खेलकुद

आहा ! रारा गोल्डकपमा १२ टिम भिड्ने दर्शकलाई सुनको सिक्का उपहार


पोखराको सहारा क्लवले आयोजना गर्ने आहा रारा गोल्डकपको १४ औं संस्करणमा ३ विदेशीसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने मूल नाराका साथ यहि माघ ५ गतेदेखी १६ गतेसम्म प्रतियोगीता आयोजना हुँदैछ ।

प्रतियोगीतामा सहभागी हुन छिमेकी देश भारत, भुटान र बंगलादेशमा पत्रचार गरिएको पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा बताइयो । प्रतियोगितामा विभागीय क्लवहरु त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव र सशस्त्रको एपीएफ क्लवले प्रतिस्पर्धा गर्नेछन् । यस्तै नेपालका ए डिभिजन क्लवहरु रुस्लान थ्रीस्टार क्लव, लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लव, नव जनजागृति युवा क्लव सिमरा, रमपम झापा ११, आयोजक सहारा क्लव पोखरा र जावलाखेल युथ क्लवले पनि भाग लिने क्लवका अध्यक्ष बिरभद्र आचार्यले जानकारी दिए ।

आयोजक सहारा क्लवले प्रतियोगिताको तयारी तिव्र पारिएको जनाएको छ । विदेशी टिमको टुंगो केही दिनमै लगाउने भन्दै आचार्यले प्रतियोगिताबाट करीब २० लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको उल्लेख गरे । प्रतियोगितामा ९९ लाख ९२ हजार रुपैयाँ कुल संकलन गरेर ७९ लाख ६२ हजार ३ सय रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको प्रतियोगिता संयोजक केशबहादुर थापाले बताए । उनका अनुसार बचत रकम क्लवद्धारा संचालित सहारा एकेडेमीमा रहेका कठिन परिस्थिति एवम् विपन्न वर्गका १६ जिल्लाका २६ जना बालबालिकाको भरणपोषण र शिक्षामा खर्च गरिनेछ ।

दर्शकलाई एक तोलाको सुनको सिक्का

क्लवले प्रतियोगितामा सहभागि एक दर्शकलाई एक तोलाको सुनको सिक्का प्रदान गरिने घोषणा गरेको छ । प्रतियोगिता अवधी भरमा टिकट काट्ने दर्शक मध्येबाट एक जनालाई गोलाप्रथा गरी सहारा हङकङको प्रायोजनमा १ तोलाको सुनको सिक्का र सिजी ग्रुपले एलजी टिभी प्रदान गर्ने क्लवले जनाएको हो । त्यस्तै प्रतियोगिता अवधिमा प्रत्येक दिन गोलाप्रथाद्वारा एक जना दर्शकलाई माइक्रो म्याक्स मोवाइल पनि छुट्टै प्रदान गरिने प्रतियोगिता मूल आयोजक समितिका सदस्य सचिव केशवराज वरालले जानकारी दिए ।

aaha-gold-cup

आइत, पुस १९, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

महिला फुटबलको एसिया छनोटमा नेपालले प्रतिद्धन्दी आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दै

कार्तिक, काठमाडौं । ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले आज बलियो प्रतिद्धन्दी आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । थुवुन्ना रंगशाला स्थानीय समयअनुसार बेलुकी ६ बजे म्यानमारसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । नेपालभन्दा म्यानमार निकै बलियो टिम हो । तर नेपालले पहिलो खेलमा नै भारतलाई बराबरीमा...

साफ च्याम्पियनसीप अन्तर्गत पहिलो सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर

काठमाडौँ– साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो । अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने सफल...

अठारौं एसियाली खेलकुद प्रतियोगितामा पदक जित्नेलाई पोखरामा भव्य स्वागतसहित सम्मान

भदौ, पोखरा । अठारौं एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जित्ने प्याराग्लाइडिङ टीमलाई पोखरामा भव्य स्वागतसहित सम्मान गरिएको छ । इण्डोनेसियाको राजधानी जकार्तामा हालै सम्पन्न एसियाडमा रजत पदक जित्ने प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टका कप्तान विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा तथा प्रशिक्षक...

प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं भएका छन्

भदौ, काठमाडौं । प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं भएका छन् । नेपालकै सुशील गुरुङ २४ औं भए । १० चरणको यो स्पर्धामा ३३ खेलाडीले सहभागिता जनाएका थिए । इन्डोनेसिया पहिलो, थाइल्यान्ड दोश्रो तथा दक्षिण कोरिया तेश्रो भए । तेस्रो चरणसम्मको खेल हुँदा विजय...

मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्स सुपर कपको उपाधि जिते

 साउन, काठमाडौं । मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्स सुपर कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ४-० गोल अन्तरले हराएको हो ।   चीनमा भएको खेलमा पीएसजीले ३३ औं मिनेटमा एन्जल डी मारियाको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा क्रिस्टोफर...

 विश्वकपमा जापानको समूह चरणका तीनवटै खेलको भविष्यवाणी मिलाएको अक्टोपसलाई मारिए

 विश्वकपमा जापानको समूह चरणका तीनवटै खेलको भविष्यवाणी मिलाएको अक्टोपसलाई नकआउट चरणको खेल सुरु हुनुअघि नै मारिएको छ । जापानमा राबिओट नामको उक्त अक्टोपसले समूह चरणका कोलम्बिया, पोल्याण्ड र सेनेगलसँगको खेलको नतिजा मिलाएको थियो । तर नकआउट चरणका खेलको अनुमान गर्नु अघि नै उक्त अक्टोपस काटेर बजारमा...