कृषि स्थानीय समाचार

व्यावसायिक पशुपालनप्रति आकर्षण बढ्यो


मध्यपुर थिमि–१० का चन्द्रकृष्ण कपालीले शिक्षा शास्त्रमा स्नातक अध्ययनपछि जागिरका लागि भौतारिनु भयो तर भनसुन गर्न नसक्दा उनको सरकारी जागिर खाने र सरकारी विद्यालयमा शिक्षक भएर ज्ञानको ज्योति छर्ने सपना साकार हुन सकेन । निजी विद्यालयको थोरै तलबप्रति उनको आकर्षण जाग्न सकेन ।

एक दिन टेलिभिजनमा प्रसारित बंगुर पालनसम्बन्धी कार्यक्रम र कोरियाबाट फर्केर पोखरामा बङ्गुरपालन गर्दै आउनुभएका छ्याङबहादुर थापाबाट प्रभावित भएर बङ्गुरपालन व्यवसाय सुरु गर्ने उद्देश्यले उनी पोखरा पुगे । पोखरा पुगेर थापालाई भेटी बङ्गुरपालन व्यवसायको बारेमा छलफल गर्दा काठमाडौँ जस्तो सहरमा बङ्गुरपालन गर्दा उचित मुनाफा हुन नसक्ने सल्लाह प्राप्त गरेपछि घरैमा परीक्षणको रुपमा कुखुरापालन व्यवसाय सुरु गरे । तर दुर्भाग्य त्यही वर्ष भक्तपुरमा फैलिएको वर्ड फ्लुको महामारी र वर्ड फ्लु सङ्कटग्रस्त क्षेत्र घोषणासँगै सबै कुखुरा मारिए । पहिलो पटक हात हालेको व्यवसायबाट डेढ लाख रुपैयाँ घाटा खान पुगे ।

केही गर्ने जोशका साथ सुरुमा हात हालेको व्यवसायले उल्टै ऋण बोकाएपछि कृष्णचन्द्रले विदेश जाने सोच नबनाएको होइन । त्यसैबेला घर नजिकको गाई फर्म बिक्री गर्न लागेको सुन्नमा आएपछि सहकारीबाट ऋण लिएर गाईसहितको युनिक गाई फर्म खरिद गरी सञ्चालन गरे ।

उनका सोही गाई फर्ममा जर्सी, होलस्टाइन र हाइब्रीड जातका दुधालु गाई १० वटा र एउटा ब्याउन लागेको गाई छन् । अहिले दैनिक करिब १०० लि दूध उत्पादन हुन्छ । स्थानीय बजारमा ६३ रुपैयाँ प्रतिलिटर दूध बिक्रि हुने गरेको उनले बताए । दैनिक रु पाँचदेखि छ हजार आम्दानी हुने र सबै खर्च कटाएर मासिक करिब रु ४० हजार बचत हुने उनको भनाइ छ ।

त्यस्तै सिन्धुलीका ७० वर्षीय अर्जुन बरालले राजनीतिमा आफ्नो जीवन समर्पण गरे । नेपाली काँग्रेस सिन्धुलीका सभापतिको रुपमा १० वर्ष जिम्मेवारी पनि सम्हाले । आमनिर्वाचनमा टिकटसमेत पाए । तर, दुर्भाग्य निर्वाचनमा केही सय मतअन्तरले पराजित भए । त्यसपछि राजनीतिबाट सन्यास लिएर मध्यपुर थिमि–१७ सानोथिमिमा बस्न थाले ।

“जीवनको यो उमेरमा पनि चुप लागेर बस्न मनले मानेन र तीन वर्षदेखि गाईपालन सुरु गरेँ”–उनले भने । उनको फर्ममा अहिले जर्सी र होलस्टाइन जातका आठ वटा गाई छन् । दैनिक २५–३० लि दूध उत्पादन हुने र दैनिक गुजारा टार्न सहज भएको उनले बताए ।

सरकारी अनुदानसँगै व्यवसाय फस्टाउँदो
सरकारले युवा लक्षित कार्यक्रमअन्तर्गत व्यावसायिक पशुपालन गर्ने किसानलाई अनुदान दिने नीति ल्याएसँगै जिल्लामा पशुपालन व्यवसाय फस्टाएको छ । यसले जिल्लामा दूध तथा दुग्ध उत्पादनमा वृद्धि भएको छ भने युवाहरु स्वरोजगारमूलक व्यवसायमा आकर्षित हुन थालेको छन् ।

सरकारबाट अनुदान पाउने भएपछि जिल्लामा रहरले एक/दुई वटा गाई, भैँसी पाल्ने किसानपनि व्यावसायिक फर्मतर्फ आकर्षित हुन थालेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक डा बलबहादुर चन्दले बताए । उनका अनुसार स्थानीय जातका एक/दुई गाई, भैँसी पाल्ने किसान जर्सी, होलस्टाइन, उन्नत जातका गाईपालनतर्फ आकर्षित भएका छन् ।

कार्यक्रमअन्तर्गत व्यावसायिक रुपमा पशुपालन गर्ने फर्मको अनुगमन, निरीक्षण गरी आवश्यक परेकालाई गोठ सुधार कार्यक्रमअन्तर्गत निश्चित रकम अनुदान दिने गरिएको छ ।
अघिल्लो आवमा रु एक लाख अनुदान पाएको जानकारी दिँदै युनिक गाई फर्मका कपालीले जस्ताको टहरा बनाउन मात्र अढाइ लाख खर्च भएको बताए । त्यसैगरी बरालले पनि सोही वर्ष रु ५० हजार प्राप्त गरे ।
बढ्दै छन् व्यावसायिक फर्म
जिल्लामा युवा लक्षित कार्यक्रमअन्तर्गत अनुदानका लागि गत वर्ष ४१ वटा गाई, भैँसी फर्म र १४ वटा बङ्गुर फर्म दर्ता भएका थिए भने यसवर्ष सो सङ्ख्या बढेर ७० वटा पुगिसकेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

सरकारले यसवर्ष फर्म दर्ताको लागि पुनः म्याद थप गरेकाले फर्मको सङ्ख्या अझ बढ्न सक्ने डा चन्दले उल्लेख गर्नु भयो । सरकारले यही पुस २२ गतेसम्म फर्म दर्ता गर्ने समय थप गरेको छ ।

सरकारले युवा लक्षित कार्यक्रमअन्तर्गत युवा वर्गलाई वैदेशिक रोजगारबाट रोक्न र कृषि क्षेत्रमा आकर्षित गरी कृषि उत्पादन र उपादकत्वमा वृद्धि गर्ने र कृषि क्षेत्रको व्यावसायिकीकरणबाट आयआर्जन बढाउने उद्देश्यले कार्यक्रमअन्र्तगत विशेष पशु उत्पादन (डेरी, बाख्रा, बङ्गुर र पशु सेवा बजार प्रवद्र्धन) कार्यक्रम सञ्चालन गरेको हो ।

सो कार्यक्रमअन्तर्गत व्यावसायिक फर्म सञ्चालन गर्ने युवालाई फर्मको वर्गीकरण गरी निश्चित रकम अनुदान दिने नीति लिइएको छ । कार्यक्रमअन्तर्गत व्यावसायिक गाई, भैँसीपालन व्यवसायलाई साना, मझौला र ठूला गरी तीन वर्गमा वर्गिकरण गरी अनुदान दिने नीति कार्यान्वयन गरेको छ । जसअन्तर्गत साना फर्मलाई प्रतिगाई रु २० हजार र प्रतिभैँसी रु ४० हजार, मझौलास्तरका फर्मलाई बढीमा रु तीन लाख र ठूला व्यावसायिक फर्मलाई बढीमा रु चार लाख अनुदान दिइन्छ । गत वर्ष जिल्लाले १५ गाई, भैँसी फर्म र चार बङ्गुरपालन व्यवसायीलाई अनुदान उपलब्ध गराएको थियो ।

 

बुध, पुस १५, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

दारी ग्याङ पथरीले यसरी मनायो दोस्रो वार्षिकउत्सव।

दारी ग्याङका सदस्य बेलबारी निवासी निशान्त घिमिरेको अनुसार आज मिति २०७४/११/०६ गते दारी ग्याङ को दोस्रो बार्षिक उत्सव को दिन Lion`s club को सहयोगार्थमा दारी ग्याङ पथरीको आयोजनामा पथरी शनिश्चरे स्थिति महेन्द्र राजमार्गमा Zebra cross reprinting गरिएको छ। उक्त कार्यक्रम सफल पार्न पथरी टार्फिक कार्यलयका...

दारी ग्याङ धरानले आयोजना गरेको रक्तदान कार्यक्रम

फागुन २ गते दारी ग्याङ धरानले  रक्तदान कार्यक्रम आयोजना गरेको छ /सामाजिक कार्यक्रमहरु पनि बिस्तारै आयोजना गर्दै आएको सो समुहले रक्तदान कार्यक्रममा २० पिन्ट ब्लड जम्मा भएको थियो / सोहि अवसरमा आफ्ना स्थानलाई सफा र राम्रो बनाउने उद्येश्यले भानुचोक स्थित लोकतान्त्रिक चौतारी पनि...

“दारी ग्याङ” अब धरानमा पनि

समय अनुरुप सामाजिक कार्यको परिभाषा पनि फरक फरक रही आएको छ। बिगत केहि समय यता सामाजिक सञ्जालहरु मार्फत समाजसेवा तथा सामाजिक कार्य गर्नेहरुको संख्या पनि बढ्दो रहेको छ। त्यस्तै सामाजिक सञ्जाल फेसबुक मार्फत “फेसबुक ग्रुप” संचालन गरि सामाजिक कार्यमा निक्कै नै अग्रसर रहेको एक लोकप्रिय समूह हो...

बलामी गाउँ मा पुनर्निर्माण तिब्र

बिनासकारी भुकम्प गयको ३  बर्ष बित्न लाग्दा यतिबेला भने नुवाकोटको ककनी गाउपालिका ७ स्थित बलामी गाउँ मा स्थाइ आवास को निर्माण कार्य तिब्र रूपमा अगाडि बदिरहेको छ। आवास को लागि सरकारले निकै अघि नै रकम निकासी गरेता पनि स्थानीय निर्बाचन र प्रतिनिधि सभाको निर्वाचन ले...

नागरिकको गुनासो सांसदसंग

सि आइ एन साझा खबरको नेतृत्वमा नुवाकोटको ककनी गाउपालिकामा हेलो सांसद नामक कार्यक्रम संचालन गरेको छ नुवाकोटको प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ उपस्थित उक्त कार्यक्रममा ककनीका  थुप्रै नागरिकहरुले गुनासो प्रस्तुत गरेका थियो  स्थानीय तहमा पार्टी वाद हाबी भएको भन्दै फरक पार्टीको मानिसको कामकार्वाहीमा ढिला सुस्ती भएको गुनसो स्थानीय...

बिकासको गतिमा ककनी गाउँ पालिका

नुवाकोट जिल्लाको ककनी गाउँ पालिका आठ वटा वडाहरु यतिखेर बिकाश निर्माणको क्रममा लागिरहेको देखिन्छन /स्थानीय निर्वाचन पश्चात बजेट  बिनियोजन भई पालिकाका आठ वडामा बजेट बांडफांड भए पश्चात यतिखेर सबै वडा अध्यक्षहरुका सक्रियतामा गाउँ गाउँमा विभिन्न विधाका बिकास कार्य क्रमहरु धमाधम अगाडी बधिराहेकाछन् /वडा न. ८ का...