाने गाविसमा २⁄२ स्थान गरी जम्मा १५ स्थानमा मञ्चन गरिएको इसाक सिन्धुलीका अध्यक्ष नवीन खड्काले बताए। सिन्धुली जिल्लालाई सन् २०१६ भित्र खुला दिशामुक्त क्षेत्र घोषणा गर्न लागिरहेको अवस्थामा सीमान्तकृत समुदायका दनुवार, मसहर समुदायमा चेतनाको कमिले शौचालय नबनाउने समस्या रहेकाले नाटकमार्फत् सरसफाइबाट हुने फाइदाको बारेमा जनचेतना जगाउन नाटक प्रस्तुत गरेको अध्यक्ष खड्काले बताए। नाटकमा नवीन खड्का, चन्द्र नेपाली, विजय लामा, रामकुमार थामी, नन्दलाल श्रेष्ठ, मनिसा साही, राजु नेपाली, शर्मिला श्रेष्ठ, सरोज नेपाली, सुमित्रा शाही र नवीन श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका थिए। इसाक सिन्धुलीले विगत १२ वर्षदेखि सिन्धुलीमा चेतनामूलक सडक नाटक प्रस्तुत गर्दै आइरहेको छ।

बुध, पुस १५, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन

१३ फागुन, काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । हृदयाघातका कारण उनको गएराति दुबईमा निधन भएको हो । फिल्म इन्डस्ट्री भित्रका र त्यस बाहिरका धेरै व्यक्तिहरुले श्रीदेवीको निधनमा शोक व्यक्त गरेका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो ।...

म्याग्देली लोक गायक अमित बिश्वकर्मा कतारमा जादै ।।

नेपाली मौलिक लोक भाकाहरु लाई अलि बिशेश सम्झने लोक दोहोरी गायक अमित बिश्वकर्मा पहिलो पटक देश बाहिरको कार्यक्रमको लागी कतारमा जाने भएकाछन । बरंजा ६ म्याग्दीमा जन्मिएका बिश्वकर्मा परिवारको एक्लो छोरा हुन,बुवा हर्क बहादुर बिश्वकर्मा र आमा खमिसरा बिश्वकर्मा को काँखमा जन्मिएका अमित हाल भने स–परिवार...

घनश्याम गौतम : रङ्गकर्मी/ कलाकार

झापा जिल्लाको सुन्दर नगर गौरादहको जोघरे गाउँमा बि स २०३८ साल असोज १५ गते माता नरबदा गौतम र पिता गँगा प्रसाद गौतमको चार भाइ छोरा मध्येका कान्छा छोरा को रुपमा जन्मिएका रङ्गकर्मी कलाकार घनश्याम गौतम अहिले नक्कली प्रचण्डका रुपमा निकै लोकप्रिय छन । ११ बर्ष सम्मको बालापन जोरघरे गाउँ र गौरादह वरपरको परिबेशमा...

बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा अागजनी

फागुन ८, काठमाडौं । अाज नेपाल बन्द गर्ने पुर्व जानकारी हुदाहुदैपनि बन्दकाे अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा अागजनी गरेका छन् । मोरङको सलकपुर र ढाटमा आगजनी गरिएको जानकारी प्राप्त भएको छ । नेपाल कम्युनिस्ट पार्टीले अाज अाह्वान गरे‍को नेपाल बन्दले बन्दकाे प्रभाव विहानैबाट देशैभरी...

पोर्नस्टार बन्ने चाहेको बताएर चर्चामा आएकी अर्चना पनेरू विवाह बन्धनमा

केही वर्षअघि पोर्नस्टार बन्ने चाहेको बताएर चर्चामा आएकी अर्चना पनेरू विवाह बन्धनमा बाँधिएकी छन् । पोर्नस्टार बन्ने चाहेको अभिव्यत्ति दिएर चर्चामा आएसँगै केही चलचित्रमा समेत काम गरेकी अर्चनाले आफूले अमेरिकी नागरिकसँग विवाह गरेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफू विवाह बन्धनमा बाँधिएको बताएकी उनले विवाहको तस्विर...

दारी ग्याङ पथरीले यसरी मनायो दोस्रो वार्षिकउत्सव।

दारी ग्याङका सदस्य बेलबारी निवासी निशान्त घिमिरेको अनुसार आज मिति २०७४/११/०६ गते दारी ग्याङ को दोस्रो बार्षिक उत्सव को दिन Lion`s club को सहयोगार्थमा दारी ग्याङ पथरीको आयोजनामा पथरी शनिश्चरे स्थिति महेन्द्र राजमार्गमा Zebra cross reprinting गरिएको छ। उक्त कार्यक्रम सफल पार्न पथरी टार्फिक कार्यलयका...