प्रविधि

जर्मनीले बनाउँदैछ कृत्रिम सूर्य


सूर्यको प्रकाश उर्जाको सबैभन्दा ठूलो श्रोत हो । कल्पना गर्नुस् त यदि आकाशमा दुइवटा सूर्य भए भने पृथ्वीमा कति धेरै उर्जा प्राप्त होला ? पृथ्वीमा उर्जासकट बढिरहेको बेलामा साँच्चीकै वरदान सावित हुन्थ्यो होला । सायद यहीँ कुरालाई मध्यनजर गर्दै उर्जा संकट समाधान गर्ने सोँचका साथ जर्मनीले कृत्रिम सूर्य बनाउने प्रयासमा जुटेको छ । अर्थात् सूर्यमा हुनेजस्तै रासायनिक प्रतिक्रियाबाट उर्जा उत्पादनको प्रयास सुरु गरेको छ ।

जर्मनीको परमाणु शोध संयन्त्र भेन्डेलस्टाइन सेभेन एक्समा शोधकर्ताहरु १० करोड डिग्री सेल्सियसको तापमानमा नियन्त्रित परमाणु विस्फोट गर्दैछन्, जुन अहिलेसम्म सम्भव थिएन ।

यसका लागि वैज्ञानिकहरुले पहिले प्लाज्मा नामक पदार्थको सिर्जना गर्नेछन् । एक कन्ट्रोल सेन्टरको निगरानीमा १० मिलिग्राम हिलियम एक भ्याकुम च्याम्बरको चुम्बकीय क्षेत्रमापठाइन्छ । त्यसलाई १० लाख डिग्री सेल्सियस सम्म तताइन्छ ।

संयन्त्रका निर्देशक सिबेले गुन्टरले भनेका छन् की यो परमाणु शोध संयन्त्र कार्वन मुक्त विद्युत उत्पादनका लागि परीक्षणको सुरुवात हो । अहिले पहलिो प्लान्ट हिलियमका प्रयोग गरेर बनाइएको छ । जनवरीमा पहिलो हाइड्रोजन प्लाज्मा बनाइनेछ । यो परीक्षणमा शोधकर्ताहरु सूर्यमा हुनेजस्तै प्रक्रियाको माध्यमबाट आकाशीय स्थितिमा रहेर शोध गर्नेछन् ता की त्यसको प्रयोग पृथ्वीमा उर्जा पैदा गर्नका लागि समेत गर्न सकियोस् । परीक्षण सफल भयो भने विद्युत गृहमा परमाणु विच्छेदनबाट विजुली उत्पादन गरिनेछ ।

भेन्डेलस्टाइन सेभेन एक्स परीक्षण संयन्त्र विश्वको सबैभन्दा ठूलो परमाणु फ्युजन परीक्षण संयन्त्रमध्ये एक हो । संस्थानका प्रमुख क्लिंगरका अनुसार हिलियम प्लाज्मा बनाउन मुख्य परीक्षणको पूर्वाभ्यास हो । यसका लागि भ्याकुम च्याम्बरमा माइक्रोवेभबाट हिलियमलाई तताइन्छ । यसबाट ग्यासको आयोनिकरण हुन्छ र त्यसले प्लाज्माको रुप लिन्छ । त्यसबाट प्रचूर उर्जा निकाल्न सकिने वैज्ञानिकको दाबी छ । सन् २०१७ मा यो संस्थालेे प्लाज्मा बनाउनका लागि डाएरटेरियमको प्रयाग सुरु गर्ने बताएक

आइत, पुस १९, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नितम्बको आकार बढाउने यो फेसन

फेसनको दुनियाँमा कहिले कुन ट्रेण्डको हावा चल्छ भन्ने कुराको अनुमान लगाउन पनि गाह्रो हुन्छ । अहिले ब्राजिलियन बट लिफ्ट अर्थात् बिबिएल फेसन यस्तो गरी बढिरहेको छ कि मानिसहरु आफ्नो ज्यानसम्म दाउमा लगाइरहेका छन् । एकजना महिला, जो ३ सन्तानकी आमा हुन् उनी यहीँ सर्जरीका लागि इंगल्याण्डबाट...

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले इतिहासमै पहिलोपटक सूर्यको सबैभन्दा नजिक पुग्ने

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले इतिहासमै पहिलोपटक सूर्यको सबैभन्दा नजिक पुग्ने यानको प्रक्षेपण गरेको छ । पार्कर सोलर प्रोव नामक अन्तरीक्षयानलाई नासाले फ्लोरिडास्थित केप केनरेभलबाट प्रक्षेपण गरेको हो । पार्कर सोलार प्रोब सूर्यको सबैभन्दा नजिक पुग्ने यान हुनेछ ।   स्थानीय समयअनुसार आइतबार बिहान साढे ३ बजे उक्त यानलाई...

काभ्रेको बनेपामा पनि यस्तै विमानस्थल बन्ने हो ; सन्दर्भ निर्माणधीन वुसान विमानस्थल ।

काठमाडौं । धेरैका लागि असम्भव भएका धेरै कुरा चीनका लागि भने सम्भव देखिएको छ । त्यसको पछिल्लो उदाहरण हो, निर्माणधीन वुसान विमानस्थल । चिनियाँ कामदारहरुले नयाँ विमानस्थल निर्माण गर्न एउटा पहाडै काटिदिएका छन् । चोङक्विङका कामदारहरुले समुन्द्री सतहबाट पाँचहजार नौ सय फिट अग्लो पहाडको टुप्पो काटेर...

ऋतिक रोशन पापड बेचिरहेको

फागुन । ऋतिक रोशनका केही तस्विर सार्वजनिक भएका छन्, जसमा उनी पापड बेचिरहेको देखिन्छन् । यी तस्विर केही दिन अघि जयपुर देखि करिब ९० किलोमिटर टाढा साम्भर रोडमा कैद गरिएका हुन् । ऋतिक त्यहाँ आगामी फिल्म ‘सुपर ३०’को सुटिङ गरिरहेका थिए । फिल्ममा उनी सुपर ३०...

सरकारलाई टेलिभिजनको डिजिटाइजेशन अघि बढाउने बाटो खुले

फागुन, काठमाडौं । सरकारलाई टेलिभिजनको डिजिटाइजेशन अघि बढाउने बाटो खुलेको छ । सर्बोच्च अदालतले यसअघि दिएको अन्तरकालीन आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि एनालग केबल टेलिभिजनहरु बन्द गर्ने सरकारी निर्णय कार्यान्यवन हुने भएको हो । अब सरकारले यसअघि सुरु गरेको एनालग टेलिभिजन बन्द गर्ने काम अघि बढाउन...

बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाए

बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाएका छन् । बेलायतको बिंघम्टन विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो बायो ब्याट्रीको विकाश गर्न सफल भएका छन् । यो ब्याट्रीलाई भविष्यमा जिउमा पहिरिन सक्ने ग्याजेटमा राख्न सकिने सम्भावना रहेको वैज्ञानिकहरुले जनाएका छन् ।   विश्वविद्यालयको इलेक्ट्रिकल तथा कम्प्युटर साइन्स विभागका सहायक...