प्रमुख समाचार शिर्ष समाचार

सी जिनपिङ नेपाल आउने


हङकङ- नयाँ वर्षको आरम्भसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण विषयले पुनः चर्चा पाएको छ। तिब्बत रेलमार्ग काठमाडौंसम्म विस्तार गर्ने, तेलको पाइपलाइन जोड्ने लगायत केही महत्वपूर्ण विषयमा भइरहेको गृहकार्य निष्कर्षमा पुग्यो भने नेपाल–चीन सम्बन्धमा ‘ब्रेक थु्र’ हुने गरी राष्ट्रपति सी जिनपिङको भ्रमण आयोजना गर्न बेइजिङले तयारी थालेको छ।

बेइजिङमा गत साता विदेशमन्त्री तहमा भएको दुईपक्षीय वार्तामा उच्चस्तरीय भ्रमणको विषयले निकै महŒव पाएको थियो। चीनले प्रधानमन्त्री केपी ओलीलाई चाँडै चीन भ्रमण गर्न आमन्त्रण गरेको छ भने चीनबाट पनि उच्च भ्रमण हुने प्रतिबद्धता आएको छ। पेट्रोलियम पद्धार्थको व्यापारिक कारोबारका लागि पहल गर्ने र केही अन्य मुद्दामा छलफल गर्ने सामान्य तयारीमा बेइजिङ पुगेको उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको टोली दुई देशबीच दीर्घकालीन आर्थिक सम्बन्ध विस्तारको खाकासहित फर्केको छ।

बेइजिङमा बनेको आठबुँदे खाकामा जोइन्ट इकोनोमिक एन्ड ट्रेड कमिसन तथा मन्त्री वा उपमन्त्री तहमा विस्तृत गृहकार्य गरी सम्झौताको अन्तिम दस्तावेज तयार गर्ने र शीर्ष नेतृत्वको भ्रमणमा त्यसलाई औपचारिकता दिने तयारी छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै चीन भ्रमण गरे भने पेट्रोलियम पदार्थको कारोबार लगायत केही विषयमा बेइजिङमा सम्झौता हुन सक्नेछ। तर नेपाल–चीन सम्बन्धमा ‘ब्रेक थु्र’ चाहिँ राष्ट्रपति सी जिनपिङ नेपाल आउँदा हुने संकेत बेइजिङको छ।

सामान्यतः फेब्रुअरी महिनासम्म तयार भइसक्ने चीनका राष्ट्रपतिको विदेश भ्रमण तालिकामा यो वर्ष नेपाल पर्ने विश्वास धेरैको छ। प्रधानमन्त्री ओलीको चीन भ्रमण अनिश्चित बन्दै गयो भने चिनियाँ राष्ट्रपतिको भ्रमण पहिले हुन पनि सक्छ। बेइजिङस्थित राजदूत महेश मास्के भन्छन्, ‘प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि वा पछि चिनियाँ राष्ट्रपति वा प्रधानमन्त्रीको भ्रमण हुने देखिन्छ।’

द्विपक्षीय सन्धि–सम्झौताको तयारी नगरी चीनका राष्ट्रपतिको भ्रमण भने हुनेछैन। ‘राष्ट्रपतिको भ्रमणमा द्विपक्षीय सम्बन्धमा ब्रेक थ्रु होस् र सहमति–सम्झौता लागू गर्न सक्ने विश्वसनीय सरकार होस् भन्ने चीन चाहन्छ,’ बेइजिङका एक दक्षिण एसिया मामिला विज्ञ भन्छन्, ‘तिब्बत रेलमार्ग काठमाडौंसम्म विस्तार गर्न कम्तीमा सम्भाव्यता अध्ययन गर्नेबारे नेपालसँग सम्झौता भयो भने एउटा ब्रेक थ्रु हुनेछ।’

उपप्रधानमन्त्री थापाले चीनका उपराष्ट्रपति र विदेशमन्त्री समक्ष नेपालले विदेश नीतिमा ठूलो परिवर्तन गर्न चाहेको स्पष्ट गरेका छन्। ‘नेपालले अहिले मात्र होइन, तीन–तीनपटक भारतको नाकाबन्दी सामना गरेकाले चीनबाट पेट्रोलियम पदार्थ ल्याउन व्यापारिक सम्झौता गर्ने एजेन्डामा राजनीतिक पार्टीहरू र सरकारबीच राष्ट्रिय सहमति नै बनेको’ थापाले प्रस्ट्याएका छन्। यसले बेइजिङलाई केही आश्वस्त तुल्याएको छ। रेलमार्गजस्ता भूरणनीतिक महŒवका विषयमा नेपाल सरकारले ‘बोल्ड’ निर्णय गर्नुपर्ने भएकाले बेइजिङले नेपालका प्रधानमन्त्री ओलीलाई नै निम्त्याएर सम्भवतः काठमाडौंको निर्णायक प्रतिबद्धता जाँच्न खोजेको छ।

बेइजिङमा प्रधानमन्त्रीले रेलमार्ग जोड्न नेपाल तयार रहेको प्रतिबद्धता जनाए भने त्यसले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको बाटो खोल्नेछ। चीनले हिमालयपार रेलमार्गलाई ‘एक पेटी एक मार्ग’ रणनीतिको एउटा अंग बनाएको छ। राष्ट्रपतिको भ्रमणमा रेलमार्गसहित यातायात सञ्जाल विस्तार, तेल पाइपलाइन, पुनर्निर्माणमा थप सहयोग, पारबहन, स्वतन्त्र व्यापार, द्विपक्षीय लगानी तथा सुरक्षण, नेपाल–तिब्बत एकीकृत पर्यटन प्रवर्द्धन, छेङ्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना लगायत विषयमा सम्झौता गर्ने गृहकार्य भइरहेको छ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव अवसरमा २०१५ मै राष्ट्रपतिले नेपाल भ्रमण गर्नु उपयुक्त हुने सुझाव बेइजिङका दक्षिण एसिया विज्ञले ग्रेटहललाई दिएका थिए। तर चीनका राष्ट्रप्रमुखको भ्रमण आयोजना गर्न नेपालकै भूमिका निर्णायक हुने उनीहरूको ठहर थियो।

नेपालका पार्टीहरूले सहमतिका आधारमा राजनीतिक संक्रमणकाल अन्त्य गरी संविधान जारी गरे राष्ट्रपतिको भ्रमणका लागि मार्गप्रशस्त हुने र त्यसले चीन–नेपाल सम्बन्धलाई चाँडो प्रवर्द्धन गर्ने उनीहरूको सुझाव थियो।

नेपालमा संविधान घोषणा नभएर संक्रमणकाल लम्बिँदै जाँदा चिनियाँ राष्ट्रपतिको भ्रमण पछाडि धकेलिँदै गयो। चीनले नेपालमा राजनीतिक चासो बढाउन थालेको सन्देश जानसक्ने र दीर्घकालीन आर्थिक साझेदारीका एजेन्डामा सम्झौता भए पनि कार्यान्वयन कठिन हुने अवस्थामा बेइजिङले संविधान निर्माणकै क्रममा राष्ट्रपतिको नेपाल भ्रमण आयोजना गर्न चाहेको थिएन। त्यसैले २०१५ मा राष्ट्रपतिको अति व्यस्त विदेश भ्रमण तालिकामा नेपाल समावेश गरिएन।

माओपछि चीनमा सबभन्दा शक्तिशाली नेताको छवि बनाएका सी जिनपिङले २०१५ मा १४ देशको भ्रमण गरे। सन् १९४९ मा कम्युनिस्ट पार्टी सत्तामा आएयता राष्ट्रप्रमुखले एक वर्षमा गरेका यो सबभन्दा धेरै विदेश भ्रमण हो। चाइना नेसनल एसोसिएसन अफ इन्टरनेसनल स्टडिजसँग आबद्ध भिक्टर गाओका अनुसार सीले विदेश नीतिमा पूर्वराष्ट्रपति हु जिन्ताओ र ज्याङ जेमिनलाई निकै पछाडि छाडेका छन्। हु जिन्ताओले एक दशकको आफ्नो दुई कार्यकालमा सातवटा देश मात्र भ्रमण गरेका थिए भने २०१२ मा नेतृत्व लिएका सीले ३० वटा देश भ्रमण गरिसके।

विदेश भ्रमणक्रममा सीले एक सय ३० अर्ब अमेरिकी डलरबराबरका परियोजनामा सम्झौता गरेका छन्। एसिया र युरोपलाई पूर्वाधार विकास र यातायात सञ्जालले जोड्न ‘एक पेटी, एक मार्ग’ अवधारणा तथा एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) स्थापनाले २०१५ मा बढी चर्चा पायो। तर बेइजिङकै केही विज्ञले शक्तिराष्ट्रको भ्रमण र अन्तर्राष्ट्रिय फोरममा व्यस्त हुँदा राष्ट्रपति सीले नेपाल, म्यानमार, बंगलादेशजस्ता महŒवपूर्ण छिमेकी देश भ्रमण गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन्।

औद्योगिक राष्ट्रहरूको समूह जी २० को अध्यक्षता लिएको चीनले यस वर्ष हान्जाओमा सम्मेलन आयोजना गरी विश्व नेताहरूलाई आमन्त्रण गर्दैछ। २०१६ मा अमेरिका चुनावमा अलमलिँदै गर्दा चीनले चाहिँ घरेलु मामिला मिलाउँदै छिमेककेन्द्रित गतिविधि बढाउने तयारी गरेको छ। बेइजिङस्थित स्रोतहरूका अनुसार आक्रामक विदेश नीति लिएका सीले यस वर्ष नेपाललगायत छिमेकी देश भ्रमण गर्ने सोच बनाएका छन्।

सन् १९९६ डिसेम्बरमा तत्कालीन राष्ट्रपति ज्याङ जेमिनले नेपाल भ्रमण गरेका थिए। त्यसयता १९ वर्षसम्म चीनका राष्ट्रप्रमुख नेपाल आएका छैनन्। चीनमा नयाँ नेतृत्व आएको तीन वर्षमा स्टेट काउन्सिलर याङ जेइची र विदेशमन्त्री वाङ यीले मात्र नेपाल भ्रमण गरे।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छोटो समयमा दुईपटक नेपाल आएको सन्दर्भमा रणनीतिक सन्तुलनका लागि पनि चीनका राष्ट्रपति आउने सम्भावना बढेको छ।

नेपालमा संविधान लागू गर्ने क्रममा बनेको नयाँ सरकार बेइजिङअनुकूल मात्र छैन, दक्षिणको नाकाबन्दीविरोधी जनमतले गर्दा यसले चीनसँग दीर्घकालीन आर्थिक साझेदारी निर्माण गर्न निर्णायक कदम चाल्ने सामर्थ्य पनि आर्जन गरेको छ। नेपाल–चीन सम्बन्धलाई नयाँ मोड दिन सकिने यो अभूतपूर्व अवसर सायद बेइजिङले गुमाउनेछैन।

‘नेपालले संक्रमणकाल अन्त्य गर्दै संविधान घोषणा गरेको छ र अब आर्थिक विकासमा केन्द्रित हुने संकल्प पनि,’ चीन–नेपाल आर्थिक सम्बन्धबारे अध्ययनरत बेइजिङका एक विज्ञ भन्छन्, ‘त्यसैले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि अब सबै हिसावले मार्गप्रशस्त भएको छ।’

 

आइत, पुस १९, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

फोटो पत्रकारहरु चन्द्रशेखर कार्की ,नरेन्द्र श्रेष्ठ, प्रकाश माथेमा र बिकाश कार्कीले देखेका र उम्मेदवारको टिकट वितरण गर्दा नदेखेका नेता

यो तस्बिरहरु खिच्न फोटो पत्रकारहरु चन्द्रशेखर कार्की ,नरेन्द्र श्रेष्ठ, प्रकाश माथेमा र बिकाश कार्कीले ज्यान फालेका रे / जसको फोटो मात्र खिच्न पनि हम्मे हम्मे हुन्थो ,आज तिनै नेता किन ओझलमा पत्रकारहरु प्रश्न शोधिरहेका छन् ? अबका दिनहरुमा पनि पावर वाला ,नाताबाद ,कृपाबाद र दहिच्युरेहरुले मात्र अवसर पाउने हुन्...

राष्ट्रपति विद्यादेवी भण्डारी प्रचण्ड निवास लाजिम्पाट पुगेर प्रकाश दाहाललाई श्रद्धाञ्जली दिए

४ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी प्रचण्ड निवास लाजिम्पाट पुगेर प्रकाश दाहाललाई श्रद्धाञ्जली दिएकी छन् । उनी सोमबार बिहान साढे ९ बजे लाजिम्पाटस्थित प्रचण्ड निवास पुगेकी थिइन् ।   उनले प्रकाशको तस्वीरमा पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली अर्पण गरेकी थिइन् । साथै शोकाकुल परिवारलाई भेटेर समवेदना व्यक्त गरेको...

प्रचण्डपुत्र प्रकाश दाहालको आइतबार बिहान नर्भिक अस्पतालमा निधन

मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।   दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आइतबार...

म्यानपावरबाट घुस बटुल्ने डीजी सा’ब अष्ट्रेलिया भाग्न पाएनन्

कात्तिक, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले एसआरएस म्यानपावरकी सञ्चालिका शुभद्रादेवी बराललाई फोन गरे र भने- ‘तपाईंको काम भयो, मेरा मान्छेलाई बेलुकी भेट्नू ।’   मंगलबार राति ८ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेललाई १० लाख रुपैयाँ घुससहित नयाँबानेश्वरको...

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमण गर्नु हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा  कात्तिक २७ देखि ३० गतेसम्म युएईको औपचारिक भ्रमण गर्ने भएकी छन्। कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता...

वाम गठबन्धनको विजय कसैले रोक्न सक्दैनः ओली

 झापा, काँकडभिट्टा ।नेकपा एमालेका अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् ।   झापा क्षेत्र नं १ को धुलाबारीमा शनिबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्तालिएको बताए ।’नेपालका कम्युनिष्ट...