उर्जा प्रमुख समाचार

पेट्रोल र डिजेलको आयात बढ्यो


petrol tankerपूर्वाञ्चलको विराटनगरको रानी भन्सार नाकाबाट अघिल्लो वर्षको तुलनामा यो वर्षको मङ्सिर महिनामा इन्धन आयात अवस्था वृद्धी भएको छ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका अनुसार पेट्रोल अघिल्लो वर्षको मङ्सिरमा दुई हजार १५२ किलोलिटर आएकोमा यो वर्ष मङ्सिरमा तीन हजार ६७२ किलोलिटर आयात भएको छ। त्यस्तै डिजेल गतवर्ष मङ्सिरमा ११ हजार ५९२ किलोलिटर आयत गरिएको थियो भने योवर्ष ११ हजार ६४३ किलोलिटर आयात गरिएको छ।
पेट्रोल साउनमा दुई हजार ९८४ किलोलिटर, भदौमा एक हजार ६६०, असोजमा एकहजार ६२८, कात्तिकमा दुई हजार ६०० र मङ्सिरमा तीन हजार ६७२ किलोलिटर आयात भएको नेपाल आयत निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख खिलेन्द्र कार्कीले जानकारी दिए।
त्यस्तै डिजेल साउनमा नौ हजार ९३२ किलोलिटर, भदौमा चार हजार ८४०, असोजमा चार हजार ४७२, कात्तिकमा सात हजार ३६८ र मङ्सिरमा ११ हजार ६४३ किलोलिटर आयात भएको छ । त्यस्तै मट्टितेल गत वर्षको मङ्सिरमा १९२ किलोलिटर आयात गरिएकोमा योवर्ष २०४ किलोलिटर आएको छ।
क्षेत्रीय प्रमुख कार्कीकाअनुसार आयातित डिजेल, पेट्रोलमध्ये पेट्रोल मङ्सिरमा ८१ प्रतिशत पूर्वाञ्चल बाहिर निर्यात गरिएको छ भने डिजेल ७३ प्रतिशत बाहिरिएको छ। असोज, कात्तिक र मङ्सिरमा पाँच हजार १०० किलोलिटर पेट्रोल र १५ हजार २० किलोलिटर डिजेल पूर्वाञ्चल बाहिर पठाइएको छ।
यसैबीच सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा पेट्रोलियम पदार्थ बिक्री हुँदा पारदर्शी हुने र सर्वसाधारणले सरल र सहजरुपमा पेट्रोलियम पदार्थ पाउने पूर्वाञ्चल आयल निगमले जनाएको छ। रासस

बुध, पुस १५, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चीन भ्रमण गर्न पूर्वप्रधानमन्त्रीहरूले यस्तो सुझाव दिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समृद्धिको सपना साकार हुने गरी विगतमा भएका सम्झौताको कार्यान्वयन र आर्थिक विकासमा केन्द्रित रही चीन भ्रमण गर्न पूर्वप्रधानमन्त्रीहरूले सुझाव दिएका छन् । आसन्न चीन भ्रमणबारे जानकारी दिन र सुझाव लिन प्रधानमन्त्री ओलीले आइतबार आयोजना गरेको छलफलमा समृद्धिका सपना पूरा...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर

सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता पछि दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् । यद्यपी सम्झौताका बुँदाहरु भने सार्वजनिक गरिएको...

सरकारले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना आन्तरिक स्रोत परिचालन गरेर निर्माण गर्ने घोषणा

जेठ, काठमाडौं । चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिइएको पश्चिम सेती जलविद्युत आयोजना आन्तरिक स्रोतबाटै बनाउने अर्थमन्त्री डा. युवराज खतिवडाको घोषणालाई सरकारकै अर्को निकाय लगानी बोर्डले खण्डन गरेको छ । अर्थमन्त्री खतिवडाले जेठ १५ मा सार्वजनिक गरेको आर्थिक वर्ष ०७५/०७६ को बजेटमार्फत सरकारले ७५० मेगावाटको पश्चिम सेती...

मुख्यमन्त्री डोरमणि पौडेलले आउँदो १० वर्षमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी हटाउने दावी

 जेठ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आउँदो १० वर्षमा मुख्य शहरबाट पेट्रोलियम पदार्थबाट चल्ने गाडी हटाउने दावी गरेका छन् । बिहीबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिंदै उनले यो योजना काल्पनिक नभइ यथार्थमा परिणत गरेर देखाउने...

सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुको अन्तरिक्रया हेटौंडामा शुरु

 जेठ, हेटौंडा । सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुको अन्तरिक्रया हेटौंडामा शुरु भएको छ । सातै प्रदेशका कामहरुमा एकरुपता ल्याउन र सहकार्यको वातावरण निर्माण गर्न प्रदेश ३ को आन्तरिक मामलिा तथा कानून मन्त्रालयले छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । ...

दुई पेट्रोल पम्पमा सिलबन्दी

नेपाल सरकारले मापदण्ड विपरित काम गर्ने दुई पेट्रोल पम्पलाई सिलबन्दी गरेको छ । सोमबार बिहान उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, मातहतका आयल निगम र गुणस्तर तथा नापतौल विभागले राजधानीका विभिन्न पेट्रोल पम्पमा अनुगमन गर्दा मापदण्ड विपरित काम गरेका प्रशान्ति आयल स्टोर एकान्तकुना र ललितपुरको सातदोबाटो...