राजनिति समाचार

प्रधानमन्त्री कामभन्दा कुरा बढी गर्दै हिडे : नेपाल


नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कामभन्दा कुरा बढी गरेर हिडेको आरोप लगाएका छन् ।
कोटेश्वरस्थित आफ्नै निवासमा बिहीवार विहान संचारकर्मीसँगको साक्षात्कारमा आम जनता कालोबजारी र महंगीको मार सहन वाध्य भइरहेका बेला प्रधानमन्त्री ओली भने आश्वासन बाँड्नमा मात्र सीमित भएको आरोप लगाएका हुन् ।
उनले जनतालाई आश्वासन भन्दा परिणाम देखिने काम चाहिएको भन्दै त्यसतर्फ ध्यान दिन प्रधानमन्त्री ओलीलाई सुझाव दिए। नेपालले सहमतिका लागि वातावरण बनाउने प्रमसख दायित्व सरकारको हुने भएकाले  प्रधानमन्त्री ओली सहमतिको वातावरण बनाउन क्रियाशिल नभएको आरोप समेत लगाए।
उनले ओलीले राष्ट्रको प्रधानमन्त्रीको रुपमा सबैसँग वार्ता र सम्वाद गरी सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनका लागि पहल गर्नुपर्ने बताए।नेता नेपालले मधेसवादी दलको आन्दोलनका कारण मधेसका जनताले नै सबैभन्दा बढी कष्ट सहनुपरेकाले मधेसवादी दलले तत्काल आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने र प्रदेशको सीमाकंनका विषयमा लचकता अपनाउनुपर्नेमा जोड दिए।
उनले सीमाकंनको विषय राजनीतिक समिति गठन गरेर टुंगो लगाउनु सबैभन्दा बढी उपयुक्त हुने र समितिमा सहमति जुट्न नसके सीमाकंनलाई थाँती राखेर संविधानको कार्यान्वयन गरिनु पर्नेमा जोड दिएका थिए ।

बिहि, पुस १६, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरे

काठमाडौँ, २४ मङ्सिर (रासस) ः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान,...

निर्मला पन्तको हत्यारा सार्वजनिककाे माग गर्दै देशका सबै ठाउँबाट नागरिक अभियान सशक्त

कञ्चनपुरकी १३ वर्षिय निर्मला पन्तको हत्यारा सार्वजनिककाे माग गर्दै देशका सबै ठाउँबाट नागरिक अभियान सशक्त बन्दै गएको छ । अभियानकर्ताहरुले निर्मलाका लागि न्याय माग्दै सोमबार इटहरीमा समेत पोस्टर टासेका छन। एमआरआर इटहरीका अभियानकर्ताले ‘सरकार भेटियाे न्याय भेटिएन’ लेखिएका पोस्टर इटहरीको मुख्य चोक चोकमा टासेका थिए।...

सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिन जोर–बिजोर प्रणाली लागू गरे

१३ मंसिर, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिन जोर–बिजोर प्रणाली लागू गरेको छ । मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर प्रणाली लागू गर्न लागिएको हो । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा मंसिर १४ देखि १७...

नेकां नेता अर्जुननरसिंह केसीले प्रम केपीओली जंगबहादुर,स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको आरोप लगाए

कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टस क्लबमा आयोजित साक्षातकारमा उनले प्रधानमन्त्रीमा शक्तिको उन्माद देखिएको र जंगबहादुर बन्न बन्ने तिब्र आकांक्षा देखिएको बताएका हुन् । ‘प्रधानमन्त्रीले काम...

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति काठमाडौँको भवन निर्माण कार्य २१ वर्षमा सम्पन्न

कात्तिक, काठमाडौं । नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति काठमाडौँको भवन निर्माण कार्य २१ वर्षमा सम्पन्न भएको छ । ‘गणेशमान स्मृति भवन’ नामकरण गरिएको उक्त भवनको शिलान्यास विसं २०५४ मा भएको थियो । काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा निर्माण भएको चार तलाको १६ कोठे उक्त भवनको शनिबार १०४ औँ...

देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आव्हान गरे

कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आव्हान गरेका छन् । सभापति देउवाले आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न पार्टीका सबै नेता, कार्यकर्तालाई सचेत गराएका हुन् । तिहार तथा...