राजनिति

मन्त्री फिर्ता बोलाउन प्रचण्डको चेतावनी


एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८१ दिन पुरानो सरकारसँगको असन्तुष्टि सार्वजनिक गर्दै आफ्ना दलका मन्त्रीहरुलाई कुनै पनि समयमा सरकाबाट फिर्ता गर्ने चेतावनी दिएका छन् ।

पार्टीको तीन नम्बर प्रदेशको दुई दिने बैठकलाई बिहीबार पेरिसडाँडामा सम्बोधन गदैं उनले यस्तो चेतावनी दिएका हुन् ।
दाहालले दलका मन्त्रीहरुलाई फिर्ता हुनका लागि मानसिक रुपमा तयार हुन निर्देशन दिए पनि यसमो समयसीमाबारे भने केही उल्लेख नगरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

भारतीय नाकाबन्दी, कालोबजारी, चिसोले भूकम्पपीडितको मृत्यु भइरहेका बेला मन्त्रालय विभाजन गरी जम्बो मन्त्रिपरिषद बनाउने प्रधानमन्त्री केपी ओलीको निर्णय, मन्त्रीहरुका अलोकपि्रय निर्णय र मन्त्रीहरुको कार्यशैलीप्रति पार्टीभित्र गुनासो बढ्दै गएपछि दाहालले कार्यदक्षता देखाउन नसक्ने नेताहरुलाई सरकारमा राखिराख्नु पार्टीका लागि हित नहुने बताएका हुन् ।

 

शुक्र, पुस १७, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

संघीय समाजवादी फोरम नेपाल लाजै नमानी संघीय सरकारमा गएपछि ….

 जेठ, सप्तरी । संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा गएपछि सप्तरीबासी जिल्लाको विकास हुनेमा आशावादी देखिएका छन् । निर्वाचनका बेला पार्टी अध्यक्ष उपेन्द्र यादवले दिएका आश्वासन र गरेका बाचा पूरा हुने सप्तरीबासीको विश्वास छ । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका यादव उपप्रधान तथा...

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो

जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार राति केन्द्रीय सदस्यको सूची तयार पारेका हुन् । नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २४१...

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन

जेठ, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो । दुई पार्टीबीच बिहीबार नै एकता हुने भएकाले एमाले र माओवादी पार्टी विघटनका लागि दुई...

रसुवाको बोगटीटार स्थित जिरो किलोमा कुकरबम

रसुवाको बोगटीटार स्थित जिरो किलोमा कुकरबम भेटिएको छ । नेकपाले गरेको बन्दको क्रममा बम भेटिएपछि स्थानीयको त्यहा भिड लागेको छ ।इलाका प्रहरी कार्यलय बेत्राबती पनि बम कस्ले राखेको भन्नेमा दुबिधामा छ ।नेकपाले पनि घटनाको जिम्मा लिएको छैन । ...

नेकपा (माले)ले काल माक्स सम्झना ग¥यो

काठमाडौं । आज कालमाक्र्सको २०० औं जन्म जयन्तीको अवसरमा नेकपा मालेले कालमाक्र्सले देखाएको मार्गदर्शन सिद्धान्तलाई सम्झना गर्दै मालेको केन्द्रीय कार्यालयमा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको स्थायी कमिटी सदस्य डम्बरबहादुर श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियो । पार्टीका महासचिव सिपी मैनाली, स्थायी कमिटी सदस्य डम्बर बहादुर...

धादिङको महादेवबेसीमा सडकमा गुडिरहेका ४ सवारी आपसमा ठोक्किएपछि अचानक आगलागी

धादिङको महादेवबेसीमा सडकमा गुडिरहेका ४ सवारी साधन एक आपसमा ठोक्किएपछि अचानक आगलागी भएको छ । बुधबार पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका वडा नं २ अन्र्तगत महादेवबेसीमा चारवाट सवारी साधन एक आपसमा ठोकिएको हो । घटनामा मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट...