अन्त्यमा

नेपाली ढाका टोपी लगाएर यूएईमा पनि टोपी दिवस मनाइयो


विगत तीन वर्षदेखि मनाउन थालिएको अन्तर्राष्ट्रिय टोपी दिवसमा यूएईका नेपालीहरुले पनि नेपाली टोपी पहिरिँदै ऐक्यबद्धता जनाएका छन् । राजदूत धनन्जय झादेखि सर्वसाधारण नेपालीहरुले नेपाली ढाका टोपी लगाउँदै आआफ्नै तरिकाले टोपी दिवस मनाएका छन् । एनआरएन लगायत विभिन्न सामाजिक संस्थाका पदाधिकारीहरुले व्याक्तिगत तथा सामूहिक रुपमा टोपी लगाउँदै फोटो सेसन गरी टोपी दिवस मनाएका हुन् ।

शुक्रबारे बिदा र अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालीहरुको जमघटको केन्द्र बरदुबईमा ढाकाटोपीमा सजिएका नेपालीहरुको बाक्लो उपस्थिति देखिन्थ्यो । विभिन्न सामाजिक तथा जिल्ला स्तरीय संघसंस्थाहरुले आयोजना गरेका पिकनिक तथा सांस्कृतिक कार्यक्रमहरुमा उल्लेख्य नेपालीहरुले ढाकाटोपी ढल्काएका थिए ।

topi in uae

पाल्पाली समाज, यूएई परिवारले भव्यताका साथ तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा एक विषेश कार्यक्रम आयोजना गरेको समाजका महासचिव वेदप्रसाद अर्यालले जनाए । टोपी दिवस विशेष कार्यक्रममा पाल्पाली समाजका युवराज भट्टराई, रमेश सापकोटा, धनबहादुर छेत्री, गुमबहादुर राम्झाली, खुमप्रसाद न्यौपाने, बलबहादुर बराल अन्य सहभागीले नेपाली टोपीको सांस्कृतिक महत्वबारे बोलेका थिए ।

एनआरएन फुजेरा क्षेत्र र नेपाली कलाकार समूह, यूएईले संयुक्त रुपमा फुजेरामा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा पनि टोपी दिवस विशेष कार्यक्रमको आयोजना गरियो । भव्यताका साथ सम्पन्न सांस्कृतिक कार्यक्रमको बीचमै टोपी दिवस विशेष कार्यक्रम गरेर ऐक्यबद्धता जनाएको कार्यक्रमका सभापति समेत रहेका नेपाली कलाकार समूहका अध्यक्ष विष्णु अधिकारीले बताए ।
topi in uae 1
झापाली समाज यूएईले पनि आफ्नो नियमित बैठकमा आफ्ना सबै पदाधिकारीलाई ढाकाटोपी लगाएर आउन हप्ता दिन अघि सूचित गरेको थियो । समाजको बैठकमा अधिकांश पदाधिकारीले नेपाली टोपी लगाएर टोपी दिवसप्रति ऐक्यबद्धता जनाएको समाजका उपाध्यक्ष रोहन पनेरुले जानकारी दिएका छन् ।

रुपन्देही सेवा समाजले फुजेरामै आयोजना गरेको पिकनिक कार्यक्रममा पनि उल्लेख्य सहभागीहरुले नेपाली टोपी पहिरेको जानकारी व्यावसायी दिपा पाण्डेले दिएकी छिन् ।

नेपाली शिर र स्वाभिमानी राष्ट्रिय एकताको प्रतीकको उपमा टोपीलाई दिँदै नेपाली समुदाय, यूएईले पनि एक विशेष कार्यक्रम गरेको समुदायका संगठन विभाग प्रमुख रघुनाथ ढुंगेलले जानकारी दिएका छन् ।

नेपाली जनसम्पर्क समितिले नयाँ वर्षको उपलक्ष्यमा दुबईको जाबिल पार्कमा आयोजना गरेको वनभोजमा पनि समितिका पदाधिकारी तथा सर्वसाधारण धेरै नेपालीहरुले टोपी पहिरिएको जानकारी समितिका अध्यक्ष चित्र केसीले दिए ।

टोपी दिवसकै अवसर पारेर सामाजिक सञ्जालमा उल्लेख्य नेपालीहरुले टोपीधारी फोटो र टोपीमोह झल्काउने स्ट्याटस अप्लोड गरेका थिए भने केहीले ढाकाटोपी लगाएको फोटोलाई आफ्नो प्रोफाइलमा राखेको देख्न सकिन्थ्यो ।

Topi-diwas

आइत, पुस १९, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

यस्ता छापिएका छन् आजका दैनिकमा कार्टुन

आज मिती २०७३ साल मंसिर महिनाको ६ गते सोमबार । आज काठमाडौंबाट छापिएको प्राय दैनिकले कार्टुनलाई प्रमुख पेजमा स्थान दिएका छन् । आज कान्तिपुर दैनिकमा छापिएको कार्टुन । आज अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको कार्टुन । आज कारोबार दैनिकमा छापिएको कार्टुन । आज नागरिक दैनिकमा छापिएको कार्टुन ।   ...

मञ्जुश्रीको सालिक अन्तिम चरणमा

काठमाडौं- मञ्जुश्रीको सालिक बनाउने काम अन्तिम चरणमा पुगेको छ। कीर्तिपुरको जलविनायक सामुदायिक वन परिसरमा बनाउन लागिएको सो सालिक निर्माणको काम अन्तिम चरणमा पुगेको व्यवस्थापक मिलन खड्काले जानकारी दिए।वि.सं. २०६६ सालमा मञ्जुश्रीको सालिक निर्माणका लागि पहिला नमुनाका रुपमा मैन, माटो, काठ तथा ढलौटको सालिक बनाइएको थियो।...

खोजपाटी

नेपाली–अंग्रेजी मिति परिवर्तन लोडसेडिङ तालिका युनिकोडमा टाइप गर्नुहोस् आजको विनिमयदर सुन–चाँदी सेयर बजार रेडियो सुन्नुहोस् ...

हिमपातग्रस्त क्षेत्रमा सेना खटियो

ईश्वरराज ढकाल, काठमाडौं शुक्रबार राति गोरखाको बारपाक र लाप्राक तथा रसुवाको हिमाली क्षेत्रमा पानीसँगै आएको हिमपातमा परी सयौं भूकम्पपीडितको अवस्था दयनीय भएपछि नेपाली सेनाले ती स्थानमा हेलिकोप्टरसहितको टोली पठाएको छ। मौसम प्रतिकूलताका कारण गोरखाको बारपाक क्षेत्रमा हेलिकोप्टर अवतरण गर्न समस्या परेको थियो। आइतबार सिंहदरबारमा बसेको सुरक्षा परिषद्को...

पुननिर्माणका लागि सरकारले ४९ अर्ब ३३ करोड रुपैयाँ बराबरको बजेट स्वीकृत गरे

काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनाएका संरचनाको पुननिर्माणका लागि सरकारले ४९ अर्ब ३३ करोड रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ । पुननिर्माणसँग सरोकार राख्ने विभिन्न १५ मन्त्रालयलाई कार्यक्रमसहित सो रकम बराबरको बजेट स्वीकृत गरिएको योजना आयोगका सचिव सुरेशमान श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । ‘चालू आर्थिक वर्षमा भुकम्पपछिको...