खेलकुद

अफगानिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिप


भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । आइतबार केरलामा भएको फाइनलमा अघिल्लो सिजनको विजेता अफगानिस्तानलाई २-१ ले पराजित गर्दै भारत सातौं पटक  साफ च्याम्पियन बनेको हो ।

खेलमा अफगानिस्तानले ७० औं मिनेटमा जुवायर अमिरीको गोलबाट अग्रता लिएको थियो । तर, धेरैबेर जोगाउन सकेन । ७२ औं मिनेटमा जेजेले भारतका लागि बराबरी गोल गरे ।

निर्धारित समयमा दुबै टोलीबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । १०१ औं मिनेटमा भारतले २-१ को अग्रता लिन सफल भयो ।

भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै घरेलु टोलीलाई उपाधि दिलाए ।

India-2

आइत, पुस १९, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिए

काठमाडौं । म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ । अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार सफाइ दिने फैसला सुनाएको हो ।   राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकास...

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल, साथमा नेपाली समयअनुसार खेल तालिका

जेठ, काठमाडौं । विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलमा सामेल हुन ३२ देश तयारी अवस्थामा छन् । जेठ ३१ गते राति पौने ९ बजे हुने उद्घाटन खेलदेखि असार ३१ गते हुने फाइनलसम्म नेपाली फुटबल समर्थकलाई पनि विश्वकपको माहोलले तान्नेछ ।   रसियाका विभिन्न ११ सहरका १२ रंगशालामा खेल हुनेछ...

युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाए

जेठ, काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाएका छन् । उनले टाटा मोटर्सको टिगोर कार पाएका हुन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि सहकार्य घोषणा गर्दै कार उपहार दिएको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ । यो कारको मूल्य २५ लाख...

 मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा

वैशाख, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका छन् । जनकपुरको बारहविगहा रंगभूमी मैदानमा शुक्रबारदेखि सुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा खेलकुदको अवस्था दयनीय रहेको भन्दै सुधार योजना ल्याउने बताए ।   सोही योजना अनुसार अागामी...

नेपालले विश्वकप छनोट खेलको यात्रा तय गरे

फागुन, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टुमा क्यानडालाई एक विकेटले हराउँदै नेपालले विश्वकप छनोट खेलको यात्रा तय गरेको छ । नेपालको यो संघर्षपूर्ण तर सनसनीपूर्ण जितको जताततै प्रशंसा छ । क्यानडाले दिएको १९५ रनको लक्ष्य नेपालले एक विकेट बाँकी छँदै पूरा गर्न सफल भयो ।   अन्तिम ओभरमा...

क्रिष्टियानी रोनाल्डो सन् २०१७ को फिफा वर्ष खेलाडी बने

कात्तिक, काठमाडौं । क्रिष्टियानी रोनाल्डो सन् २०१७ को फिफा वर्ष खेलाडी बनेका छन् । स्पेनिस क्लब रियल मड्रिडका रोनाल्डोले वर्ष खेलाडीको उपाधि जितेको यो लगातार दोस्रो पटक हो । यसअघि उनी सन् २०१६ मा पनि वर्ष खेलाडी बनेका थिए । सन् २०१७ मा पनि वर्ष खेलाडीको उपाधि...