स्वास्थ्य

डा केसीद्वारा सरकारलाई एकहप्ते अल्टिमेटम


सरकारले विगतका सहमति र राज्यकै नीतिविरुद्ध गएर संसदमा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पेश गरेको भन्दै डा.गोविन्द केसीले सरकारलाई सात दिनको अल्टिमेटम दिएका छन्।

‘चिकित्सा शिक्षा नीति निर्माण गर्ने तथा तत्काल मेडिकल शिक्षासम्बन्धी सम्पूर्ण निर्णयहरु गर्ने जिम्मेवारीसहित चिकित्सा शिक्षा आयोग बनाउन सरकारलाई यसै विज्ञप्तिमार्फत् एक साताको अल्टिमेटम दिन चाहन्छौं,’ बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै नयाँ चिकित्सा शिक्षा नीति ऐनका रुपमा जारी नहुँदासम्म सम्बन्धन, बिस्तारित कार्यक्रम, प्रतिष्ठान वा अरु कुनै पनि वहानामा चिकित्सा विषयका नयाँ शिक्षण संस्थाहरु नल्याउन सरकारलाई सचेत गराउँदै सोको सार्वजनिक प्रतिबद्धता गर्न स्मरण गराउन चाहन्छु।’

आफैंले विगतमा गरेका समझदारी र मन्त्री परिषद्ले विगतमा गरेका निर्णयलाई समेत लत्याउँदै सुधारको प्रक्रियामा अवरोध जारी राखिएमा नयाँ चरणका सशक्त कार्यक्रमहरु घोषणा गर्ने डा.केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

लामो समयदेखि मेडिकल शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर र पहुँच बिस्तारका लागि संघर्ष गर्दै आएका डा केसीसँग सरकारले चिकित्सा शिक्षा नीति बनाउने निर्णय गरेको थियो।

“पछिल्लो सम्झौता लगत्तै काम शुरु गरेको भए अहिलेसम्म चिकित्सा शिक्षा नीति ऐनका रुपमा आइसक्ने सम्भावना थियो । तर त्यो काम रोक्ने सरकारले उतिखेरको सहमति विपरीत ल्याइएको विधेयक चाहिं हतारहतार संसदमा पुर्‍याउनुले सरकारको नियत मेडिकल शिक्षामा सुधार गर्नु नभई हालसम्म भएका प्रगतिलाई पनि उल्टाउनु तथा केही व्यक्तिहरुको निहित स्वार्थ पुर्ति गर्न सघाउनु हो भन्ने देखिन्छ,” डा केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिस्ठान सम्बन्धी विधेयक संसदमा पेश गरी त्यसमार्फत मनमोहन मेडिकल कलेज सञ्चालनको बाटो खोल्ने गरी संसदमा विधेयक पेश गरेपछि केसीले आपत्ति प्रकट गरेका हुन् ।

“राज्यले हतार हतार एउटा नाफाका लागि खोलिएको संस्थालाई जबर्जस्ती कथित प्रतिष्ठानको रुप दिन खोजिरहेको छ । अर्कोतिर विभिन्न विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको प्रक्रियामा राजनीतिक हस्तक्षेप हटाउने कानुनी व्यवस्था गर्ने विगतको अर्को सहमति पनि यत्तिकै लत्याइएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

डा केसीले चिकित्सा शिक्षा नीति निर्माण गर्ने तथा तत्काल मेडिकल शिक्षासम्बन्धी सम्पूर्ण निर्णयहरु गर्ने जिम्मेवारीसहित चिकित्सा शिक्षा आयोग बनाउन सरकारलाई एक साताको अल्टिमेटम दिंदै त्यसो नगरिए कडा कदम चाल्ने चेतावनी दिएका छन्

बुध, पुस १५, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालका प्रथम टेस्टट्यूब बेबी ओममणि तामाङ प्रमुख अतिथि

काठमाडौं: दरबारमार्गस्थित होटल याक एन्ड यतिमा १४ वर्षीय बालक आकर्षणको केन्द्रबिन्दू बने। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टरहरु सम्मिलित कार्यक्रममा प्रमुख अतिथि उनलाई बनाइयो। डाक्टरहरुले ताली बजाएर उनको स्वागत गरे। ती बालक थिए, नेपाल पहिलो टेस्टट्यूब बेबी ओममणि तामाङ। ओममणि तामाङ कार्यक्रम थियो, आइभी एफ प्रविधिबाट (इन भेट्रो फर्टिलाइजेशन)बच्चा...

154 SHARES FacebookTwitterEmailMore ...

लागूऔषध दुर्व्यसनीहरुलाई लागूऔषध बेचेको आरोपमा प्रहरीले काठमाडौंका दुई मेडिकल सञ्चालकलाई पक्राउ गरे

  काठमाडौं– लागूऔषध दुर्व्यसनीहरुलाई लागूऔषध बेचेको आरोपमा प्रहरीले काठमाडौंका दुई मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ। बल्खुस्थित कार्की मेडिकल हलका सञ्चालक गोपाल कार्की र बाफलस्थित सौभाग्य मेडिकल हलबाट सुमन खनाललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। दुवै मेडिकलमा ट्रामा नामक लागूऔषध बिक्री वितरण हुने गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त...

भक्तपुरस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण

काठमाडौं : सोमवार साँझ ६ बजे भक्तपुरस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण गरेका छन्। अस्पतालको इमर्जेन्सीका मेडिकल अधिकृत डा सञ्जय त्रिपाठीलाई लक्षित गरी आक्रमण भएको थियो। आफू र छोरालाई विष पिलाइएको आरोप लगाउँदै बिरामीले डाक्टरले चेकजाँच सुरु गर्न लाग्दा आक्रमण गरेका हुन्। डक्टर्स...

पुरुषको स्तन बढ्ने रोग गाइनेकोमस्टिया

महिलामा जसरी स्तनको वृद्धि विकास जन्म पश्चात युवा आवस्थादेखि प्रौढसम्म देखिन्छ । त्यसरी नै पुरुषमा पनि जन्म पश्चात स्तनका अवशेष रहेको देखिन्छ । तर, सामान्यतया पुरुष स्तनको वृद्धि विकास हुँदैन। गाइनेकोमस्टिया भनेको पुरुष स्तन वढ्दै जाने समस्या हो। जसमा कारकका रुपमा स्तन ग्रन्थीका तन्तुहरु वा बोसो...

धनाढ्य डा.उपेन्द्र महतोका लगानीमा ललितपुरको भैसेंपाटीमा नेपालकै सुविधा सम्पन्न अस्पताल निर्माण

असोज । एनआरएनका संस्थापक अध्यक्ष एवं धनाढ्य डा.उपेन्द्र महतोका लगानीमा ललितपुरको भैसेंपाटीमा नेपालकै सुविधा सम्पन्न अस्पताल निर्माण भएको छ । साढे सात सय शैयाको अत्याधुनिक नेपाल मेडसिटी (एनएमसी) अस्पतालको बुधबार उद्घाटन हुँदैछ । नेपालमा एनआरएनको सम्मेलनको अवसर पारेर अस्पतालको उद्घाटन गर्न लागिएको हो । अस्पतालमा रेनल...