प्रविधि

नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स


नेपालका उत्साहित एप्स डेभलपरहरूलाई प्रोत्सहान तथा तीनको सिप वृद्दिका लागि आयोजित प्रतियोगितामा एउटा समूह त्यस्तो पनि निस्कियो जसले नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स निर्माण गरिरहेका थिए। ‘एप्स झोला’ नामक यस एप्सले एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूका लागि छुट्टै नेपाली एप्स स्टोर बनाइरहेको छ।
आफ्नो ‘एप्सझोला’को बारेमा कुरा गर्दा यसका दुई सदस्यहरू प्रभात मान श्रेष्ठ तथा मात्रिका घिमिरेले आफ्नो एप्सले नेपाली एप्स निर्माताहरूको समस्यालाई एउटा हदसम्म सम्बोधन गर्ने बताए। ‘एप्स झोला’ नै किन भन्ने प्रश्नमा प्रभातले भने, ‘नेपाली एप्सहरू गुगल प्ले स्टोरमा नभएका होइनन तर पेमेन्ट गेटवेका कारण गार्हो छ। त्यसैले नेपालमा यस्तो एउटा एप्स स्टोल खोलौ जसले गर्दा नेपालीहरूलाई सजिलो हो भन्ने विचारका साथ यो एप्सला अघि सारिएको हो।’
उनको यो भनाइमा मात्रिकाले पनि केही कुरा थपे, ‘आफूले बनाएका एप्स प्रयोकर्ताहरू समछ पुर्याउन त्यती सजिलो त छदैं छैन। हाम्रा सिनियरहरूले पनि एउटा एप्स सम्बन्धी काम गर्दा उहाँहरूले प्रशिक्षण दिनु भएका केही डेभलपरहरूले प्ले स्टोरहरूमा एप्स राख्न भने केही राखियो तर आएका सबै राख्न पेमेन्टकै करण समस्या पर्यो। त्यही भएर उहाँहरूले यसो गर्यो भने नेपाली डेभलपरहरूलाई केही हदसम्म सहयोग होला भनेर यसको सुरूवात हुनपुगेको हो।’
एप्सझोलामा डेभलपरले १ हजार रूपयाँ तिरेर डेभलपर खाता खोल्न सक्छन जूज प्लेस्टोरका दाजो धेरै सस्तो र सजिलो भएको उनीहरूको दाबी छ। उनीहरुका अनुसार उनीहरूको एप्स स्टोरबाट प्रयोगकर्ता एवम डेभलपर दुबैलाई धेरै फाइदा हुन्छ। एप्सझोलाले डेभलपरलाई आफ्नो एप्स कहाँ राख्ने भन्ने समस्याबाट एकातर्फ छुटकारा पाँउछन भने अर्को तर्फ प्रयोगकर्ताले पनि नेपाली एप्सका लागि धेरै मिहेनत गर्नुपरेन।
‘प्रयोगकर्ताले नि:शुल्क एप्स चलाउँदा त खासै समस्या परेन तर स-शुल्क एप्स चलाउनु पर्यो भने अप्ठ्यारो पर्छ।’ मात्रिकाले भने। एप्स झोलामा कस्ता कस्ता एप्सहरू उपल्ब्ध छन त भने प्रश्नमा उनीहरूले हाल विजनेश, इन्टरटेन्मेन्ट, गेम्स, फाइनान्स जस्ता विभिन्न विधामा गरेर करिब ७० वटा एप्स उपल्ब्ध छन। अहिले यो एप्स सुरूवाती प्रक्रियामै रहेकाले आगामी दिनेमा नेपाली डेभलपरका एप्सहरू खोजीखोजी राखिने उनीहरूले जानकारी दिए।
एप्सझोलामा स-शुल्क एप्सहरूलाई इसेवाको माध्यमबाट खरिद गर्न सकिने  र निकट भविष्यमा अरू पेमेन्ट सर्विसलाई पनि थपिदै लगिनेछ। एनसेल मोबाइल क्याम्प उनीहरूका लागि विभिन्न हिसावले उपयोगी रहेको बताउन पनि उनीहरूले विर्सेनन। यस मोबाइल क्याम्पले उनीहरूलाई कस्ता एप्स बनाउनुपर्ने, तीनको बजारीकरण र एप्सका सम्भावित लगानीकर्ता समछ आफ्नो प्रोडक्टको बारेमा दिनुपर्ने प्रस्तुती जस्ता कुराले थप आत्मविश्वास बढाएको उनीहरूको अनुभव छ।
उनीहरुका अनुसार एनसेलले यो पुरस्कारसहितको प्रतियोगिताले नेपाली एप्स डेभलपरहरूलाई उत्साह थपने काम गरेको विचार उनीहरूको रह्यो। यसले ठूलाठूला लगानीकर्तालाई आकर्षित गर्न पनि सहयोग पुर्याएको छ। एनसेल मोबाइल क्याम्प जितिन्छ त भन्दा उनीहरूले अन्य साथीहरूको एप्सहरू पनि उत्तिकै सशक्त छन तर हामीले आफूलाई पनि त्यस क्याम्पको सम्भावित विजेताका रूपमा देखिरहेका छौं

शुक्र, पुस १७, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

११ मंसिर, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार मंगलबार बिहान करिब पौने २ बजेतिर मंगल ग्रहमा अवतरण गरेको हो । मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक...

युट्युबमा सिर्जनात्मक भिडियोहरु राखेर अथाह पैसा पनि कमाउन सकिन्छ,अर्बौं कमाउँछन् २७ वर्षे तन्नेरी

फुर्सदको समयमा रिफ्रेस हुन र विभिन्न सूचनाको लागि विश्वभरका मानिसले भिडियो सेयरिङ साइट युटयुबको प्रयोग गर्ने गर्छन् । यही युट्युबबाट कैयन युट्युबरले करोडौं पैसा कमाइरहेका छन् । युट्युब भनेको भिडियोहरु हेर्नको लागि मात्रै हो भन्ने हाम्रो मान्यता रहेको छ । तर, युट्युबमा सिर्जनात्मक भिडियोहरु राखेर अथाह...

‘हो, म वीर्य बेच्छु तर मैले कुनै अपराध गरेको छैन’

‘विक्की डोनर’ मा त अडल्ट तस्बिर लगाइएको थियो तर यहाँ त एउटा वाशरुम छ जहाँ पर्खाल, कमोड, धारा र वाशबेसिन छ । पहिलो पटक निकै असहज महसुस भैरहेको थियो । आफ्नो कोठामा हस्तमैथुन गर्नु र बेच्नका लागि गर्नुमा निकै ठूलो फरक छ । वाशरुममा एउटा प्लास्टिकको कन्टेनरमा...

नितम्बको आकार बढाउने यो फेसन

फेसनको दुनियाँमा कहिले कुन ट्रेण्डको हावा चल्छ भन्ने कुराको अनुमान लगाउन पनि गाह्रो हुन्छ । अहिले ब्राजिलियन बट लिफ्ट अर्थात् बिबिएल फेसन यस्तो गरी बढिरहेको छ कि मानिसहरु आफ्नो ज्यानसम्म दाउमा लगाइरहेका छन् । एकजना महिला, जो ३ सन्तानकी आमा हुन् उनी यहीँ सर्जरीका लागि इंगल्याण्डबाट...

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले इतिहासमै पहिलोपटक सूर्यको सबैभन्दा नजिक पुग्ने

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले इतिहासमै पहिलोपटक सूर्यको सबैभन्दा नजिक पुग्ने यानको प्रक्षेपण गरेको छ । पार्कर सोलर प्रोव नामक अन्तरीक्षयानलाई नासाले फ्लोरिडास्थित केप केनरेभलबाट प्रक्षेपण गरेको हो । पार्कर सोलार प्रोब सूर्यको सबैभन्दा नजिक पुग्ने यान हुनेछ ।   स्थानीय समयअनुसार आइतबार बिहान साढे ३ बजे उक्त यानलाई...

काभ्रेको बनेपामा पनि यस्तै विमानस्थल बन्ने हो ; सन्दर्भ निर्माणधीन वुसान विमानस्थल ।

काठमाडौं । धेरैका लागि असम्भव भएका धेरै कुरा चीनका लागि भने सम्भव देखिएको छ । त्यसको पछिल्लो उदाहरण हो, निर्माणधीन वुसान विमानस्थल । चिनियाँ कामदारहरुले नयाँ विमानस्थल निर्माण गर्न एउटा पहाडै काटिदिएका छन् । चोङक्विङका कामदारहरुले समुन्द्री सतहबाट पाँचहजार नौ सय फिट अग्लो पहाडको टुप्पो काटेर...