साहित्य

गजल – रत्न प्रसाद अनामानी श्रेष्ठ


anamani ratna

रत्न प्रसाद अनामणि श्रेष्ठ

 गजल संख्या    १  

लिलाममा राखे थोत्रो जिन्दगी कसले लिन्छ हजुर

निरस   यो    बेसाहारा   लाई     कसले किन्छ हजुर

 

झिलिमीली बजारमा अनेकौ सामान उस्तै हुन्छन

बालुवाको भाउमा टल्कने सुन कसले चिन्छ हजुर

 

आत्मीयता नभएको यो बेढ़गको संसारमा

यो दुखिलाई सापटमा जिन्दगि कसले दिन्छ हजुर

 

हामी दुइ बिचमा मनमुटाव धेरै भाको छैन

यो रत्नको असमजदारी गाँठो कसले छिन्छ हजुर

 

आइत, पुस १९, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सर्जक जमघट संस्थाको कार्यक्रम नियमित संचालन हुदै

काठमाडौं श्रावण १२ सोल्टी मोडमा अवस्थित इन्टेन्सिभ कलेजमा”सर्जक जमघट”संस्थाले गरेको साहित्यिक कार्यक्रममाअञ्चल वान्तवाको उद्घोषण,गीता उप्रेतीको अध्यक्षतामा र पोष्टराज चापागाईंको प्रमुख अातिथ्यमा साथै कलानिधि दाहालको,सुनिल अधिकारीको बिशेष अातिथ्यमा कार्यक्रम सम्पन्न भयो। प्रतियोगीतात्मक रचनावाचनमा कवितातर्फ क्षितिज श्रेष्ठ,मुक्तकतर्फ निशान मगर र गजलतर्फ सन्ध्या सापकोटा उत्कृष्ट स्थान प्राप्त गर्न सफल...

अनि सर्बहारा बर्ग रुदै छ : अर्जुन बूढाथोकी

नेपाल आमा मात्र होइन सारा रुदै छ शोषित पिडित अनि सर्बहारा बर्ग रुदै छ सान्ती भुमी देश नेपाल रगतको ताल हुदा तेसैले त फेवा अनि रारा रुदै छ न नेपाल आमा मात्र होइना सारा रुदै छ दिन दिन हाम्रो सिमा अतिक्रमन हुदा खेरी तेसैले त बार्सा आनि बारा रुदै छ नेपाल आमा...

‘बिल गेट्स पण्डित’मा पैसामुखी समाजलाई व्यंग्य

हरेकको आ–आफ्नो दर्शन हुन्छ । दर्शन अनुसार मान्छेले जीवनको लय र ध्येय समात्छ । कसैलाई पैसा कमाउनु नै सबथोक हुन्छ भने कोही पैसालाई रौँ बराबर महत्त्व दिँदैनन् । तर, हाम्रो सामाजिक नियति कस् तो छ भने धनलाई सफलताको मानक मानिन्छ । जति धेरै धन कमायो,...

राजन मुकारूङले पाए ‘पहिचान पुरस्कार’

काठमाडौं । आख्यानकार राजन मुकारुङले दुई लाख रुपैयाँ राशीको ‘पहिचान पुरस्कार’ पाएका छन् । पहिचानको पक्षमा १५ बर्षअघिदेखि कलम चलाउँदै आएका मुकारुङलाई उनको ‘फेरिँदो सौन्दर्य’कृतिका लागि २ लाख २ हजार २ रुपैयाँ राशीको ‘पहिचान पुरस्कार’ प्रदान गरिने निर्णय भएको हो  । भोजपुरको दिल्पा नागी गा.वि.स.मा जन्मिएका...

अशोकमानको ‘म पनि त मान्छे हुँ’ कृति बजारमा

काठमाडौँ :  कलाकार तथा साहित्यकार अशोकमान सिंको ‘म पनि त मान्छे हुँ’ कृति आजदेखि बजारमा आएको छ।  रिड एण्ड राइट पब्लिसीङ हाउसले प्रकाशनमा ल्याएको कृतिमा समाजमा अपाङ्गता भएका किशोर किशोरीलाई केन्द्रित गरी कथावस्तु प्रस्तुत गरिएको छ। कृतिमा साना पाँच लघु उपन्यास कृतिमा समेटिएका छन्।  यहाँ...

​यसरी जन्मियो बुद्धिसागरको फिरफिरे

काठमाडौं : कुनै दिन बुद्धिसागरले दुई बालकलाई भेटे ११/१२ वर्षका। कटासे बसपार्कमा उनीहरु काठमाडौं जाने बस खोज्दै थिए। काठमाडौं जाने बस नपाइने त्यो बसपार्कमा काठमाडौं जाने बस खोज्दै हिँडेका बालकहरु देखेपछि काउन्टरमा मान्छे पनि दंग परे। जब मान्छेहरुले ती बालकलाई उनीहरुको यात्रा बारे प्रश्न गरे,...