परको कुरा

पर्यटन सचिवको प्रश्न : विमानस्थल निर्माण किन रोकिन्छ ?


पर्यटन सचिव दिनेककुमार थपलियाले हवाई सेवा मुलुकको आर्थिक समृद्धि नाप्ने ब्यारोमिटर भएको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को १७औं वार्षिकोत्सव समारोहमा उनले हवाई सेवाको विकासबीना आर्थिक समृद्धि हासिल गर्न नसकिने बताएका हुन् ।

सचिव थपलियाले मुलुकमा धेरै भन्दा धेरै पर्यटक भित्राउनका लागि पनि हवाई सेवाको विकास अनिवार्य रहेको बताए । ‘२१औं शताब्दीको जल्दो बल्दो आर्थिक क्षेत्र पर्यटन नै हो’ उनले भने– ‘हवाई सेवाको विकासबीना पर्यटन विकास सम्भव हुँदैन, हवाई सेवाको विस्तारमा हामीले जोड दिनुपर्छ ।’

मुलुकमा हवाई पूर्वाधार विकासमा जोड दिन सचिव थपलियाले क्यानलाई निर्देशन दिए । विमानस्थल बनाएर बस्तुभाउ चरणका लागि छोडिदिने प्रवृति बढेको बताउँदै उनले यसरी मुलुकमा हवाई सेवाको विकास हुन नसक्ने ठोकवा गरे । उनले दुर्गम क्षेत्रमा हवाई पूर्वाधार विकास गरी उडान सेवा चुस्त बनाउन आग्रह गरेका छन् ।

सचिव थपलियाले हवाई पूर्वाधार विकासमा छुट्टाएको रकम पुरा खर्च नभएकोमा पनि रोष प्रकट गरेका छन् । ‘तपाईहरु सधै ५० प्रतिशत रकम फ्रिज भयो भन्नुहुन्छ, ५० प्रतिशत रकम थपियो भन्ने दिन कहिले आउँछ ?’ उनले क्यानलाई प्रश्न तेर्साए– ‘अर्थमन्त्रालयले दनादन काम गर्नुस, जति चाहिन्छ उति पैसा लैजानुस भन्छ, के कति कारणले काम रोकिएको छ ?’

त्रिभुवन विमानस्थलको स्तरोन्नती, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम तुरुन्तै अगाडि बढाउन सचिव थपलियाले निर्देशन दिए । पूर्वाधार विकासका लागि रकमको अभाव हुन नदिने उनले आश्वासन दिएका छन् ।

कार्यक्रममा क्यानका महानिर्देशक सञ्जिव गौतमले सन् २०१५ भए भएका प्रगती विवरण जानकारी गराए । उनले सार्क सम्मेलन, ट्रकिस एयर दुर्घटना, विनाशकारी भूकम्प लगायतको प्रतिकुल अवस्थामा पनि हवाई सेवालाई प्रभावकारी बनाउन सफल भएको बताए ।

उनले भूकम्प, नाकाबन्दी र तराई आन्दोलनका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका हवाई यात्रु घटेको बताए । तर, भूकम्पपछि भित्रिएको राहत सामाग्रिको कारण कार्गो ढुवानीसमेत ह्वात्तै बढेको छ ।

महानिर्देश गौतमले सन् २०१६ भित्रै मुलुकको उड्डयन क्षेत्र युरोपियन युनियनको कालोसूचिबाट हट्ने दाबी गरेका छन् । नेपालको उड्डयन क्षेत्र कालोसूचिमा पर्दा पर्यटन आगमनमा समेत प्रभाव परेको छ ।

क्यानका उपमहानिर्देशक महेन्द्र सिंह रावलले पनि भूकम्प र तराई आन्दोलनमा क्यानले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरेका छन् ।

एयरलाइन्स अपरेटर एशोसिएसन (एओए)का वरिष्ठ उपाध्यक्ष पवित्र कुमार कार्कीले नियामक निकायले निजी वायुसेवा कम्पनीलाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । ‘निजी वायुसेवा कम्पनी फस्टाउन नियामकले सहयोग गर्नैपर्छ’ उनले भने– ‘अहिले वायुसेवा कम्पनीहरु धेरै मारमा परेका छन् ।’

वरिष्ठ उपाध्यक्ष कार्कीले हेलिप्याडमा राखिएको ट्रकिस एयर तत्कालै हटाउन क्यानलाई सुझाव दिएका छन् । ‘जहाज निकै रिस्की तरिकाले राखिएको छ, हेलिकप्ट उडान तथा अवतरण गर्दा जुनसुकै बेला ठूलो दूर्घटना हुन सक्छ, ट्रकिसलाई दबाव दिएर भएपनि जहाज हटाउनुपर्छ ।’

Caan-17th-birth-day

आइत, पुस १९, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पल्ला घरे ठुली आमाको नक्कली छोरी र म

बुबा सधै भनु हुन्थ्यो छोरो पैसा छ भन्दैमा अरुले देख्ने गरि सबैको अगाडी नदेखाउ छोरा ! तँ कुनै दिन लुटिन्छ हेर मार्न पनि सक्छ सचेत भै हिड्नु ल ! जमाना अर्कै छ त्यो पनि कली युग हो कसैले कसैलाई बिश्वास गर्न एकै चोटी हुन् हेर आफ्नो सम्पतिको आफैले ख्याल नगरे कसले गर्छ ? त्यसैले छोरा ख्याल राखेस है...

ल्हासा पासा सरस्वती गुफामा ध्यान गर्ने लामा मिलारेपा र नालाको फिरफिरे

एघारौ शताब्दीमा तिब्बतमा एक बालकको जन्म भएको थियो। उक्त बालकको नाम मिलारेपा राखेको थियो ।  मिलारेपा ७ बर्षको हुदा उसको बुवाको देहावसान भयो।  काकाका परिवारले सबै सम्पति लिएको हुदा मिलारेपाको बहिनि र उ खुब दुखमा परे।  आफ्ना काकासंग खुब बिन्ति भाव गरे तर उस्को कुरा...

८० वर्षअघिसम्म उपत्यकामा घर भनेकै ढुङ्गा, ईंटा, माटो, काठ, बाँस, खर, पराल, झिंगटी, सिलेट, खपडाजस्ता वस्तुबाट बन्थ्यो। तर, अहिले गिट्टी, बालुवा, सिमेन्ट, रड, ईंटा, ब्लक, ढुङ्गा, टीन (जस्तापाता), स्टील, आल्मुनियम, सिसा, प्लाष्टिकजस्ता सामान विना घर निर्माण असम्भव जस्तै भएको छ। संस्कृतिविद् सत्यमोहन जोशी १९९० सालको भूकम्पपछि...

उग्रचण्डी नालाको गाईजात्रा परम्परा

गाईजात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो ।  नेवार समुदायबाट यो  संस्कृतिको बिकाश सुरू भएको जात्रा हो । नेवार समुदायमा यो चाडलाइ सापारु भनिन्छ । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस...

नालामा पनि सुबिधा सम्पन्न सद्भाव सामुदायिक हस्पिटल प्रा लि संचालन

काभ्रेको उग्रचण्डी नाला एउटा यस्तो ठाँउ हो जहाका मानिसहरु साह्रे मेहिनती गर्दछन / मेहनत अनुसार मनग्य आय आम्दानि गर्दछन ।आम्दानीको नाफा नाला बाहेक अन्यत्र लगानी गर्दछन । यो भैरहेको एउतै कारण नाला भित्र अवसर खोज्न नसक्नु हो । लगानी गरेता पनि कोल्टे परेको स्थानले गर्दा र...

लिपि संग्रह

कुनै पनि भाषाको लेख्ने ढंग नै त्यो भाषाको लेख्ने प्रणाली वा लिपि हो / ध्वनि को प्रतिनिधित्व गरि लेखनको लागि जुन चित्र कोरिन्छ त्यो नै लिपि हो / वास्तबमा लिपि र भाषा दुवै अलग अलग चिज हुन् / भाषाको उपयोग भोलिमा हुन्छ भने लेखनको लागि...