कृषि प्रविधि

टेलिकमले अब कृषकलाई कृषि प्रविधि र मौसमबारे जानकारी दिने


काठमाडौं – नेपाल टेलिकम र कृषि विकास मन्त्रालय, कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना बीच किसानहरुलाई एग्रो क्लाइमेट वेदरसम्बन्धी विशेष सूचना प्रवाह गर्न सह कार्य गर्ने सम्बन्धमा आज संझौता सम्पन्न भएको छ । सो सम्झौता पत्रमा नेपाल टेलिकमका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र नकर्मी र कृषि व्यवस्थापन सूचना प्रणाली आयोजनाका निर्देशक शिव नन्दन शाहले हस्ताक्षर गरे ।

उक्त हस्ताक्षर कार्यक्रममा कृषि विकास मन्त्रालयका सहसचिव डा श्याम प्रसाद पौडेलले किसानहरुलाई एग्रो क्लाइमेट वेदरसम्बन्धी विशेष सूचना प्रवाह गर्न नेपाल टेलिकमले सहयोग गरेकोमा धन्यवाद दिदै यस कार्यक्रमबाट किसानहरु लाभान्वित हुने बताए । सो कार्यक्रममा बोल्दै नेपाल टेलिकमका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र नकर्मीले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कृषि क्षेत्रको विकास तथा किसानहरुको हितका लागि नेपाल टेलिकमले सहयोग गर्न पाएकोमा गौरवको महसुस भएको बताए ।
यस कार्यक्रम अनुसार किसानहरुलाई रु.१ सयको टक भ्यालु सहितको निःशुल्क किसान सीम उपलब्ध गराउनुका साथै स्तरीय सेवा प्रवाह गर्न “हाम्रो कृषि” मोबाइल एप्लिकेसन, कृषि–पूर्व सूचना प्रणाली, टोल फ्रि नम्बर (१६६००१७७७७९), अडियो नोटिस, कृषि इन्फो एसएमएस जस्ता सेवाहरु उपलब्ध गराइने छ ।

एन्ड्रोइड स्मार्ट फोन भएका किसानहरुले “हाम्रो कृषि” नामक एपबाट मौसम सम्बन्धी जानकारी, कृषि र प्रविधी, कृषि कार्यालयका नम्बरहरु, वीमा अभिकर्ता समबन्धी जानकारीहरु र अन्य सफलताका कथाहरुबारे जानकारी लिन सक्नेछन् । सम्झौता अनुसार प्रथम चरणमा ८ जिल्ला र दोस्रो चरणमा ८ जिल्ला र तेस्रो चरणमा ९ वटा जिल्ला गरी कूल २५ जिल्लाहरुमा कार्यक्रम सञ्चालन गरिने छ ।
सम्भौता अनुसार यस कार्यक्रम अन्तर्गत नेपाल टेलिकमले प्रथम चरणमा १५ सय र दोस्रो चरणमा ४ हजार वटा सिम कार्डहरु (रु.१०० को टक भ्यालु सहित) कृषि विकास मन्त्रालय, कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना मार्फत किसानहरुलाई निःशुल्क उपलब्ध गराउनेछ । वितरण भएका सिम तथा रिम कार्डहरु मध्ये कृषि विकास मन्त्रालयले तोकिएका नम्बरहरुमा मासिक रुपमा १५ एमबी डाटा उपलब्ध गराउने छ । त्यसैगरी नोटिस बोर्ड सेवा तथा टोल फ्रि सेवा पनि किसानहरुलाई उपलब्ध हुनेछ ।

त्यस्तै, एसएमएस मार्पmत कृषकहरुले सूचना लिन ५ डिजिटको सर्ट कोड मन्त्रालयलाई कम्पनीको प्रचलित दररेटमा उपलब्ध गराउने र पुस एसएम एस कम्पनीको प्रचलित सार्वजनिक सरोकारका क्षेत्रको लागि तोकिएको विशेष सहुलियत दररेटमा कम्पनीले उपलब्ध गराउने छ ।

 

शुक्र, पुस १७, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सरकारलाई टेलिभिजनको डिजिटाइजेशन अघि बढाउने बाटो खुले

फागुन, काठमाडौं । सरकारलाई टेलिभिजनको डिजिटाइजेशन अघि बढाउने बाटो खुलेको छ । सर्बोच्च अदालतले यसअघि दिएको अन्तरकालीन आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि एनालग केबल टेलिभिजनहरु बन्द गर्ने सरकारी निर्णय कार्यान्यवन हुने भएको हो । अब सरकारले यसअघि सुरु गरेको एनालग टेलिभिजन बन्द गर्ने काम अघि बढाउन...

पौरखी चिनियाँः भाडामा बारी, नेपालीलाई तरकारी !

पोखरा । नेपालका गाउँठाउँ घुम्दा देखे, सबै खेतबारी बाँझो छन् । मान्छेहरु सबैकुरा किनेरै खाइरहेका छन् ।’ यो देखेपछि उनलाई जुक्ति फुर्‍यो, अब यसैको फाइदा उठाउने र यहीँ खेतीकिसानी गर्ने । चीनको सुछाङ सहरका ३० वर्षे तन्नेरी स्याङ साओहुवा हुन्, उनी । काम नगरी किनेरै खाने...

आकर्षक नारा लगाए पनि संघीयताको शुरुवाती अभ्यासमै कृषिलाई चरम उपेक्षा गरिए

  पुस, काठमाडौं । सरकारले कृषि उत्पादन वृद्धि गरेर आयात न्यूनीकरण गर्ने आकर्षक नारा लगाए पनि संघीयताको शुरुवाती अभ्यासमै कृषिलाई चरम उपेक्षा गरिएको गुनासो सरोकारवालाको छ । संघीय संरचनामा कृषिलाई थप महत्व दिएर अघि बढाउनुपर्ने भए पनि उक्त शीर्षकमा बजेट विनियोजनमा गरिएको कञ्जुस्याइँ र कार्यान्वयनको फितलोपनले कृषि...

बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाए

बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाएका छन् । बेलायतको बिंघम्टन विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो बायो ब्याट्रीको विकाश गर्न सफल भएका छन् । यो ब्याट्रीलाई भविष्यमा जिउमा पहिरिन सक्ने ग्याजेटमा राख्न सकिने सम्भावना रहेको वैज्ञानिकहरुले जनाएका छन् ।   विश्वविद्यालयको इलेक्ट्रिकल तथा कम्प्युटर साइन्स विभागका सहायक...

सरकारले छिट्टै उपत्यकाका पाँच नाकामा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ (आरएफआईडी) प्रणाली जडान गर्दै

 मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा बेला-बेलामा हत्या र अपराधका घटना हुने गरेका छन् । अपराधीको पहिचान हुने कुनै प्रविधि नहुँदा घटनामा संलग्न हुनेहरु लामो समय प्रहरीको आँखाबाट जोगिन सफल हुँदै आएका छन् ।   तर, अब त्यो इतिहास बन्ने क्रममा छ । सरकारले छिट्टै उपत्यकाका पाँच नाकामा...

गत वर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फले

काठमाडौं – यो वर्ष १ खर्ब ८ अर्ब रुपैयाँबराबरको धान उत्पादन हुने भएको छ । गत वर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फलेको हो ।  अहिलेसम्मकै इतिहास तोड्दै यो वर्ष सबैभन्दा धेरै धान उत्पादन हुने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ। आर्थिक वर्ष २०७३/७४ मा १...