पर्यटन

पोखराले धान्न सकेन पर्यटकको चाप


Sadak-mahotsabसडक महोत्सव मनाउन सपरिवार र साथीसँग लेकसाइड पुगेकी यशोदा बानियाँले बिहीबार राति कुनै होटलमा कोठा पाइनन् । परिवारसहित साथीहरुसँग अंग्रेजी नयाँ वर्ष मनाउन सडक महोत्सव गएर र्फकँदा राति १२ बजिसकेको थियो । असिनपसिन हुँदै लेकसाइडभरि खोज्दा कोठा नपाएपछि उनी पृथ्वीचोकसम्म पुगिन । त्यहाँ पनि अवस्था उस्तै थियो । बल्लबल्ल एक होटल सञ्चालकले उनीहरुलाई आफ्नो घरमा लगेर बसाले । यस्तो अवस्था यशोदाको मात्रै होइन । अरु सयौं पर्यटकले भोगे ।

जाल्पारोडस्थित होटल नमस्ते पोखराका सञ्चालक कल्याण बरालले पाहुनाहरुलाई आफ्नो कार्यालय, किचन, स्टाफ रुम हुँदै घरमा समते राखेको सुनाए । सामान्य दिनमा पाँच सयदेखि एक हजार रुपैयाँसम्म पर्ने कोठालाई उनले १५ सय सम्ममा बेचे । ‘कतिलाई त मैले आफ्नै घरमा लगेर राखेँ,’ उनी भन्दै थिए, ‘यस्तो अवस्था वर्षमा एकपटक आउँछ ।’

सडक महोत्सवको दोस्रो दिन सोमबारसम्म ५० प्रतिशत पनि होटलको अकुपेन्सी थिएन । तर, अंग्रेजी नयाँ वर्षको राति एकैदिनका लागि पोखराका होटलले चाप थेग्न सकेनन । एक दिनका लागि आउने पर्यटकलाई धेरै होटल व्यवासयीले छुटको साटो दोब्बर शुल्क लिएको कारोबार दैनिकमा खबर छ ।

 

आइत, पुस १९, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदै

कात्तिक, मुगु । धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदैछ । भौगोलिक बिकटतालाई चिर्दै मुगुमा मोटरबाटो पुगेपछि राराले पनि आफ्नो पहुँच बिस्तारै बढाउँदै लगेको छ ।   राराको सौन्दर्य पारखीहरुका लागि असोजदेखि मंसिर महिनासम्मको मौसम उत्तम हो । रारा पुग्ने आन्तरिक तथा...

समिट होटलको ३८ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

 हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन समिट होटलको ३८ औ बार्षिक उत्सब तथा अ.ने.हो.क्या. तथा रे.म.संघ समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ५९ र महिला २२ गरि जम्मा ६८ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा  पुरष तर्फ़ प्रथम बाबुराम राई, दोस्रो मनोज देउजा, तेस्रो...

नेपालमा पहिलो पटक पर्बतारोहण अध्यायन

नेपालमा पहिलो पटक पर्वतारोहण अध्यायन गर्न पर्यटन तथा संस्कृति मन्त्रालय अन्तर्गत त्रिभुवन विश्व बिद्यालयबाट पाउने  भएको छ /यस सम्बन्धि अध्यायन अध्यापन हाललाई नेपाल माउन्टेन एकेडेमीले शुरु गर्ने भएको छ / यो नेपालका लागि र विश्व साहासिक व्यक्तिहरुको लागि एउटा महत्वपूर्ण र पहिलो अध्यायन केन्द्र हुने...

दुई हप्तामा अन्तर्राष्ट्रिय टर्मिनल भवनको भित्री र माथिल्लो भागमा उल्लेख्य परिवर्तन

  काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किए । उनलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ । ६ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उनलाई अहिले आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको थाहा रहेनछ । हो, यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने जो...

नेपाल वायुसेवा निगमले नयाँ दुई एयरबस खदिका लागि वित्तीय स्रोत जुटाए

जेठ, काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ दुई एयरबस खदिका लागि वित्तीय स्रोत जुटाएको छ । कर्मचारी सञ्चय कोष र बायुसेवा निगमबीच आइतबार जहाज किन्ने ऋण सम्झौतामा हस्ताक्षर भएको छ । भोलि सोमबार  नागरिक लगानी कोषले निगमसँग यस्तै सम्झौतामा हस्ताक्षर गर्नेछ । नागरिक लगानीकोषसँग आजै समझौता...

हुम्लाका स्थानीयले विमानस्थलमै प्रवेश गरी उडान ठप्प पारे

नेपालगञ्ज- नेपाली यात्रु नबोकेको भन्दै हुम्लाका स्थानीयले विमानस्थलमै प्रवेश गरी उडान ठप्प पारेका छन्। बिहान ६ बजेदेखि उडान हुने हुम्लामा अहिलेसम्म उडान भएको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रताप तिवारीले हुम्लाको अवरोध नहट्दासम्म उडान हुन नसक्ने बताए। हुम्ला र नेपालगन्ज विमानस्थल पुगेका कैलाश मानसरोवर...