खेलकुद परको कुरा

१२ औं साफ च्याम्पियनसिप बंगलादेशमा हुने


Saff१२ औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता बंगलादेशमा हुने भएको छ ।

११ औं साफ भारतमा भइरहेको छ र उपाधिका लागि आइतबार साँझ भारत र अफगानिस्तान भिड्दैछन् । त्यसअघि १२ औं साफको आयोजक घोषणा गरिएको छ ।

साफको आयोजनाका लागि बंगलादेशसँगै भूटानले दाबेदारी प्रस्तुत गरेका थिए । तर, बंगलादेशले बाजी मारेको छ ।
२०१७ को साफ पाकिस्तानमा हुने भनिएको थियो । तर, सुरक्षा र राजनीतिक कारण देखाउँदै नयाँ आयोजक छनोट गरिएको छ । पाकिस्तानले यो पटक साफमा भाग नै लिएको थिएन ।

साफ २०१७ को डिसेम्बरमा हुनेछ । यो साफमा नेपालसँगै बंगलादेश, पाकिस्तान, भारत, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात देशमात्र हुने सम्भावना छ । अफगानिस्तानले साफ छाडेर मध्य एसिया फुटबल एशोसिएसनमा जाने निर्णय गरेको छ ।

आइत, पुस १९, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पल्ला घरे ठुली आमाको नक्कली छोरी र म

बुबा सधै भनु हुन्थ्यो छोरो पैसा छ भन्दैमा अरुले देख्ने गरि सबैको अगाडी नदेखाउ छोरा ! तँ कुनै दिन लुटिन्छ हेर मार्न पनि सक्छ सचेत भै हिड्नु ल ! जमाना अर्कै छ त्यो पनि कली युग हो कसैले कसैलाई बिश्वास गर्न एकै चोटी हुन् हेर आफ्नो सम्पतिको आफैले ख्याल नगरे कसले गर्छ ? त्यसैले छोरा ख्याल राखेस है...

ल्हासा पासा सरस्वती गुफामा ध्यान गर्ने लामा मिलारेपा र नालाको फिरफिरे

एघारौ शताब्दीमा तिब्बतमा एक बालकको जन्म भएको थियो। उक्त बालकको नाम मिलारेपा राखेको थियो ।  मिलारेपा ७ बर्षको हुदा उसको बुवाको देहावसान भयो।  काकाका परिवारले सबै सम्पति लिएको हुदा मिलारेपाको बहिनि र उ खुब दुखमा परे।  आफ्ना काकासंग खुब बिन्ति भाव गरे तर उस्को कुरा...

साफ च्याम्पियनसीप अन्तर्गत पहिलो सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर

काठमाडौँ– साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो । अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने सफल...

अठारौं एसियाली खेलकुद प्रतियोगितामा पदक जित्नेलाई पोखरामा भव्य स्वागतसहित सम्मान

भदौ, पोखरा । अठारौं एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जित्ने प्याराग्लाइडिङ टीमलाई पोखरामा भव्य स्वागतसहित सम्मान गरिएको छ । इण्डोनेसियाको राजधानी जकार्तामा हालै सम्पन्न एसियाडमा रजत पदक जित्ने प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टका कप्तान विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा तथा प्रशिक्षक...

८० वर्षअघिसम्म उपत्यकामा घर भनेकै ढुङ्गा, ईंटा, माटो, काठ, बाँस, खर, पराल, झिंगटी, सिलेट, खपडाजस्ता वस्तुबाट बन्थ्यो। तर, अहिले गिट्टी, बालुवा, सिमेन्ट, रड, ईंटा, ब्लक, ढुङ्गा, टीन (जस्तापाता), स्टील, आल्मुनियम, सिसा, प्लाष्टिकजस्ता सामान विना घर निर्माण असम्भव जस्तै भएको छ। संस्कृतिविद् सत्यमोहन जोशी १९९० सालको भूकम्पपछि...

उग्रचण्डी नालाको गाईजात्रा परम्परा

गाईजात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो ।  नेवार समुदायबाट यो  संस्कृतिको बिकाश सुरू भएको जात्रा हो । नेवार समुदायमा यो चाडलाइ सापारु भनिन्छ । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस...