इतिहास संस्कृति/धर्म

के हुँदैछ भूकम्पले ढलेका पुरातात्विक सम्पदाको पुनर्निर्माण कार्य ?


भूकम्पले क्षतिग्रस्त भएका पुरातात्विक सम्पदाको  पुनर्निर्माणको जिम्मा पाएसँगै पुरातत्व विभागले केही पुरातात्विक सम्पदाको निर्माण तथा मर्मत कार्य समेत थालेको छ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार विभागले यो वर्ष ८३ वटा स्थानको निर्माण कार्य अघि बढाउने जिम्मा पाएको छ। साथै यी निर्माण कार्य अघि बढाउनको लागि ७८ करोड रुपैयाँ नेपाल सरकारले प्रदान गर्ने उनले जानकारी दिएका छन्।
यो निर्माण कार्य अघि बढाउनको लागि सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत राष्ट्रिय योजना आयोगबाट विभागले रकम माग गरिसकेको छ। केही पुरातात्विक धरोहरको भने निर्माण कार्य सुरु भइसकेको दाहाल बताउँछन्। उनका अनुसार भक्तपुरको चाँगुनाराणको मन्दिर निर्माण कार्य सुरु भइसकेको छ। यसको जिम्मा भने एक आईएनजिओलाई लगाएको दाहालले बताए।
त्यस्तै चीन सरकारले निर्माण गरिदिन लागेको हनुमानढोकाको नौतले दरबारको पनि काम अघि बढी सकेको छ। चिनियाँ टोलीले यसको अध्ययनको काम सकिसकेको छ। २०१६ को सुरुवातिदेखि नै यसको निर्माण कार्य अघि बढ्ने दाहालले जानकारी दिए।
बसन्तपुरको नौ तले दरबार र नुवाकोटको सात तले दरबार निर्माणको जिम्मा चीनले लिएको  छ। यसको निर्माणमा लाग्ने सम्पूर्ण खर्च चीनले ब्यहोर्ने भएको छ भने निर्माणको समयमा नियमन भने पुरातत्व विभागको रहनेछ।
त्यस्तै ललितपुरको रातो मच्छीन्द्रनाथ  र बुंगमतीको आनन्द कुटी बिहार भने श्रीलंका सरकारले बनाइदिने भएको छ। पुनर्निर्माण गर्दा बिश्वसम्पदा सुचीमा परेकालाई प्राथमिकतामा राखेको दाहालले जानकारी दिए। बिश्व सम्पदामा परेका र क्षति भएका धरोहरको निर्माण कार्य यसै वर्ष अघि बढाउने उनले बताए।
बिभागका अनुसार भूकम्पको कारण क्षतिग्रस्त भएका सम्पदामा स्वयम्भु, हनुमानढोका दरबार, पशुपतिनाथ मन्दिर, पाटन दरबार, भक्तपुर दरबार, चाँगुनारायण र बौद्धनाथ हुन्। यी सबैको डिजाइन तयार भइसकेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिएका छन्।
तर यी सम्पदाको निर्माण के कसरी गर्ने भन्ने बारेमा भने कार्यविधि अहिलेसम्म बनेको छैन। ‘अब भूकम्प आउँदा ति सम्पदा क्षतिग्रस्त नहुनेगरी कसरी निर्माण गर्ने भन्ने बिषयमा कार्यविधि तयार हुँदैछ’ कुवँरले भने। उनका अनुसार भूकम्पको समयमा क्षतिग्रस्त भएका धरोहर मध्ये ४० प्रतिशतको  पुुरातत्व विभागले डिजाइन तयार गरिसकेको छ।
विभागका अनुसार भूकम्पको कारण काठमाडौं उपत्यकामा सबैभन्दा बढी सम्पदाहरुको क्षति भएको छ। भूकम्पको कारण राजधानीका ४ सय ४४ सम्पदामा असर पुगेको छ। ८३ वटा जगैदेखि ढलेका छन् भने ३९ वटा सम्पदामा आंशिक क्षति पुगेको छ। हनुमानढोका दरबार क्षेत्रमा मात्रै ११ वटा सम्पदा ध्वस्त भएका छन्।
हनुमानढोका दरबारमा रहेको काष्ठमण्डप  पुरै ध्वस्त भएको छ। यो धरोहर १२ औ शताब्दी निर्माण गरिएको थियो। एकै रुखले  बनेको सम्पदाको रुपमा यसलाई चिनिने गर्दथ्यो। त्यस्तै लिच्छबीकालीन समयमा निर्माण भएको भक्तपुर दरबार स्क्वायर पनि क्षतिग्रस्त भएको छ। भक्तपुर दरबार स्क्वायरमा ५ वटा सम्पदा ध्वस्त भएका छन् भने १४ वटा आंशिक रुपमा क्षति भएका छन्।
ललितपुरको पाटन  दरबार स्क्वायर सातौ शताब्दीमा निर्माण भएको थियो। लिच्छबीकालमा कला सस्कृतिको रुपमा बिकास भएको यो दरबारको हातामा रहेका ६ वटा संरचना ध्वस्त भएका छन् भने २० वटामा आंशिक क्षति पुगेको छ।
स्वयम्भू २ हजार वर्षअघि निर्माण भएको थियो। वैशाख १२ को भूकम्पको कारण ४ वटा संरचना पुर्ण रुपमा ध्वस्त भएका छन् भने ९ वटा सम्पदामा आंशिक क्षति भएको छ। त्यस्तै हिन्दु धर्माबलम्बीहरुको आस्थाको धरोहर पशुपतिनाथ किराँतहरुले राज्यसञ्चालन गर्ने क्रममा निर्माण भएको थियो। यसमा ६ वटा संरचना पूर्ण रुपमा ध्वस्त भएको र २१ वटामा आंशिक क्षति पुगेको पुरातत्व विभागले जनाएको छ।
बिश्व सम्पदा सुचिमा परेका  स्वयम्भू, हनुमानढोका, पशुपति, पाटन दरबार, भक्तपुर दरबार चाँगुनारायण र बौद्धनाथको निर्माण तथा मर्मतको लागि डिजाइन तयार भइसकेको छ।  साथै यि क्षेत्रलाई सबैभन्दा पहिले निर्माण गर्ने गरि प्राथमिकतामा राखेको प्रवक्ता कुँवर बताउँछन्

बुध, पुस १५, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आए

२६ मंसिर, धनुषा । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका छन् । विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम आएका हुन् । निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सीधै जानकी मन्दिरमा गएका थिए । जानकी मन्दिरमा उनले पूजा गरेका छन् । विमानस्थलमा प्रदेश २...

नेपाल संवत् ११३९ देशभर विविध कार्यक्रम

कात्तिक, काठमाडौं । नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इसं ८८०० मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गरेका थिए । नेपाल संवतले...

संस्कृत भाषा देवभाषा वा देववाणी

  संस्कृत भाषा नेपाली देवनागरिक लगायत समस्त भारतीय उपमहाद्वीपका भाषाहरूकाे जननी हाे / विश्वकाे सबभन्दा प्राचीन भाषा हाे। ‘संस्कृत’शब्दकाे शाब्दिक अर्थ परिपूर्ण भाषा हाे । संस्कृत भाषा  पूर्णतया वैज्ञानिक तथा सक्षम भाषा हाे। संस्कृत भाषाकाे व्याकरणले विश्वभरिका भाषा विशेषज्ञहरूकाे ध्यानाकर्षण गरेकाे छ। यसकाे व्याकरणलार्इ देखेर नै अन्य भाषाहरूका...

नालाबारे जानकारी दिने महत्वपूर्ण पुस्तकहरु

१.श्रेष्ठ,प्रा डा पुरुषोत्तम लोचन, चट्टान अभिलेख र अन्य सम्पदा , बबिता श्रेष्ठ ,भक्तपुर : २०६७ २.ताम्राकार ,विश्वनाथ ,काभ्रेया न्हय गाँ ,नेवा देय़ दबु,काभ्रे :११३४ ३.ज्यापु पंच ,भाबो (तजिलजी ),कुत:पिकाक ,तिबुछें ,भक्तपुर :२०५७ चैत्र ११ ४.बज्राचार्य ,बर्णबज्र ,सृष्टि कान्ता लोकेश्वरया बाखं ,तिर्थ राज बुध्दाचार्य ,बनेपा :२०४७ ५.दुवाल,मोहन, झी नेवा: ,काभ्रे नेवा:...

सिएनएनको संसारका ५० मीठो पेयपदार्थको सूची ‘नेवा: ऐला’

अमेरिकी सञ्चार संस्था ‘सिएनएन’ ले संसारका ५० मीठो पेयपदार्थको सूची निकालेको थियो। नेपालको एउटा पेय सूचीको ४१ औं स्थानमा थियो। त्यो हो, ‘नेवाः ऐला’। अर्थात्, रक्सी। उक्त रक्सी वर्णन गर्दै सिएनएनले भनेको छ, ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ। यो पिउँदा घाँटीमा एकैछिन पोले...

सोह्र श्राद्ध

हरेक वर्ष शारदीय नवरात्र प्रारम्भ हुनुअघि आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ/ सोह्र श्राद्ध भाद्र शुक्लपक्ष पूर्णिमाबाट सुरु हुन्छ र असोज कृष्णपक्ष औंसीमा समाप्त हुन्छ ।श्राद्धको सीधा अर्थ हो आफ्ना पूर्वजहरूप्रति श्रद्धा । शास्त्रले भनेको छ- ‘श्रद्धया इदम् श्राद्धम्’ अर्थात् पितृहरूका  निमित्त श्रद्धापूर्वक गरिने...