प्रमुख समाचार राजनिति समाचार

राजेन्द्र महतोको नागरिकता छानविन गर्न माग गर्दै


सरकारको नेतृत्व गरिरहेको एमालेसमर्थित युवा संघले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकता छानविन गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

युवा संघले शनिबार गृह मन्त्रालय पुगेर गृहमन्त्री शक्ति बस्नेतलाई चार पृष्ठको ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा महतोले झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको दाबी गर्दै उनको नागरिकता रद्ध गरी कानून बमोजिम कारबाही गर्न माग गरिएको छ ।

२०६८ सालमा पनि महतोको नागरिकताबारे विवाद भएको थियो । त्यसबेल महतो स्वाथ्यमन्त्री थिए । अख्तियारले महतोको नामगरिकताबारे छानविन गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई पत्र समेत काटेको थियो ।

तर, ०६२ चैत १२ गते भएको मलंगवा आक्रमणका क्रममा आगो लागेर सबै कागजपत्र नष्ट भएको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयलाई पत्र लेखेको थियो ।

युवा संघले महतो विदेशी नागरिक भएको र उनको झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको दाबी गरपेनि कुनै प्रमाण भने अघि सारेको छैन । उसले त्यही प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा पठाएको पत्रलाई प्रमाण भन्दै ज्ञापन पत्रसँगै बुझाएको छ ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री बस्नेतले नागरिकता विवादमा सरकार गम्भीर रहेको बताए । राष्ट्रिय परिचय पत्र वितरण गरेर दिर्घकालीन समाधान गर्ने वा अहिले भएका नागरिकताको छानविन गर्ने भन्ने बहस रहेको भन्दै उनले भने-उपयुक्त विधि सरकारले छनोट गर्छ ।’

 

शनि, पुस १८, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भट्टचन द्धारा लाम्मेला परिवर्तनशील समुह काठमाण्डौ लाई ५० हजार आर्थिक सहयोग ।

लाम्मेला परिवर्तनशील समुह काठमाण्डौले दशैको समापन संगै तमानखोला गाँउपालीका ४ लाम्मेलामा कार्तिक ०५ गते देखि आयोजना गरेको “जातीय बिभेद र बाल बिवाह” बिरुद्धको नाटक प्रदर्शन तथा विविध साँस्कृतिक कार्यक्रम मा प्रभू बैक काठमाण्डौ कमलादीका अध्यक्ष एंवम समाजसेवी देवी प्रकाश भट्टचनले नगद रु ५० हजार सहयोग...

दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत

असोज, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए...

अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै अमेरिका

६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार साँझ अमेरिका प्रस्थान गरेका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै अमेरिका गएका हुन् । टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका...

मेलम्चीले उपत्यका को नदीमा बादिपहिरो आउने

असोज, काठमाडौं । मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पत्रकार सम्मेलन गरी बालबालिका तथा चौपायालाई पनि नदी किनारमा नपठाउन अनुरोध गरिएको हो । पाइप...

सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने

असोज,काठमाडौं । सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । दूरसञ्चार प्राधिकरण नियामक निकाय हो । मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य...

नेपालको संविधान, नेपाली कानूनको स्रोत, दस्तावेज मात्रै नभएर सारा नेपालीको सामूहिक चाहना –प्र.म.ओली

असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएको बताएका छन् । उनले संविधानले नेपाललाई बलियो, समृद्ध र मर्यादित बनाउने विश्वाससमेत व्यक्त गरे । ‘नेपालको संविधान, नेपाली कानूनको स्रोत, दस्तावेज मात्रै नभएर सारा नेपालीको सामूहिक चाहना समेटिएको साझा दस्तावेज हो’,...