अर्थ

यी हुन् पहिलो श्रेणीका दश बैंकहरू हेर्नुहोस्, कुन बैंकले कति अंक पाए?


पुष्प दुलाbanks-logo

१६ पुस, काठमाडौं । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा उल्लेखित सूचकांकलाई क्यामेल्स विधिमा विश्लेषण गर्दा अाठ वटा बैंक पहिले श्रेणीमा परेका छन् भने २ वटा बैंकले पहिलो श्रेणीमा पाउनु पर्ने अंकभन्दा १ अंक कम पाएका छन् ।

‘क्यामेल्स’ विधिलाई संसारभर वित्तीय अवस्था र व्यवस्थापन मूल्यांकन गर्न प्रयोग गर्ने गरिन्छ । यस विधिमा पहिलो श्रेणीमा रहेका वित्तीय संस्थालाई राम्रो, दोस्रो श्रेणीलाई सन्तोषजनक र तेस्रो श्रेणीलाई नराम्रो मानिन्छ । बैंकहरुले धेरैमा ७७.८ देखि ११ अंकसम्म पाएका छन् ।

सञ्चालनमा रहेको ३० वटा वाणिज्य बैंकहरुमध्ये स्टान्डर्ड चाटर्ड, एभरेष्ट, नबिल एसबीआइ, सानिमा, राष्ट्रिय वाणिज्य, एनएमबी, माछापुच्छ्रे, बैंकले ६० अंकभन्दा बढी प्राप्त गरेका छन् ।

त्यसैगरी, प्राइम, इनभेष्टमेन्ट लुम्बीनी, सेञ्चुरी, ग्लोबल आइएमइ, नेपाल, मेगा, सिद्धार्थ, एनसीसी, प्रभु, एन बी, जनता, लक्ष्मी, एनआइसी, सिटिजन बैंक ५० देखि माथि र ६० भन्दा कम अंक प्राप्त गरेर दोस्रो श्रेणीमा परेका छन् ।

त्यस्तै, हिमालयन, बैंक अफ काठमाण्डू, सनराइज, सिभिल, कुमारी, कृषि विकास र ग्राण्ड बैंक ५० अंकभन्दा कम अंक प्राप्त गरी बैंक अन्तिम श्रेणीमा परेका छन् ।

क्यामेल्स वित्तीय संस्थाको वित्तीय र व्यवस्थापकीय अवस्था मूल्यांकन गर्न हरेक देशका केन्द्री बैंकले अपनाउने मापन विधि हो । नियामक निकाय राष्ट्र बैंकले नेपालमा म्यामेल्स विश्लेषण गर्छ । राष्ट्र बैंकले सूचकहरुमा दिएको अंक भने गोप्य नै राख्ने गर्छ ।

यो विधिमा वित्तीय संस्थाको मूल्यांकन गर्दा पुँजी, सम्पत्ति, व्यवस्थापन, आम्दानी, तरलता र बजार जोखिम गरी ६ वटा सूचकांकको विश्लेषण गरिन्छ । हरेक सूचकमा प्राप्त अंकलाई १ देखि १ सयसम्मको भार दिएर विश्लेषण गरिन्छ ।

बैंक प्राप्त अंक
स्टान्डर्ड र्चाटर्ड बैंक        ७७.८
एभरेष्ट बैंक        ७१.१
नविल बैंक        ७०.९
नेपाल एसबीआइ बैंक          ७०.२
सानिमा बैंक        ६५.२
राष्ट्रिय वाणिज्य बैंक        ६३.९
एनएमबी बैंक        ६२.६
माछापुच्छ्रे बैंक        ६२.१
प्राइम बैंक        ५९.६
नेपाल इनभेष्टमेन्ट बैंक        ५८.८
लुम्बीनी बैंक        ५७.५
सेञ्चुरी बैंक      ५६.३
ग्लोबल आइएमइ बैंक       ५५.४
नेपाल बैंक      ५५.३
मेगा बैंक      ५४.२
सिद्धार्थ बैंक        ५४.१
एनसीसी बैंक      ५३.३
प्रभु बैंक        ५३.२
नेपाल बंगलादेश बैंक        ५३
जनता बैंक बैंक        ५१.५
लक्ष्मी बैंक       ५१.२
एनआइसी एसिया बैंक        ५०.७
सिटिजन बैंक       ५०.१
हिमालयन बैंक      ४८.१
बैंक अफ काठमाण्डू      ४८
सनराइज बैंक      ४५.९
सिभिल बैंक     ४३.७
कुमारी बैंक      ४०.४
कृषि विकास बैंक      ३३.३
ग्राण्ड बैंक        ११

तर, यो समाचारमा पुँजी पर्याप्तता अनुपात, सम्पत्ति, आम्दानी र तरलता सूचक मात्र समावेश गरिएको छ । बजार जोखिम र व्यवस्थापनसम्बन्धी सूचक बैंकले प्रकाशित गरेको प्रतिवेदनका आधारमा नभई स्थलगतरूपमा मूल्यांकन गर्नुपर्ने भएकाले चारवटा विधलाई मात्रै आधार मानेर विश्लेषण गरिएको हो ।

त्यसैगरी, क्यामेल्सबाट बैंकमा सम्पत्ति तथा दायित्वको अवस्था, सञ्चालन क्षमता, व्यावासायिक निरन्तरताको सम्भावना र दिगो विकासका लागि व्यवस्थापकीय दक्षताको अध्ययन गरी वित्तीय संस्थाको वर्गीकरण गरिन्छ ।

यो हो क्यामेल्सको अर्थ

सीः क्यामेल्स विधिमा ‘सी’ को अर्थ अंग्रेजीमा क्यापिटल एड्युकेसी हो, जसलाई नेपालीमा पुँजी पर्याप्तता भनिन्छ । ऋण प्रवाह गर्दा गर्दा संस्थाले कायम गर्नुपर्ने न्यूनतम पुँजी नै पुँजी पर्याप्तता हो । राष्ट्र बैंकले निर्देशनअनुसार हाल वाणिज्य बैंकहरुले न्यूनतम १० प्रतिशत पुँजी पर्याप्तता कायम गर्नुपर्ने हुन्छ ।

एः ‘ए’ को अर्थ एसेट क्वालिटी हेर्छ, जसलाई नेपालीमा सम्पत्तिको गुणस्तर भनिन्छ । यसले संस्थाको असल र खराब ऋणलाई छुट्याउँछ । खराब कर्जाबापतको व्यवस्था, कर्जाको क्षेत्रगत प्रवाह, लगानी नीति, नीति कार्यान्वयन, सञ्चालकले लिएको कर्जालगायत कर्जाको सम्पूर्ण विवरणलाई यसै शिर्षकमा राखेर अध्ययन तथा विश्लेषण गरिन्छ ।

एमः ‘एम’ को अर्थ म्यानेजमेन्ट अर्थात् व्यवस्थापन हो । यसमा संस्थाको व्यवस्थापकीय क्षमता मूल्यांकनलाई समाबेस गरिन्छ । यो शीर्षकमा सञ्चालक र उच्च तहका पदाधिकारीको योग्यता, योजना निर्माण, कार्यान्यवन क्षमता, नियामक निकायको निर्देशन पालना, आन्तरिक नियन्त्रण प्रणाली र औद्योगिक सम्बन्धको अध्ययन गरिएको हुन्छ ।

इः ‘इ’ को अर्थ अर्निङ हो । यसमा सेयर पुँजीमा प्रतिफल, सम्पत्तिको प्रतिफल कर्जा र निक्षेपबीचको ब्याजअन्तर, लागत, लाभांश वितरणको अवस्था र दिगोपनालगायत पक्षहरू समावेश गरिएको हुन्छ ।

एलः ‘एल’ को अर्थ लिक्विडिटी अर्थात् तरलता हो । यसमा कुल निक्षेपमा तरलता अनुपात, सिआरआर, एसएलआर, सिडी रेसियो, महिना दिनको तरलताको मागलगायतको अध्ययन समाबेस गरिएको हुन्छ ।

एसः ‘एस’ को अर्थ सेन्सिटिभिटी अफ मार्केट रिस्क अर्थात बजारको जोखिम हो । यसभित्र कुल आयमा ब्याज आयको अनुपात, वैदेशिक मुद्रा सञ्चिति, सेयरबाट प्राप्त आय, वस्तु बजारबाट प्राप्त आयको अध्ययन समाबेस गरिएको हुन्छ ।

– See more at: http://www.onlinekhabar.com/2015/12/369165/#sthash.BVmk0BPo.dpuf

आइत, पुस १९, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालमा चरा अवलोकनले पर्यटकीय क्षेत्रको लागि ठूलो सम्भावना

विश्वमा सन् २०१० को आँकडा अनुसार  ११ हजार ३३ प्रजातिका चराहरू पाइन्छन् । सन् २०१७ मा प्रकाशित ‘नेपाल्स नेशनल रेडलिष्ट अफ बर्डस’ मा भने नेपालमा जम्मा ८७८ प्रजातिका चरा पाइएको जानकारी छ । जुन संसारको ९ प्रतिशत हुन्छ । भौगोलिक विविधता भएको नेपालमा अनेक खालका जातजातिका चरा...

झमझम पानी परिरहँदा केही मानिसले बानेश्वरमा सडकका खाल्डाखुल्डी पुर्न व्यस्त

साउन, काठमाडौं । शनिबार दिउँसो झमझम पानी परिरहँदा केही मानिसले बानेश्वरमा सडकका खाल्डाखुल्डी पुर्न व्यस्त थिए । उनीहरु साना ठूलो खाल्डाखुल्डी एकएक पुरिरहेका थिए । झरिका बीचमा पनि काम गरेको देख्नेहरुलाई लाग्यो, ढिलै भएपनि सरकारले जनतालाई परेको पीर मर्का बुझ्न थालेछ ।’ नयाँ बानेश्वरमा मात्र होइन,...

बर्दिया प्रहरीले ११ जना सुन व्यवसायी पक्राउ गरे

असार, काठमाडौं । बर्दिया प्रहरीले ११ जना सुन व्यवसायी पक्राउ गरेको छ । सुनमा मिसावट गरेको अभियोगमा जिल्लाका सुन व्यवसायीलाई  प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको हो ।   जिल्ला...

काभ्रेको बनेपामा पनि यस्तै विमानस्थल बन्ने हो ; सन्दर्भ निर्माणधीन वुसान विमानस्थल ।

काठमाडौं । धेरैका लागि असम्भव भएका धेरै कुरा चीनका लागि भने सम्भव देखिएको छ । त्यसको पछिल्लो उदाहरण हो, निर्माणधीन वुसान विमानस्थल । चिनियाँ कामदारहरुले नयाँ विमानस्थल निर्माण गर्न एउटा पहाडै काटिदिएका छन् । चोङक्विङका कामदारहरुले समुन्द्री सतहबाट पाँचहजार नौ सय फिट अग्लो पहाडको टुप्पो काटेर...

गैरआवासीय नेपाली शेष घले र पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिए

जेठ, काठमाडाैं । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१ औँ नम्बरमा उक्लिन सफल भएका हुन् ।   अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बिजनेस...

उत्कृस्ट भिजुअल इफेक्ट आर्टिस्ट अच्युत

काठमाडौँ । नेपाली चलचित्रहरु आज अन्तरास्ट्रिय स्तरका बन्न थालेका छन् । नेपाली चलचित्र उधोगमा नयाँ नयाँ प्रविधि र नौलो प्रयोगहरु हुन थालेका छन् । पछिल्लो समय नेपाली चलचित्रलाई उच्चस्तरको बनाउनमा भिजुअल इफेक्टको ठुलो हात रहेको पाइन्छ । चलचित्र निर्माणका बिभिन्न पाटाहरु जस्तै निर्देशक,कथा,गीत,संगीत छायाँकन,सम्पादन जस्तै...