अर्थ कृषि

मासु र अन्डामा आत्मनिर्भर’


चितवन- नेपालमा आधुनिक कुखुरा पालन व्यवसाय सुरु भएको शुक्रबारबाट ५५ वर्ष पूरा भएको छ। २०१७ साल पुस १७ मा बाराको परवानीपुरमा सेन्ट्रल ह्याचारी स्थापना भएको थियो। सोही दिनलाई आधुनिक कुखुरा पालनको सुरुवात भएको दिन मान्दै व्यवसायीले ‘राष्ट्रिय पोल्ट्री (कुखुरापालन व्यवसाय) दिवस’ मनाउँदै आएका छन्।
 chicken

सरकारले नै २०७० सालदेखि पोल्ट्री दिवस मनाउन थालेको हो। यो वर्ष तेस्रो पोल्ट्री दिवसको मुख्य कार्यक्रम झापामा हुँदैछ। यसका साथै पोल्ट्री क्षेत्रको विकास भएका अन्य जिल्लामा पनि कार्यक्रम आयोजना हुने नेपाल अन्डा उत्पादक संघ केन्द्रीय समितिका अध्यक्ष शिवराम केसीले जानकारी दिए।

पोल्ट्रीले देशको कुल ग्राहस्थ उत्पादनमा चार प्रतिशत योगदान दिएको व्यवसायीको दाबी छ। नेपालमा मासुका लागि ब्रोइलर र अन्डाका लागि लेयर्स जातका कुखुरा पाल्ने चलन छ। लेयर्सको अन्डा खैरो रंगको हुने भएकाले भारतीय कुखुराले दिने सेतो अन्डाभन्दा भिन्न छ। मासु र अन्डामा नेपाल आत्मनिर्भर भएको व्यवसायीले बताएका छन्।

चितवनलाई पोल्ट्रीको राजधानी मानिन्छ। वैशाखको भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीले यो व्यवसाय तहसनहस भएको छ। पोल्ट्री व्यवसायी तिलचन्द्र भट्टराई भूकम्पपछि केही थला परेर जुर्मुराउन थालेको व्यवसाय मधेस आन्दोलन र नाकाबन्दीले चौपट बनाएको बताउँछन्। नेपाल अन्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार नाकाबन्दी र आन्दोलनका कारण अन्डा उत्पादन कम्तीमा ३० प्रतिशत कटौती भएको छ। नाकाबन्दीअगाडि नेपालमा दैनिक १८ लाख गोटा अन्डा उत्पादन हुने गरेको उनको भनाइ छ।

हेम्पसायर जातका माउ चल्ला उत्पादन गर्न परवानीपुरमा १७ सालमा ह्याचरी स्थापना भए पनि व्यावसायिक कुखुरापालन ४० को दशकपछि मात्रै फस्टाएको व्यवसायी बताउँछन्। चितवनमा २०५२ सालपछि कुखुरापालनले फड्को मार्न थालेको हो।

नेपालमा कुखुरा पालन व्यवसायमा करिब ६० अर्ब रुपैयाँ लगानी भएको नेपाल कुखुरा व्यवसायी मञ्चका केन्द्रीय अध्यक्ष शंकर कँडेलले बताए। पोल्ट्री व्यवसायले डेढ लाखजनालाई प्रतक्ष रोजगारी दिएको उनले जानकारी दिए। पोल्ट्रीको द्रुत विकास भए पनि सरकारी तवरमा त्यसलाई सम्बोधन गर्ने कार्यक्रम नभएको व्यवसायी बताउँछन्। दानाको लागि कच्चा पदार्थ लगभग भारतबाटै आउने गरेको छ। भन्सार छलेर ल्याउने चल्लाले ब्रोइलर पालनमा संकट ल्याएको छ। कर छुट भन्सार छुटजस्ता नीति नभएको व्यवसायीको भनाइ छ।

‘बजार मूल्य स्थीर राख्न सरकारले नै पाँच विकास क्षेत्रमा मासु उद्योग स्थापना गरे धेरै राम्रो हुन्थ्यो,’ अग्रणी पोल्ट्री व्यवसायी गुणचन्द्र विष्टले भन्ने गरेका छन्। कुखुरालाई लाग्ने रोगको उचित उपचारका लागि अस्पताल छैनन्। बर्ड फ्लु, रानीखेत, गम्बारो जस्ता रोगले बेला–बेलामा निकै दुःख दिने गरेको छ। ‘लागत घटाएर उत्पादनलाई प्रतिस्पर्धी बनाउन र मासु तथा अन्डाको खपत बढाउन सरकारले नीति बनाउन आवश्यक देखिएको छ। व्यवसायीको हित संरक्षलाई पनि ख्याल गर्नु पर्छ। उपभोक्तालाई सस्तो र स्वस्थ्य उत्पादन दिन हामी तयार छौं,’ अन्डा उत्पादक संघका अध्यक्ष केसीले भने। कुखुराको मासुलाई सस्तो प्रोटिन भन्ने गरिन्छ।

त्यस्तै कुखुराको अन्डामा पनि प्रोटिनका साथै क्याल्सियम, फस्फोरस, भिटामिन ए, बी, ई, बी भिटामिन बी १, २, ६, र १२ का साथै खनिज तत्व पनि पाइन्छ। हालै मात्र सरकारले पशु विकास मन्त्रालय गठन गरेपछि कुखुरा व्यवसायी उत्साहित भएका छन्। यो व्यवसायको हितका लागि चाहिने नीति–निर्माणमा छिटो–छरितो काम हुने उनीहरुको आशा छ।

 

आइत, पुस १९, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गत वर्ष बैंकहरुमा देखिएको कर्जा योग्य लगानी अभाव समस्या भदौसम्मं कायम

कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७३/७५ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये ११ वटाको नाफा घटेको छ ।   गत वर्ष बैंकहरुमा देखिएको कर्जा योग्य लगानी अभाव समस्या भदौसम्मं कायम रहँदा यसको प्रभाव बैंकहरुको नाफामा पारेको हो । ‘बैंकहरुले उच्च लागतमा निक्षेप लिनुपर्ने अवस्था आएपछि...

गत वर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फले

काठमाडौं – यो वर्ष १ खर्ब ८ अर्ब रुपैयाँबराबरको धान उत्पादन हुने भएको छ । गत वर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फलेको हो ।  अहिलेसम्मकै इतिहास तोड्दै यो वर्ष सबैभन्दा धेरै धान उत्पादन हुने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ। आर्थिक वर्ष २०७३/७४ मा १...

नेपालबाट राँगाको मासुु तेस्रो मुलुक हुँदै चीनमा

असोज, काठमाडौं । नेपालमा विदेशबाट आयातको तुलनामा निर्यातजन्य वस्तु त्यसै पनि कम छन् । निर्यात भइरहेका वस्तुको परिमाण पनि घट्दै गएको छ ।   त्यसैमा पर्छ, भैंसी तथा राँगाको मासु पनि । मासुको उक्त परिकारको चीनमा अत्यधिक माग छ । तर, त्यो सीधा नभई तेस्रो मुलुक हुँदै...

अनुगमन थालेपछि दरबारमार्गका पसल बन्द !

भदौ, काठमाडौं । बुधबार दिउँसो करिब १ बजे आपूर्ति व्यवस्थापन विभाग तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा चार टोली अनुगमनका लागि तयार भए । त्यसमध्ये श्रीराम अधिकारीले नेतृत्व गरेको टोली दरबारमार्ग लाग्यो । सँगै मोहन पुडासैनी संलग्न रहेको टोली पनि क्रियाशील भयो । सुरुमा विभागको अनुगमन निरीक्षक...

नेपालको इतिहासमै पहिलोपटक धेरै सुन बरामद

भदौ, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो । सोमबार बिहान चालक आएर गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । स्ट्रोेम...

‘नेटवर्क मार्केटिङ’ लाई घुमाउरो बाटोबाट ब्युँताउने प्रयासमा सरकार

भदौ, काठमाडौं । सात वर्षअघि प्रतिबन्ध लगाइएको ‘नेटवर्क मार्केटिङ’ लाई घुमाउरो बाटोबाट ब्युँताउने प्रयासमा सरकार आफैं लागेको छ । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले वस्तुको प्रत्यक्ष बिक्री–व्यवस्थापन तथा नियमन विधेयक, २०७४ संसदमा पेस गरेपछि सरकारी प्रयास सतहमा आएको हो । ‘नेटवर्क मार्केटिङ’का नाममा वस्तु तथा सेवाको प्रत्यक्ष बिक्री...