साहित्य

उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजीमा


नेपालका पहिलो डलर अर्बपति विनोद चौधरीको बहुचर्चित आत्मकथा अब अंग्रेजी भाषामा उपलब्ध छ । दुई वर्षअघि नेपाली भाषामा प्रकाशन भएदेखि प्रमुख पुस्तक पसलहरुमा सर्वाधिक विक्रीको सूचीमै कायम रहेको यो पुस्तकको अंग्रेजीे संस्करणले पाठकको दायरा बढ्ने विश्वास प्रकाशकले गरेको छ ।

Binod-Chaudhary-Lifestory-Bअंग्रेजी संस्करणले यी अर्बपतिका सन् २०१३ पछिका नयाँ विवरणहरु समेट्नुका साथै भारत एवं अन्यत्र पनि उनका पछिल्ला व्यावसायिक विस्तार र उपलब्धिका बेलिबिस्तार वर्णन गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनका धर्मपुत्र जीतबहादुरलाई उनको परिवारसँग भेट गराउनका निम्ति चौधरीले निर्वाह गरेको भूमिकाका लागि धन्यवादसमेत दिएका थिए । अंग्रेजी संस्करणमा यसको सविस्तार वर्णन गरिएको छ ।

‘विछोड भएका परिवारजनसँग कसैको पुनर्मिलन गराइदिनु पुण्यको काम हो र गर्नेलाई पनि यसबाट असाध्यै सन्तुष्टि मिलिरहेको हुन्छ,’ चौधरी भन्छन् ।

‘चौधरीको पुस्तक प्रकाशित भएलगत्तै उनी विश्वप्रसिद्ध फोर्ब्स पत्रिकाको अर्बपति सूचीमा समावेस हुनु एउटा सुखद संयोग थियो,’ पुस्तकका नेपाली र अब अंग्रेजी संस्करण समेतका प्रकाशक नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘चौधरीजस्ता ब्यक्तित्वहरुका कथा नेपालबाट अन्तर्राष्ट्रिय पाठकहरुको घेरासम्म पुग्नु जरुरी छ भन्ने लागेरै अंग्रेजी भाषा मार्फत् यसको दायरा अझ बिस्तृत पार्ने सोचाइमा हामी पुगेका हौं ।’

यो पुस्तकको अनुवाद गर्ने अभिभारा जसले बोकेका थिए, आज पुस्तक छापिएपछिको स्वरुप हेर्नका निम्ति उनी यस संसारमा रहेनन् । यो पुस्तकलाई अनुवाद गर्नका निम्ति अथक योगदान दिएका पत्रकार संजीव घिमिरेप्रति नेपालय र विनोद चौधरीले विशेष आभार प्रकट गरेका छन् । सुदिप श्रेष्ठसँगको सहकार्यमा लेखिएको मूल पुस्तकलाई यसका पाठकहरुले भाषा र शैलीका हिसाबले मन पराएका थिए ।

‘लेखकका रुपमा परिचय बनाएपछि सार्वजनिक जीवनमा मेरो ब्यक्तित्वको अर्को आयाम विकास हुनपुग्यो जुन मैले चिताएको थिइँन,’ चौधरी भन्छन्, ‘पुस्तकसँग जोडिएको पहिचान मैले आजीवन सार्वजनिक जीवन बिताउँदाको अनुभवभन्दा एकदमै बेग्लै हुनपुग्यो ।’

गणबहालस्थित सरकारी स्कुलको विद्यार्थी जीवनदेखि खिचापोखरीका सडकमा खेल्दै र हुर्कदै गरेका चौधरी, उद्योग वाणिज्य संघको नेतृत्वसम्म अनि आजसम्म अन्य कुनै नेपाली पुग्न नसकेको ब्यावसायिक विस्तारको रोचक गाथा यस पुस्तकमा समेटिएका छन् ।

उनको चाउचाउ ब्राण्ड ‘वाइवाइ’ले दुई अर्ब प्याकेटभन्दा बढी उत्पादनको कोशेढुंगा कायम गरिसकेको छ भने यो उत्पादन दैनिक लाखौं उपभोक्ताका हातमा पुगिरहेको छ ।

उनको व्यावसायिक साम्राज्य र ब्यक्तिगत पहुँच आज नेपाल भित्रमात्रै सीमित नरहेर विश्वभर बित्तीय संस्थाहरु, रियल स्टेट लगानी, सेवा उद्योग, सिमेन्ट र खाद्य एवं पेय उत्पादनमार्फत दिनप्रतिदिन बिस्तार हुँदै गइरहेका छन् । यतिबेला आठवटा मुलुकमा ८८ वटा होटल चलाइरहेको उनको टिमले सन् २०२० भित्रमा दुई सयवटा होटल पुर्‍याउने संकल्प लिएको छ ।

फोर्ब्सले उनलाई उल्लेख गर्दै उनको परिवारलाई सन् २०१३ मा विश्वकै अर्बपतिहरुको सूचीमा समावेश गरेको थियो । त्यतिबेलादेखि नै उनले फोर्ब्समा उल्लेखित नेपालका पहिलो र अहिलेसम्म पनि एक्ला अर्बपतिको पहिचानलाई कायम राख्दै आएका छन् ।

मुलुक भित्र मात्र नरहेर यस भेगकै राजघरानादेखि राजनीतिमा महत्वपूर्ण भूमिका निभाउने नेताहरुसम्मको पहुँच र पकडले उनको जीवनलाई नै स्वादलाग्दो बनाएको छ । यस्ता सम्पर्क र उठबसहरुले उनलाई बेला बेलामा चर्चा र विवादको घेरामा पनि नतानेको भने छैन ।

यसै वर्ष महाभूकम्पलगत्तै जब उनले राहत आव्हानका साथै सहयोगका निम्ति मैदानमा उत्रिए, उनी फेरि फोर्ब्सको अर्को सूचीमा देखापरे, चालिस सर्वश्रेष्ठ दाताका रुपमा ।

‘अंग्रेजीका पाठकहरुसँग मेरो जीवनका भोगाइहरु साट्न पाउँदा म असाध्यै खुशी छु,’ चौधरी भन्छन्, ‘पाँच वर्षअघि चिलीमा ८.८ रिक्टर स्केलको भूकम्पबाट बाँचेपछि मलाई जीवनी लेख्ने उत्प्रेरणा मिलेको थियो, यसवर्ष नेपालमै अर्को ठूलो भूकम्पको धक्का बेहोरेपछि त्यो अठोट अझ बलियो बन्न पुग्यो, मुलुकका भावी पुस्ताको निम्ति मेरो जीवन र भोगाइ उत्प्रेरक बनिदिन सकेछन् भने म शौभाग्यशाली ठान्नेछु ।’

उनको जीवनीको अंग्रेजी संस्करण ‘विनोद चौधरी–माइ लाइफः फ्रम द स्ट्रिट्स् अफ काठमान्डू टु अ बिलियन डलर एम्पायर’ पुस्तक पसलहरुमा उपलब्ध छन् । यसको मूल्य छ सय ७५ रुपैयाँ राखिएको छ ।

– See more at: http://www.onlinekhabar.com/2015/12/369138/#sthash.qtfwFMHt.dpuf

शुक्र, पुस १७, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अनि सर्बहारा बर्ग रुदै छ : अर्जुन बूढाथोकी

नेपाल आमा मात्र होइन सारा रुदै छ शोषित पिडित अनि सर्बहारा बर्ग रुदै छ सान्ती भुमी देश नेपाल रगतको ताल हुदा तेसैले त फेवा अनि रारा रुदै छ न नेपाल आमा मात्र होइना सारा रुदै छ दिन दिन हाम्रो सिमा अतिक्रमन हुदा खेरी तेसैले त बार्सा आनि बारा रुदै छ नेपाल आमा...

‘बिल गेट्स पण्डित’मा पैसामुखी समाजलाई व्यंग्य

हरेकको आ–आफ्नो दर्शन हुन्छ । दर्शन अनुसार मान्छेले जीवनको लय र ध्येय समात्छ । कसैलाई पैसा कमाउनु नै सबथोक हुन्छ भने कोही पैसालाई रौँ बराबर महत्त्व दिँदैनन् । तर, हाम्रो सामाजिक नियति कस् तो छ भने धनलाई सफलताको मानक मानिन्छ । जति धेरै धन कमायो,...

राजन मुकारूङले पाए ‘पहिचान पुरस्कार’

काठमाडौं । आख्यानकार राजन मुकारुङले दुई लाख रुपैयाँ राशीको ‘पहिचान पुरस्कार’ पाएका छन् । पहिचानको पक्षमा १५ बर्षअघिदेखि कलम चलाउँदै आएका मुकारुङलाई उनको ‘फेरिँदो सौन्दर्य’कृतिका लागि २ लाख २ हजार २ रुपैयाँ राशीको ‘पहिचान पुरस्कार’ प्रदान गरिने निर्णय भएको हो  । भोजपुरको दिल्पा नागी गा.वि.स.मा जन्मिएका...

अशोकमानको ‘म पनि त मान्छे हुँ’ कृति बजारमा

काठमाडौँ :  कलाकार तथा साहित्यकार अशोकमान सिंको ‘म पनि त मान्छे हुँ’ कृति आजदेखि बजारमा आएको छ।  रिड एण्ड राइट पब्लिसीङ हाउसले प्रकाशनमा ल्याएको कृतिमा समाजमा अपाङ्गता भएका किशोर किशोरीलाई केन्द्रित गरी कथावस्तु प्रस्तुत गरिएको छ। कृतिमा साना पाँच लघु उपन्यास कृतिमा समेटिएका छन्।  यहाँ...

​यसरी जन्मियो बुद्धिसागरको फिरफिरे

काठमाडौं : कुनै दिन बुद्धिसागरले दुई बालकलाई भेटे ११/१२ वर्षका। कटासे बसपार्कमा उनीहरु काठमाडौं जाने बस खोज्दै थिए। काठमाडौं जाने बस नपाइने त्यो बसपार्कमा काठमाडौं जाने बस खोज्दै हिँडेका बालकहरु देखेपछि काउन्टरमा मान्छे पनि दंग परे। जब मान्छेहरुले ती बालकलाई उनीहरुको यात्रा बारे प्रश्न गरे,...

अतुल स्मृति गुरुकुल सम्मान २०७२ बाट साहित्यकार प्रकाश सायमीलाई

काठमाडौं, माघ ८ – अतुल स्मृति गुरुकुल काठमाडौंले अतुल स्मृति गुरुकुल सम्मान २०७२ बाट साहित्यकार प्रकाश सायमीलाई सम्मान गरेको छ । तबलाबादक अतुल गौतमको सम्झनामा गठित गुरुकुलले ४४ औँ अतुल स्मृति दिवसको अवसरमा काठमाडौं पशुपति क्षेत्रमा गरेको एक कार्यक्रममा साहित्यकार सायमीलाई सम्मान गरेको हो । यस्तै सतिशचन्द्र सानुबाबा...